Author: Dipak Dhamala

काठमाडौं- गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृह मन्त्रालय सचिवालयका अनुसार काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा ललितपुरका प्रजिअ घनश्याम उपाध्याय आएका छन् । काठमाडौँका प्रजिअ गोविन्द रिजालको गृह मन्त्रालय तानिएका छन् । त्यसैगरी कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य ललितपुरमा सरुवा भएको छ भने  कास्कीमा गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई पठाइएको छ । जुम्लाकी प्रजिअ विजया कुमारी प्रसाईं मन्त्रालय तानिएकी छन् भने जुम्लाको प्रजीअमा मुकेशकुमार केसरी पठाइएका छन् । त्यस्तै सङ्खुवासभाका प्रजिअ नुरहरि खतिवडालाई सप्तरीको प्रजिअमा, सप्तरीका प्रजिअ जनार्दन गौतमलाई उदयपुरको प्रजिअ र उदयपुरका वीरेन्द्र यादवलाई सङ्खुवासभाको प्रजिअमा सरुवा गरिएको छ । दैलेखको प्रजिअमा गोगनबहादुर…

Read More

काठमाडौं-  आज निजामती सेवा दिवस २०७९ धनगढीमा मनाइँदैछ।  ‘व्यवसायिक र सिर्जनशिल प्रशासनः विकास समृद्धी र सुशासन’ भन्ने मूलनारामा साथ दिवस मनाइरहेको निजामती सेवा दिवस मुल समारोह समितिले बताएको हो।  नेपालमा २०६० सालदेखि निजामती दिवस मनाउँदै आइरहेको हो। आज धनगढीमा पनि मुख्यमन्त्री कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म प्रभात फेरि कार्यक्रमको आयोजना गरि दिवस मनाइएको छ।

Read More

काठमाडौं- प्रतिनिधि सभाको बैठक आज बस्दैछ।  दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक बस्ने भएको हो।बैठकमा भीम बहादुर रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न गराउन तथा जलविद्युतको धनी राष्ट्र नेपालमा रहेको जलस्रोत क्षमताको राष्ट्रिय हितमा प्रयोग हुने गरी संरक्षण र संवर्द्धन गर्न आवश्यक भएको भन्ने जरुरी सार्वजनिक महत्वको विषयमाथि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीको ध्यानाकर्षण गराउने सम्भावित कार्यसूची रहेको छ । त्यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय सभाबाट सन्देश सहितको “नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथिको दफावार छलफल सदनमा गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यो विधेयकमा परेका…

Read More

काठमाडौं- केलियन एमबाप्पेले दुई गोल गर्दा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिग फुटबलमा सहज जित हात पारेको छ । मंगलबार राति भएको खेलमा इटालियन क्लब युभेन्ट्सलाई २-१ गोल अन्तरले हराउँदै पीएसजीले सुखद सुरुआत गरेको हो । समूह चरण अन्तर्गत घरेलु मैदानमा भएको खेलमा पीएसजीको जितमा केलियन एमबाप्पेले दुबै गोल गरे । यता युभेन्ट्सका वेस्टन म्याककेन्नीले एक गोल गरे । खेलको पाँचौं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए । २२ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २-० को अग्रता दोब्बर पारे । युभेन्ट्सका वेस्टन म्याककेन्नीले ५३ औं मिनेटमा गरेपनि पीएसजी २-१ ले विजयी भयो । जितसँगै…

Read More

काठमाडौं- पहिरो खस्दा मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध भएको छ । सिन्धुलीको गोलञ्जोर गाँउपालिका–१ कुडुलेमा सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । आज बिहान चार बजेदेखि निरन्तर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विमलराज कँडेलले जानकारी दिए । उनका अनुसार राजमार्ग अवरुद्ध भएपछि पूर्वी पहाडी जिल्लाबाट मध्यपहाडी राजमार्ग हुँदै गुड्ने सवारीसाधन बाटोमै थन्किएका छन् ।   इलाका प्रहरी कार्यालय खुर्कोटको टोलीले अहिले पहिरो पन्छाउने काम गरिरहेको छ । स्थानीयवासीको सहकार्यमा पहिरो पन्छाउने काम भइरहेको कँडेलले बताए । “बिहानैदेखि पहिरो खसिरहेको छ, झर्ने क्रम रोकिएको छैन”, गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले भने । बाटोमा सयौं यात्रु अलपत्र परेको…

