Author: Dipak Dhamala

काठमाडौं- रोल्पाको माडी खोलामा शुक्रबार राति भएको जिप दुर्घटनामा परी बेपत्ता भएका नुवाकोट ककनीका चालक ३१ वर्षीय बुद्धिबहादुर तामाङ मृत फेला परेका छन् । बा७च ५००२ नम्बरको जिप शुक्रबार राति सहिद मार्गअन्तर्गत माडी गाउँपालिका–४ सिस्ने बजार नजिकै सडकबाट माडी खोलामा खस्दा चालक ककनी गाउँपालिका–४ जगरेका तामाङ बेपत्ता भएका थिए ।  घटनाको तीन दिनपछि मंगलबार खोजी कार्यमा संलग्न प्रहरी टोलीले तामाङको शव घटनास्थलदेखि करिब दुई किलोमिटर तल खोला किनारमा फेला पारेको रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । तामाङ काम गर्ने निर्माण कम्पनीका प्रोप्राइटर सिद्धार्थ तामाङले शव बुद्धिबहादुरकै भएको पहिचान गरेको सापकोटाले उल्लेख गरे । प्रजिअ सापकोटाले शव पोष्टमार्टमका लागि…

Read More

काठमाडौं- नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् । टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईले मंगलबार राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका ४० मध्ये १० खेलाडीलाई प्रशिक्षणबाट बाहिर राखेका हुन् ।  डिफेन्डर देवेन्द्र तामाङ, चिरिङ गुरुङ, निशान खड्का, अमित तामाङ र गौतम श्रेष्ठ बाहिरिएका छन् । प्रशिक्षक हुमागाईले मिडफिल्डर पूजन उपरकोटी, राजन गुरुङ र सुवास गुरुङलाई पनि छोडेका छन् भने फरवार्ड जर्ज प्रिन्स कार्की र आशिष चापागाईँले पनि टोली छाड्ने भएका छन् । नेपालले सेप्टेम्बर २७ मा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ ।  टोली: गोलकिपरः किरण चेम्जोङ, बिकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की डिफेन्डरः अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ,…

Read More

काठमाडौं- सरकारले महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध २८ असोजसम्म थप गरेको छ । सरकारले १३ वैशाखमा राजपत्रमा सूचना निकालेर १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाएकामध्ये ६ वटा वस्तुको आयात प्रतिबन्ध हटाउँदै ४ वस्तुमा भने सरकारले प्रतिबन्ध याथावत राखको छ । उद्योग, वााणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुर्कुरे, कुर्मुरे, लेज र यस्तै उत्पादन, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, रंगिन टेलिभिजन (३२ इन्चभन्दा माथि), सबै प्रकारका खेलौना र तासको आयात प्रतिबन्ध हटाउने निर्णय गरेको थियो । सरकारले १३ वैशाखको प्रतिबन्धलाई थप कसिलो बनाउँदै ३१ असारमा १४ भदौमा (४४ दिन ) सम्मका लागि प्रतिबन्ध…

Read More

काठमाडौं- नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश कमिटीका उपसचिव तारा लामा तामाङलाई पदबाट हटाएको छ । उनले सोमबार प्रदेशसभामा विशेष समय लिएर बोल्दै अब उप्रान्त नेकपा एकीकृत समाजवादीमा नरही निर्वाचित भएको पार्टी नेकपा एमालेको सदस्यको हैसियतले प्रस्तुत रहने धारणा राखेपछि एकीकृत समाजवादीले कारबाही गरेको हो । उनलाई पार्टी विधान अनुसार सुदूरपश्चिम प्रदेश कमिटीको उपसचिव पदमा नरहने गरी कारबाही गरिएको प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले बताए । पार्टीको केन्द्रीय सदस्यसमेत रहेका तामाङलाई साधारण सदस्य समेत नरहने गरी जिम्मेवारीबाट हटाउन प्रदेश कमिटीले केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ । त्यस्तै प्रदेशसभा सदस्य पदबाट पनि कारबाही गर्न प्रदेशसभा संसदीय दललाई निर्देशन दिएको अध्यक्ष सिंहले बताए ।

Read More

काठमाडौं – नेपाली कांग्रेस र नेकपा एमालेले आसन्न चुनावमा एक पटक समानुपातिक भएकाहरुलाई नदोहोर्‍याउने नीति लिएको छ । कांग्रेस उम्मेदवार सिफारिस गर्दा समानुपातिकलाई नराख्न परिपत्र गरेको छ भने एमालेले केन्द्रीय कमिटीबाट समानुपातिकमा नदोहोर्‍याउने निर्णय गरेको छ । कांग्रेस र एमालेको निर्णयले तेस्रो दल नेकपा माओवादी केन्द्र पनि दबावमा परेको छ । माओवादीले यसबारे आपैचारिक निर्णय गरेको छैन, तर, आफूहरु पनि कांग्रेस-एमालेले गरेको निर्णयतिर जाने नेताहरु बताउँछन् । उपमहासचिव हरिबोल गजुरेल भन्छन्, ‘हाम्रोमा पनि नदोर्‍याउने भन्ने सहमति छ तर निर्णय भएको छैन ।’ अर्का उपमहासचिव शक्ति बस्नेत छिट्टै पदाधिकारी वा स्थायी समिति बसेर उम्मेदवार छनोटको मापदण्ड तय गर्ने बताउँछन् । उनले…

