काठमाडौं: नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका दुई डीआईजीको पदस्थापन भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दुई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो।
उनीहरुको पदस्थापनको निर्णय भएको प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले जानकारी दिएको छ।
एआईजी कुवेर कडायत अपराध अनुसन्धान विभागमा पदस्थापन भएका छन्। अर्का एआईजी रविन्द्र केसीलाई प्रदेश समन्वय विभागको जिम्मेवारी दिइएको छ।
उनीहरु दुवै जना प्रहरी महानिरीक्षक वसन्त बहादुर कुंवरको ब्याची हुन्। उनीहरु पनि आगामी चैत ५ गते अनिवार्य अवकास हुनेछन्।
गत १७ पुसमा उनीहरूलाई बढुवा सिफारिस समितिले एआईजीका लागि सिफारिस गरेको थियो। काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख किरण बज्राचार्य र प्रदेश समन्वय विभाग प्रमुख भरतबहादुर बोहरा अवकाश भएपछि रिक्त पदमा उनीहरूलाई बढुवा गरेको हो।
कडायत प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए भने केसी प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत थिए।