काठमाडौं: नेपाल प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाको निर्णय भएको छ।
गृहमन्त्री रमेश लेखकले यसअघि बढुवा सिफारिस समितिको सिफारिस अनुसार ५ एसएसपीलाई डीआईजीमा बढुवा गर्ने निर्णय आइतबार गरेका हुन्।
बढुवासँगै उनीहरुको पदस्थापन पनि भएको छ। इश्वर कार्की अन्वेषण योजना तथा विकास निर्देशनालयमा पदास्थापन भएका छन्।
राजेन्द्रप्रसाद भट्ट कार्य विभागको कार्य निर्देशनालय, दिनेशकुमार आचार्य प्रहरी महानिरीक्षकको सचिवालय, अरुण कुमार पौडेल अपराध अनुसन्धान निर्देशनालय र गोबिन्द थपलिया प्रदेश समन्वय विभागमा पदस्थापन भएका छन्।
Facebook Comments Box