Author: Dipak Dhamala

काठमाडौं- अफगानिस्तानको पाठ्यक्रम मुस्लिम कानुन अनुसार पुनरावलोकन गरिने भएको छ । तालिबान सरकार गठन भएपछि मुस्लिम कानुनलाई प्राथमिकता दिँदै आएकाले पाठ्यक्रम पनि त्यहीअनुसार परिमार्जन गर्न लागिएको तालिबान सरकारको उच्च शिक्षा मन्त्रालयका प्रवक्ता अहमद ताक्विले बताउनुभयो । उहाँका अनुसार ३५ वटा पाठ्यक्रम परिमार्जनको अन्तिम चरणमा पुगेको छ । अरु केही पाठ्यक्रम परिमार्जनको गृहकार्य भइरहेको छ । पाठ्यक्रम परिमार्जन गर्दा मुस्लिम संस्कृति, परम्परा, मूल्य मान्यतालाई सकेसम्म धेरै समेट्ने र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बनाउने शिक्षा मन्त्रालयको दाबी छ । परिमार्जनको अन्तिम चरणमा रहेका ३५ मध्ये २० वटा स्नातक तहका र १५ ओटा स्नातकोत्तर तहका रहेका समाचार संस्था एएनआईले जनाएको छ । अफगानिस्तानमा अहिले १…

Read More

काठमाडौं- सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता कैलालीको धनगढीमा सुरु भएको छ । पीएफए स्पोर्ट्रस क्लबको आयोजनामा सुरु भएको खेलमा सात वटा प्रदेशको सहभागिता छ । धनगढी रङ्गशालामा हिजो भएको प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशको रातो टिम र कर्णाली प्रदेशले प्रतिस्पर्धा गरेका छन् । तर, उद्घाटन खेल ढिलो भएपछि आधामै रोकिएको छ । रात परेपछि स्थगित खेलको बाँकी १७ मिनेट आज खेलाइनेछ । खेल रोकिनु अघि दुवै टोलीले गोलरहित बराबरी खेलका छन् । आज हुने अर्को खेलमा मधेस प्रदेश र लुम्बिनी प्रदेश खेल्नेछन् । प्रतियोगिता असोज १५ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले टोलीले नगद ५ लाख र उपविजेताले नगद ३ लाख प्राप्त गर्नेछन् ।

Read More

काठमाडौं- गाडीको रङ फुग उडेको छ। टायरमा झार उम्रिएको छ । ब्याट्री बिग्रिएका छन्। कसैबाट संरक्षण रहेरचाह पनि भइरहेको छैन । चार वर्षअघि नयाँ किनेर ल्याएपछि ती गाडी जहाँ राखिएका थिए, अहिलेसम्म त्यहीं छन्। ती चारवटा गाडी (भ्यान) घामपानी, हिउँदवर्षा जतिबेला पनि खुला आकाशमुनि छन् । एउटै भ्यानको मूल्य त्यसमा जडित उपकरणसहित करिब ६ करोड रूपैयाँ पर्छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको परिसरमा प्रवेश गर्ने जोकोहीले पनि ती भ्यान देख्न सक्छन्। बजारमा मानव स्वास्थ्यमा असर पार्ने गुणस्तरहीन खाद्यवस्तुको बिगबिगी बढेपछि सरकारले त्यस्ता वस्तुको गुणस्तर परीक्षणका लागि प्रयोगशालासहितका ती मोबाइल भ्यान किनेको थियो। बजारमा अखाद्य वस्तुको बिगबिगी छ तर खाद्यवस्तुको गुणस्तर…

Read More

काठमाडौं- आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारले गर्ने निर्वाचन खर्चको सीमा बढाउने तयारी गरिएको छ। उम्मेदवारले गर्ने खर्च वैज्ञानिक बनाउन निर्वाचन आयोगले आवश्यक सूत्र तयार गरी खर्च सीमा तय गर्न लागेको हो। राजनीतिक दलसँगको छलफल तथा सुझावका आधारमा खर्च सीमा पुनरवलोकन गर्ने आयोगले बताएको छ।  आयोगले तयार गरेको सूत्रबमोजिम प्रतिनिधि सभाअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको न्यूनतम २४ लाख तथा अधिकतम ४१ लाख खर्च कायम हुनेछ। सूत्रबमोजिम ४१ लाख हुन आए पनि अधिकतम खर्च ३३ लाख कायम गर्नेगरी सीमा तय गर्ने तयारी गरिएको छ। तर आयोगले साबिकमा रहेको खर्चलाई न्यूनतम सीमा राख्नेगरी खर्च निर्धारण गर्ने तयारी गरेको हो।…

Read More

काठमाडौं- हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  जसको प्रभावले प्रदेश नं १, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा चट्याङसहित  हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना देखिन्छ। राती सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनका साथै…

