Author: Dipak Dhamala

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भक्तपुरको बालकोट पुगेका छन् । पछिल्लो राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट गएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।आज सुदूरपश्चिमक प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यक्रम छ । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएमा सुदूरपश्चिम सरकार विस्तार नहुँदै ढल्नेछ । रास्वपालाई सरकारमा सहभागी गराउने र सुदूरपश्चिम सरकारलाई जोगाउने तयारी साथ दुई नेताबीच छलफल हुन लागेको बताइएको छ । अध्यक्ष ओलीलाई भेटन माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड अहिले भर्खरै बालकोट पुगेको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । 

Read More

काठमाडौँ – अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावर आज स्वदेश फर्किँदै छिन् । दुई दिने नेपाल भ्रमणमा रहेकी उनी आज उच्चस्तरीय भेटघाट सकेर स्वदेश फर्किन लागेकी हुन् ।  अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको हप्ता दिन नपुग्दै सामन्था नेपाल भ्रमणमा आएकी हुन्। अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्को सदस्यसमेत रहेकी उनी अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी समेत हुन्।  उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्र मन्त्री डा विमला राई पौडेललाई भेटेर अमेरिकी सहयोग परियोजना (एमसीसी)को कार्यान्वयनमा जोड दिएकी थिइन् ।

Read More

काठमाडौं – दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल र घरेलु टोली बंगलादेश भिड्ने भएका छन् । बंगलादेशले ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा भुटानलाई ५–० ले पराजित गर्दै बंगलादेशले फाइनलमा स्थान सुरक्षित गरे पछि फाइनलमा नेपाल र बंगलादेश भिडन लागेका हुन ।

Read More

काठमाडौं – कर्णाली प्रदेश सरकारले प्रदेश तथा स्थानीय तहका लागि फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकले जनयुद्ध दिवस मनाउनका लागि १ फागुनमा सार्वजानिक विदा दिने निर्णय पनि गरेकाे छ। बैठकले प्रदेशका जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयलाई मर्ज गरी एकै मन्त्रालय बनाएपनि काम भने पुरानै अक्तियारी अनुसार गर्ने निर्णय गरेको छ। कर्णालीका हिमाली तथा पहाडी जिल्लामा निर्माण भइरहेका एकीकृत बस्ती विकास कार्यक्रमलाई थप व्यवस्थित बनाउनका लागि सञ्चालन नियामावली २०७९ स्वीकृत गर्ने निर्णय भएको छ। फागुनदेखि मन्त्रिपरिषद्को बैठक दोस्रो र चौथो बुधबार बस्ने निर्णयसमेत गरिएको छ।

Read More

काठमाडौँ – सन् २०३० को फिफा विश्वकप फुटबल आयोजनाका लागि दक्षिण अमेरिकी देशको समूहले बुधबार औपचारिक रूपमा दाबी पेस गरेका छन् ।  विश्वकप आयोजनाका लागि संयुक्त दाबी पेस गर्ने देशमा अर्जेन्टिना, चिली, पाराग्वे र उरुग्वे रहेका छन् र तिनीहरू मंगलबार नै पहिलो औपचारिक बैठक पनि गरेका छन् । अर्जेन्टिनी राष्ट्रपति अल्बर्टो फर्नान्डेजले यस संयुक्त आयोजनाको दाबीमा बोलिभिया पनि सम्मिलित हुने बताएका छन् ।  फिफासँग दाबी गरिए अनुसार प्रतियोगिताको उद्घाटन खेल अर्जेन्टिनाको ब्युनर्स आयर्समा हुनेछ भने फाइनल उरुग्वेको मोन्टेभिडिओमा हुनेछ । सन् २०३० को विश्वकपका लागि यसअघि नै स्पेन, पोर्चुगल र युक्रेनले संयुक्त दाबी गरिसकेको छन् भने यस्तै साउदी अरेबिया, इजिप्ट…

Read More

कञ्चनपुर – कञ्चनपुरमा पछिल्लो समय चैते धानको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोनका अनुसार जिल्लामा ५० हेक्टरमा लगाउने लक्ष्य रहे पनि चैते धान लगाउने किसानको सङ्ख्या न्यून छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत सञ्जु उपाध्याय रिमालले अन्य धानभन्दा चैते धान बढी फल्ने भए पनि किसान यसतर्फ आकर्षित नभएको बताए । कैलाली र कञ्चनपुर सुदूरपश्चिम प्रदेशको अन्न भण्डारका रुपमा रहे पनि पछिल्ला वर्षमा दुवै जिल्लामा चैते धान खेतीतर्फ किसानको आकर्षण घट्दै गएको पाइएको छ । “कञ्चनपुरमा ५० हेक्टरमा धान खेती गर्ने लक्ष्य लिए पनि त्यति खेती पुगाउन…

Read More

काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज  विशेष पत्रकार सम्मेलन गर्दै छ । बुधबार दिउँसो १ बजे काठमाडौँको जमल स्थित नाचघरबाट पत्रकार सम्मेलन गर्न लागेको नेकपाले जनाएको छ । हालै सम्पन्न भएको सो पार्टीको केन्द्रिय समिति बैठकका निर्णय, तत्कालिन केपी शर्मा ओली सरकारसँग भएको सम्झौता अनुसार बन्दि रिहाई तथा मुद्धा फिर्ता गर्ने सबालमा भएको ढिलाईलगायतका बिषयमा पत्रकार सम्मेलन गर्न लागिएको हो । पत्रकार सम्मेलनमा चन्दसहित खडगबहादुर विश्वकर्मालगायत शिर्ष नेताको उपस्थिति र सम्बोधन हुनेछ । सोही बिषयलाई लिएर चन्द नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटघाट गरेको समेत थियो ।

Read More

काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने भएका छन्। संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण अन्तिम चरणमा विश्वासको मत लिन लागेका हुन्। प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बुधबार बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ। नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नगरेको भन्दै विश्वासको मत नदिने निर्णय गरिसकेको छ। उनमुक्ति पार्टीको यो निर्णयसँगै मुख्यमन्त्री रावल अप्ठेरोमा परेका छन्। मुख्यमन्त्री रावललाई रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश गरे पनि उसले…

Read More

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको परिणाम आफूअनुकूल हुनेमा आशावादी बन्दै गएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सत्ता साझेदार दलहरूबीच बढ्दै गएको अविश्वास र तिक्ततासँगै कांग्रेस नेताहरू नयाँ राष्ट्रपति आफ्नै पार्टीको बन्नेमा आशावादी देखिएका हुन्। कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेलगायत दलको समर्थनमा दाहाल प्रधानमन्त्री भएका हुन्। कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर माओवादीसँग बिग्रिएको सम्बन्ध सुधार प्रयास थालेको थियो। प्रधानमन्त्रीमा दाहाललाई विश्वासको मत दिने कांग्रेस निर्णयलाई गठबन्धनको ठुलो दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताका लागि ढोक्सो थापेको रूपमा व्याख्या गर्दै आएका छन्।   दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिए पनि विपक्षी…

Read More

काठमाडौँ – आज दिउँसो प्रदेश एक, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश एक र  गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति प्रदेश एकका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश एक र  गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भू-भागमा बिहानीपख हुस्सु लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Read More