Read More

सल्यानमा अटोरिक्सा दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा कालीमाटी गाउँपालिका वडा नम्बर-१ लक्ष्मीपुरकी ३६ वर्षीया धनीकुमारी पुन र अन्दाजी ६० वर्षीया कमलाकुमारी पुन रहेका छन् । दुवै जनाको जिल्ला अस्पताल पुर्‍याए लगतै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिए । दुर्घटनामा २१ वर्षीया अमृता बबाल र उनका चार वर्षीय छोरा कृष्ण बबाल, मृतक धनीकुमारी पुनकी ६ वर्षीया छोरी अस्मिता पुन घाइते भएको जिल्ला प्रहरी  प्रहरी निरीक्षक खनालले बताए । अन्य दुई घाइतेमध्ये चालक र अर्का एक जनाको नाम खुल्न सकेको छैन । घाइतेको…

Read More

काठमाडौं- सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीका मेयर गोपाल हमाल निर्वाचित भएको मंगलबार (आज ) एक सय दिन पुगेको छ । स्वतन्त्र उम्मेदवारी दिएर वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनका नृपबहादुर वडलाई झण्डै दोब्बर मतले पराजित गर्दै मेयरमा विजयी भएका हमालले ९ जेठमा पदभार ग्रहण गरेका थिए । हमालले आफ्नो एक सय दिनको कार्यकाललाई उपलब्धि पूर्ण मानेका छन् । ‘हामी वार्षिक नीति तथा बजेटमा प्राथमिकता तोकेका योजना कार्यान्वयन गर्न इमानदारिता पूर्वक लागिरहेका छौं नगरवासीका अपेक्षा उच्च होलान तर सबै कुरा अहिले नै पूरा गर्न सकिंदैन । क्रमबद्ध रुपमा क्रमशः पूरा गर्दै जानेछौं, ‘ हमालले अनलाइनखबरसँग भने ।…

Read More

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज  घरेलु टोली केन्याविरुद्ध पाँचौं तथा अन्तिम टी-ट्वान्टी अन्तर्राष्‍ट्रियमा प्रतिस्पर्धा गर्दैछ । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । पाँच खेलको सिरिज अन्तर्गतको यस खेल सिरिजको निर्णायक खेल हो। किनकि ४ खेल सकिँदा सिरिज २-२ को बराबरीको अवस्थामा रहेको छ । आजको  खेल जित्नेले सिरिज जित्नेछ । यसअघि सोमबार भएको चौंथो खेलमा नेपाललाई केन्याले ७ रनले हराएर केन्याले सिरिज जित्ने सम्भावना कायम राखेको हो । त्यसअघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा भने केन्याले नेपाललाई १८…

Read More

काठमाडौं- हिन्दु नारीहरूले आज हरितालिका तीज मनाउँदैछन्। हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाइन्छ। आज व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।  सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकांक्षा पूरा हुने विश्वास छ । बाबुले आफ्नो विवाह भगवान् विष्णुसँग गरिदिने भएपछि पार्वतीले आफूले मन पराएको वर पाउन शिवजीको तपस्या गरेकी थिइन् । तथापि, आफ्नो मनोकामना पूर्ण नभएपछि उनले शिवलिङ्ग स्थापना गरी व्रत बसी पूजा आराधना गरेकी थिइन् । अन्ततः उनले गरेको व्रत यसै…

Read More

काठमाडौं- पाकिस्तानमा डुंगा पल्टिदा महिला र बालबालिकासहित ७ जनाको मृत्यु भएको छ । दक्षिणी सिन्ध प्रान्तमा भएको उक्त दुर्घटनामा अन्य १३ जना बेपत्ता भएका छन् ।   उक्त डुंगा सिन्धु नदी हुँदै प्रान्तको सेहवान सरिफ क्षेत्रमा पल्टिएको थियो । डुंगामा करिब दुई दर्जन यात्रु सवार रहेको प्राप्त विवरणहरूमा जनाइएको छ । उद्धारकर्ताहरूले ७ जनाको शव फेला पारेका थिए । नदीमा बेपत्ता भएकाहरुको खोजी भइरहेछ । यसैबीच, पाकिस्तानमा पछिल्लो समयमा आएको बाढीले लाखौँ मानिस विस्थापित भएका छन् । बाढीपछि सरकारले आपत्काल घोषणा गरेको छ ।

Read More