Author: Dipak Dhamala

काठमाडौं – नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।भृकुटीमण्डपस्थित फनपार्कको जग्गा लिज प्रकरणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगले गुरुङविरुद्ध १२ माघ २०७५ मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तत्कालीन महिला बालबालिका तथा समाजकल्याणमन्त्री बद्रिप्रसाद न्यौपानेलगायत कांग्रेस नेता गुरुङसहित १४ जनाविरुद्ध मुद्दा दायर भएकामा विशेष अदालतले मंगलबार नौ जनालाई दोषी ठहर गरेको हो । गुरुङलाई मतियारका रूपमा दोषी ठहर गरे पनि सजाय निर्धारणका लागि भने २५ फागुनमा पेशी तोकिएको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए । मुद्दा विचाराधीन रहेकैबेला उनी गत निर्वाचनमा मनाङबाट निर्वाचित भएका थिए । उनी हाल निलम्बित अवस्थामा…

Read More

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रदेखि सबै प्रदेशमा नयाँ गठबन्धनको सरकार बन्ने बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले गत पुस १० को गठबन्धन भत्किएकाले र अब संघ तथा प्रदेशका सबै सरकार गत निर्वाचनकै गठबन्धनबाट बन्ने दाबी गर्नुभयो । केन्द्रदेखि प्रदेशसम्म अब कांग्रेससहितको गठबन्धनबाटै सरकार बन्ने दाबी गर्दै थापाले भन्नुभयो– ‘पुस १० मा गल्ती भएको सबैलाई बोध भएको छ । पुस १० मा अस्वाभाविक रूपमा गठबन्धन बनेकोले त्यसलाई भत्काइएको छ । अँध्यारोमा होइन, उज्यालो र घाम लागेका बेलामा गठबन्धन भत्काएको हो ।’ उहाँले पाँच दलीय गठबन्धन चुनावमा गएको र जनतासँग विकास, सुशासन र समृद्धिका बाचा…

Read More

सरकारले संविधान कुल्चिँदै एक वर्षदेखि न्यायपालिकालाई कायममुकायम (कामु) को जिम्मेवारीमा छोडेको छ । संविधानले सर्वोच्च अदालतका प्रधानन्यायाधीशको पद रिक्त हुनु एक महिनाअघि नै नियुक्ति प्रक्रिया अघि बढाउने व्यवस्था गरे पनि त्यसको कार्यान्वयनतर्फ ध्यान दिइएको छैन । वरिष्ठताका आधारमा प्रधानन्यायाधीश नियुक्ति हुने व्यवस्थाअनुसार अहिले हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा छन् । कार्कीको कार्यकाल २०८० भदौ २५ सम्म छ । सर्वोच्चका न्यायाधीशका लागि ६५ वर्षे उमेर हद तोकिएको छ । संवैधानिक परिषद्को सिफारिसमा प्रधानन्यायाधीश र न्याय परिषद्को सिफारिसमा सर्वोच्च अदालतका अन्य न्यायाधीशको नियुक्ति राष्ट्रपतिबाट हुने व्यवस्था संविधानले गरेको छ । संविधानको धारा २८४ मा संवैधानिक परिषद्सम्बन्धी व्यवस्था छ । प्रधानन्यायाधीश र संवैधानिक…

Read More

काठमाडौँ – राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरेको हो ।  गत माघ १६ गतेको निर्णय अनुसार आयोगले यही फागुन २५ गते राष्ट्रपतिको र आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्दैछ । आयोगको निर्णय अनुसार नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल…

Read More

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।  अपरान्ह १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट आएको सन्देशको ब्यहोरा जानकारी गराउने कार्यसूची छ । त्यसैगरी आजको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।    

Read More

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य  प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको  छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।  आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली बाँकी भू-भागमा बदली देखि मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको…

Read More

काठमाडौं – सरकार निर्माणताका पुस १० गते बनेको सातदलीय गठबन्धन एवम् रीतले भताभुङ्ग भयो । सुरूमा संसद्‌को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छाडेको गठबन्धन पछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा (एमाले) ले पनि छाडे । त्यसो त अहिले आठदलीय गठबन्धन बनेको छ भने सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पनि सत्तारूढ बन्न आइपुगेको छ । राष्ट्रपतिको निर्वाचनकै कारण नयाँ गठबन्धन बन्यो, आठदलीय गठबन्धनले राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत उम्मेदवार बनाएको छ । उसो त कतिपय कांग्रेस नेताहरूले राष्ट्रपतिको निर्वाचनअगावै सरकारमा जाने बताएका छन् । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको एमालेसँग…

Read More

काठमाडौं – यूएईमा भइरहेको आईसीसी यू-१९ विश्वकप एसिया छनोट नेपालले आज आफ्नो चौथो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र मलेसियाबीचको खेल हङकङबीचको खेल अमजानस्थित मलेक क्रिकेट ग्राउण्ड-२ मा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।छनोट प्रतियोगिता नेपालले यसअघिका तीन वटै खेल जितेको छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा कुवेतलाई २४३ रनको फराकिलो अन्तरले पराजित गरेको । तेस्रो खेलमा नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको थियो । मलेसियाले भने तीन खेल खेल्दा जम्मा एक खेल जितेको छ । दुई खेलमा पराजित भएको थियो । आजै यूएई र कुवेत…

Read More

काठमाण्डाै – गएको पुस १० गते बनेको सत्ता गठबन्धन भङ्ग भएसँगै १६ वटा मन्त्रालय खाली भएका छन् । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै १६ मन्त्रालय खाली भएका हुन् । मन्त्रिपरिषदमा सबैभन्दा ठूलो हिस्सा ओगटेको एमाले बाहिरिए पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मातहत १६ वटा मन्त्रालय रहेका छन् । अहिलेको सात सदस्यीय मन्त्रिपरिषदमा अब माओवादी र जनमत पार्टी मात्रै छन् । एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ । यसअघि राप्रपाले पनि समर्थनसमेत फिर्ता लिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले भने सरकारबाट फिर्ता भए पनि सरकारलाई दिएको समर्थन कायमै राखेको छ । एमाले सरकारबाट बाहिरिएसँगै माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री…

Read More

काठमाण्डाै – अर्जेन्टिनाका कप्तान एवम् पेरिस सेन्ट जर्मेइन (पीएसजी) का फरवार्ड लियोनल मेस्सी सन् २०२२ को फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् । ३५ वर्षीय मेस्सीले फ्रान्सेली फरवार्ड केलियन एम्बाप्पे र करिम बेन्जेमालाई पछि पार्दै यो अवार्ड जितेका हुन् । मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्व कपको उपाधि जितेको थियो । मेस्सीले सन् २०२१–२२ मा क्लब र देशका लागि ४९ खेलमा २७ गोल गरेका थिए । पेरिसमा भएको अवार्ड घोषणा समारोहमा अर्जेन्टिनालाई तेस्रो पटक विश्व कपको उपाधि दिलाएका लियोनल स्कालोनी वर्षको उत्कृष्ट पुरुष प्रशिक्षक घोषित भए । बार्सिलोनाकी एलेक्सिया पुटेलास वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भइन्। इङ्ल्यान्डकी प्रशिक्षक सारिना विगम्यान महिलातर्फको…

Read More