Read More

काठमाडौं- निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग आज छलफल गर्दैछ । संघीय संसद् तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग चुनाव लक्षित छलफल गर्न लागिएको आयोगले जनाएको छ ।  आयोगका प्रवक्ता शालिग्राम शर्माले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यन्वयन सम्बन्धमा दलहरूसँग अन्तरक्रिया गरिने बताए । छलफलमा प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख र पदाधिकारीलाई निमन्त्रणा गरिएको छ ।  आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ । त्यसअघि दलहरूको प्रतिवद्धता लिन आयोगले छलफल गर्न लागेको हो । 

Read More

काठमाण्डाै – ठूला चाडपर्व नजिकिएसँगै हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न कर्णालीमा चार हजारभन्दा बढी प्रहरी खटाइने भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले चाडपर्व सुरक्षा योजना २०७९ जारी गर्दै हुनसक्ने आपराधिक घटना नियन्त्रणका लागि प्रदेशभर चार हजार एक सय ४१ प्रहरी जनशक्ति खटाइने जनाएको हो । यसैबीच चाडपर्वको अवसरमा हुनसक्ने आपराधिक गतिविधिको सम्भावित शङ्कास्पद स्थानमा पहिचान गरी जाँच गरिने भएको छ । प्रदेश प्रहरीले जारी गरेको कार्ययोजनामा एक सय २५ नियमित क्युआरटी परिचालन गरिने छ भने ३१ स्थानमा नियमित चेक प्वाइन्ट राखिने छ । त्यसैगरी ट्राफिकसहित संयुक्तरुपमा ५३ स्थानमा आकस्मिक जाँच तथा चोरी, तस्करी, लागुऔषध कारोबारलगायत अवैध गतिविधि नियन्त्रण गर्न…

Read More

काठमाण्डाै – नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बङ्गलादेशको राष्ट्रिय फुटबल टोली गएराति नेपाल आएको छ । बङ्गलादेशको टोली राति साढे १२ बजे नेपाल आइपुगेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । टोलीलाई एन्फाका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका थिए । नेपाल र बङ्गलादेशबीच असोज ११ गते मङ्गलवार दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल हुनेछ । अस्ति बिहीवार कम्बोडियासँग मैत्रीपूर्ण खेल खेलेको टोली सिधै नेपाल आएको हो । यो खेलमा बङ्गलादेशले कम्बोडियालाई १–० ले हराएको थियो । नेपाल र बङ्गलादेश झण्डै एक वर्षपछि खेल्न लागेका हुन् । गएको वर्ष माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल र बङ्गलादेशले १/१ गोलको बराबरी खेलेका थिए…

Read More

काठमाण्डाै – कैलालीको भजनीका बाढी पीडित एक सातापछि घर फर्कन थालेका छन् । डुबानमा परेका घरमा पानी सुक्दै गएपछि बाढीपीडित घर फर्कन थालेका हुन् । घर फर्केका नागरिक भत्केका घर मर्मत, घरभित्र जम्मा भएको हिलो सरसफाइ र बचेका अन्नपात र लत्ताकपडा सुकाउन थालेका छन् ।  भजनीमा सात हजार ९६ परिवार बाढीका कारण विस्थापित भएका थिए । चार हजार परिवार एक सातापछि घर फर्किएका छन् भने अझै तीन हजार बढी परिवार फर्कने वातावरण बनेको छैन । बाढीपछि पानी सुक्दै जाँदा नागरिक घर फर्कन थालेका हुन् । घर फर्कदा अधिकांश पीडितको रूवाबासी चल्ने गरेको छ । 

Read More

लेखक:खगेन्द्र गिरी आफ्नो राजनीतिक लाभको लागि राष्ट्रघात गर्ने सन्दर्भमा कुपात्रको रुपमा प्रयोग भै रहने नाम हो लेन्डुप दोर्जे । उसो त हिमाली संस्कृतिमा लेन्डुप दोर्जे धेरैको नाम हुन्छ। यो नाम भएका दुई जना व्यक्ति भने निकै चर्चित भए— सिक्किमका लेन्डुप दोर्जे र भुटानका लेन्डुप दोर्जे। सिक्किमका लेन्डुप दोर्जेले दुर्नाम कमाए पनि भुटानका लेन्डुप दोर्जेले भने उद्यमशील, विकासप्रेमी र राष्ट्रप्रेमी व्यक्तिको रुपमा सुनाम कमाएका थिए। सिक्किममा नामग्याल वंशका राजा (चोग्याल) र भुटानमा वाङ्चुक वंशका राजा (ड्र्युक ग्याल्पो) रहने व्यवस्था भएपनि दुबै देशमा दोर्जे वंशका भारादारहरु पनि निकै शक्तिशाली थिए । नेपालको राणा वंशजस्तै भुटान र सिक्किमका दोर्जे वंश पनि बेलाबेलामा राजाभन्दा…

Read More