Read More

काठमाडौं- नेपालमा उत्पादन हुने स्याउले बजार नपाएर खेर गइरहँदा विदेशबाट भने एक महिनामा करोडौं मूल्यको स्याउ नेपाल भित्रने गरेको छ । मनाङ, मुस्ताङ लगायतका जिल्लामा उत्पादन हुने स्याउ बजारसम्म पुर्याउन नसक्दा बोटमै कुहिने गरेको समाचार बारम्बार आउँछन् । ढुवानीको राम्रो व्यवस्था नहुँदा नेपाली स्याउले उपयुक्त बजार पाउन सकेको छैन ।  तर, विदेशबाट भने दैनिक दुई करोड रुपैयाँभन्दा बढीको स्याउ नेपाल आउने गरेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा मात्र विभिन्न देशबाट नेपालमा ६९ करोड ८७ लाख ३८ हजार रुपैयाँको स्याउ भित्रिएको छ । सो मूल्यमा ९२ लाख १० हजार ८९९ केजी…

Read More

काठमाडौं- भूकम्प प्रभावित चिनियाँ सहर चेङ्दुका केही बासिन्दाहरूलाई कोभिड तालाबन्दीको कारण आफ्नो परिसरबाट भाग्न रोकेको भन्दै सरकारविरुद्ध आक्रोश पोखेका छन् । चेङ्दुका केही मानिसले ६.६ म्याग्‍निच्यूडको भूकम्प जादा आफूहरु भित्रै बस्न बाध्य भएको गुनासो गरेका छन् । भूकम्पका कारण कम्तीमा ६५ जनाको ज्यान गएको छ । प्रतिबन्धका कारण आफूहरु बाहिर निस्कन नपाएको उनीहरुले गुनासो गरेका छन् ।  फेरि कोभिड फैलिएपछि सरकारले २ करोड १० लाख जनसंख्या भएको चेङ्दुमा लकडाउन घोषणा गरिएको छ । चीनको कोभिड शून्य नीतिका कारण बारम्बार विभिन्न सहरमा लकडाउन जारी हुने गरेको छ, जसको चपेटामा सर्वसाधारण परेका छन् । भूकम्पको धक्का महसुस गरेपछि आफ्नो ३० तलाको भवनबाट तल…

Read More

काठमाडौं- विश्वमा हालसम्म ६१ करोड ११ लाख ४१ हजार ५४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । वर्ल्डोमिटर्सको अनुसार सबैभन्दा कोरोना संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म ९ करोड ६७ लाख १५ हजार ९०८ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।  भारतमा ४ करोड ४४ लाख ७० हजार १४१, फ्रान्समा ३ करोड ४६ लाख २३ हजार ९८, ब्राजिलमा ३ करोड ४५ लाख ३८ हजार ८८२ र जर्मनीमा ३ करोड २२ लाख ९७ हजार ५३७ जनामा कोरोना संक्रमण भइसकेको छ ।  कोरोना भाइरसको संक्रमणका कारण विश्वमा हालसम्म ६५ लाख ६ हजार ५६६ जनाको मृत्यु भइसकेको छ ।  कोरोनाका कारण…

Read More

काठमाडौं –  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु परीक्षणको शुल्कमा एकरूपता कायम गर्ने भएको छ। सरकारी र निजी दुवै खालका स्वास्थ्य प्रयोगशालाले न्यूनतम चार सयदेखि तीन हजार चार सय रुपियाँसम्म लिने गरेका थिए। डेङ्गु परीक्षण गर्ने किट विभिन्न दातृ निकायले निःशुल्क दिने गरेका छन्। यसरी निःशुल्क दिएको किटमा समेत सरकार मातहतका निकायले महँगो शुल्क लिने गरेका छन्।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरोकारवाला निकायबीच मङ्गलबार भएको बैठकमा  एकरूपता कायम गर्ने सहमति भए पनि त्यस्तो शुल्क निर्धारण भने भएको छैन। निजी क्षेत्रका अस्पताल र सरोकारवालाको समेत सुझावका आधारमा एक साताभित्रै सहमति गरिनेछ। डेङ्गु परीक्षणमा अस्पताल र प्रयोगशाला पिच्छे फरक–फरक शुल्क लिने गरेको भन्दै…

Read More

काठमाडौं – सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलको बैठक आज पनि बस्ने भएको छ । कार्यदलले दलहरुले पाउने सिट संख्या आजै सार्वजनिक गर्ने तयारी गरेको छ ।  सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूहरूबीच सहमति भइसकेको र त्यसलाई लिपिबद्ध गर्न मात्र बाँकी रहेकोले बुधबार बस्ने कार्यदलको बैठकले प्रतिवेदन नै तयार पार्ने बताएका छन् । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ८६ सिटमा र बाँकी सिट अन्य दलहरुले पाउने गरी सहमति जुटाइएको बताइन्छ । कार्यदलको बैठक  साँझ ५ बजेका लागि बोलाइएको छ ।

Read More