Author: Dipak Dhamala

काठमाडौँ । सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ । बैठक आज बिहान साढे ८ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनकारी दिएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा उपराष्ट्रपति निर्वाचन, उम्मेदवार चयन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।  उपराष्ट्रपति निर्वाचन अन्तर्गत आज उम्मेदवार मनोनयनको कार्यतालिका छ, तर निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार बन्न नपाउने निर्णय गरेपछि दलहरू अलमलमा परेका छन् । निर्वाचन आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा उम्मेदवारको योग्यताबारे थप स्पष्टतासहित नवनिर्वाचित राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय भएको उल्लेख…

Read More

काठमाडौं : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल शनिवार चम्पादेवीस्थित पुष्पलाल पार्क पुग्ने भएका छन्। दिउँसो साढे १ बजे पौडेल चम्पादेवी पुग्ने कार्यक्रम रहेको बताइएको छ। त्यहीबाट पौडेल साढे २ मा ललितपुरस्थि बाँडेगाउँमा रहेको कृष्णप्रसाद भट्टराई आश्रम पुग्ने कार्यक्रम रहेको सुरक्षा स्रोतले जनायो। बिहीवार राष्ट्रपतिमा निर्वाचित पौडेल शनिवार पशुपतिनाथ र स्वयम्भु पुगेका थिए। त्यसैगरी पौडेल शनिवारै सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेका थिए।

Read More

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक तथा हल्का वर्षाको सम्भावना रहेको छ।   त्यसैगरी आइतबार पनि देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक तथा हल्का वर्षाको सम्भावना रहेको छ।

Read More

काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ । आज बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए।  उनका अनुसार बैठकमा समसामयिक राजनीतिक, उपराष्ट्रपति निर्वाचन विषयमा छलफल गरिनेछ । आजको बैठकले उपराष्ट्रपतिमा उम्मेदवारी दिने नदिने र दिने भए उम्मेदवार पनि तय गर्ने तयारी छ । आज उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । यता सत्ता गठबन्धन पनि उम्मेदवार तय गर्न छलफलमा जुट्दै छ ।

Read More

काठमाडौँ । आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा शनिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गरिने जानकारी दिएको छ । दर्ता भएका उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ ।  उम्मेदवारको विरोधमा उजुरी दिने दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म रहने गरी निर्वाचन कार्यक्रम स्वीकृत भएको छ ।  यस्तै मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्न यही फागुन २८ गते १२ बजे, उम्मेदवारको नामावली प्रकाशन गर्ने सोही दिन १२ बजेदेखि १ बजेसम्म, उम्मेदवारको…

Read More

काठमाडौं – प्रदेश लोक सेवा आयोग सुदूरपश्चिम प्रदेशले भोलि संचालन गर्न लागेको परीक्षामा प्रवेश पत्र बिना पनि सहभागि हुन सकिने भएको छ । आयोगको सर्वरमा समस्या आएर प्रवेश पत्र डाउनलोडमा समस्या आएपछि बिना प्रवेश पत्र पनि परीक्षामा सहभागि हुन पाउने व्यवस्था गरिएको छ । प्रवेश पत्र नभएकाले परीक्षामा सहभागि हुनका लागि आवेदकले आफ्नो सक्कल नेपाली नागरिकताको प्रमाणपत्र भने अनिवार्य ल्याउनु पर्ने प्रदेश लोक सेवा आयोग सुदूरपश्चिम प्रदेशका उपसचिव हिरालाल चौधरीले बताएका छन् । उनले केन्द्रकै सर्वरमा समस्या आएका कारण प्रदेशको वेवसाइटमा समस्या आएको बताए । प्रदेश लोक सेवा आयोगले स्थानीय सरकारी सेवा तर्फका सहायक पाँचौं तहका अप्राविधिक पदका लागि मंसिर…

Read More

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । राष्ट्रपति पौडेललाई भेट्न सभामुख घिमिरे शुक्रबार विहानको उनको निवास बोहराटार पुगेका थिए । भेटमा सभामुख घिमिरेले नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना  व्यक्त गरे । सभामुख घिमिरेले आईपीयु सम्मेलनका कारण आफू २९ गते हुने राष्ट्रपतिको शपथमा उपस्थित हुन नसक्ने समेत जानकारी गराएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबार सकिने हुनाले पौडेलले सोमबार शपथग्रहण गरेपछि पद सम्हाल्नेछन् ।  सभामुख घिमिरेले आफू शुक्रबार साँझ नै अन्तरव्यवस्थापिका संघ (आईपीयु) को १४६ औं सम्मेलनमा भाग लिन बहराइनको राजधानी मनामा जान लागेको जानकारी गराएका थिए । राष्ट्रपति पौडेलले भ्रमणको सफलताको शुभकामना…

Read More

बझाङ: जयपृथ्वी नगरपालिका–३ पडेसका रोशन विष्ट भैरवनाथ आधारभूत विद्यालयमा पढ्छन्। पाँच कक्षामा पढ्ने उनी बिदाको दिनमा जहिल्यै पुङर लेकमा पुग्छन्। दोघरी (दुईवटा घर भएको) विष्ट परिवारको अधिकांश समय पुङरमै बस्ने हो। सिँचाइका लागि अहिले पुङर लेकमा पक्की नहर निर्माणको काम भइरहेको छ। नहरमा ज्यालादारी काम गर्न हरेक परिवारको सक्दो उपस्थिति उत्तिकै छ। परिवारमा कम सदस्य हुनेलाई बालबालिकाले सहयोग गरिरहेका छन्। विद्यालय बिदाको दिनमा कहिले बालबालिका त कहिले अभिभावक श्रममा जाने गरेको स्थानीय विनोद विष्टले बताए। उनका अनुसार गाउँमा केही योजना आएको वेलामा घर खर्च निकाल्न सजिलो हुने भन्दै बालबालिकाको बिदाको समय कुर्नुपर्छ। ‘घरमा कम सदस्य हुनेले त वस्तुभाउलाई पानी खुवाउने मान्छे…

Read More

माओवादी धाराका दलहरूबीचको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठक अहिले बिहान साढे ८ बजेदेखि बालुवाटारमा जारी छ । बैठकमा माओवादी केन्द्रका, नेसपा, नेकपा माओवादी क्रान्तिकारी, नेकपा, नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीर नेकपा माओवादी समाजवादीका नेताहरु सहभागी छन् । बैठकमा प्रधानमन्त्री प्रचण्ड, सिपी गजुरेल, बिप्लव  कृष्णबहादुर महरा, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोक, हेमन्तप्रकाश ओली लगायत छन् । प्रधानमन्त्रीमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध द्वन्द्वकालीन विषयलाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि माओवादीधारका पार्टीहरू निरन्तर छलफलमा छन् । यसअघि माओवादीधारका दलको बैठकले विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको थियो । यसबीचमा बिहीबार सरकारले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक…

Read More

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि तेस्रो चरणका खेलहरु सुरु हुँदैछन् । लिगमा आज दुई वटा खेल हुँदैछन् । आज एफसी खुमलटार र थ्री स्टार क्लब तथा हिमालयन शेर्पा क्लब र चर्च ब्वाइज युनाइटेड खेल्दैछन् । खुमलटार र थ्री स्टारबीचको खेल दिउँसो साढे २ बजे एन्फा कम्प्लेक्समा हुनेछ । त्यस्तै हिमालयन शेर्पा र चर्च ब्वाइजको खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा सुरु हुनेछ । यस सिजनको ‘ए’ डिभिजन लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछन् । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो…

Read More