Author: Dipak Dhamala

युक्रेनका चार जना सहायक मन्त्री र पाँच क्षेत्रीय गभर्नरसहित उच्च अधिकारीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा सरकारका शीर्ष सल्लाहकारसमेत रहेका छन् । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भ्रष्टाचारविरोधी अभियान सुरु गरेसँगै सरकारका वरिष्ठ अधिकारीहरूले राजीनामा दिन थालेका हुन् । पछिल्लो पटक घुस लिएको आरोपदेखि महँगाे मूल्यमा खाद्यान्न किनिएको विवरण सार्वजनिक भएको थियो । राष्ट्रपति जेलेन्स्कीले कानुन सबैलाई बराबर हुनुपर्ने नागरिकको माग पूरा गर्ने गरी काम गरेको उहाँका एक जना सहयोगीले बताएका बीबीसीले जनाएको छ । राष्ट्रपति जेलेन्स्कीले स्वीकृतिप्राप्त काममाबाहेक सरकारी कर्मचारीलाई देश छाड्न प्रतिबन्ध लगाउनुभएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले सन् २०२१ मा निकालेको एक प्रतिवेदनमा भ्रष्टाचार हुने देशको सूचीमा युक्रेनलाई १८० मध्ये १२२औँ…

Read More

धनगढी । कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा यही माघ २१ गतेदेखि विद्यालयस्तरीय यु–१९ टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । ‘लिटल फ्लावर प्रिमियर लिग (एलपीएल–७) सातौँ संस्करणको उक्त प्रतियोगितामा १० विद्यालयको सहभागिता रहने छ ।  सहभागी विद्यालयलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक टोलीले लिग चरणमा चार–चार खेल खेल्ने छन् । समूह विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् । उद्घाटन खेल लोटस आइ अत्तरिया र सत्यवती एकेडेमी अत्तरियाबीच हुनेछ । आगामी फागुन ६ गते फाइन खेल हुने आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए।  प्रतियोगिताको विजेताले रु दुई लाख ५१ हजार एक सय ११ र उपविजेताले…

Read More

काठमाण्डाै – न्युजिल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खलामा भारतले ‘क्लिन स्वीप’ गरेको छ । तेस्रो तथा अन्तिम एकदिवसीयमा घरेलु टोली भारतले न्युजिल्यान्डलाई ९० रनले हरायो । शृङ्खला ३–० ले जितेको भारत आईसीसी एक दिवसीय वरीयतामा शीर्षस्थानमा उक्लिएको छ। जितका लागि ३ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४१ ओभर २ बलमा २ सय ९५ रनमा अल आउट भयो । न्युजिल्यान्डका डेभन कन्वेले १ सय ३८ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । भारतका शार्दुल ठाकुर र कुलदीप यादवले तीन/तीन विकेट लिए । त्यसअघि इन्डोरमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ८५ रन…

Read More

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षको भेला राष्ट्रपति निर्वाचन नहुँदासम्मका लागि स्थगित भएको छ । संस्थापन इतर पक्षको साझा धारणा बनाउन आइतबार नेताहरूको भेला गरिएको थियो ।  अर्को भेला मंगलवार बिहानका लागि तय गरिएको थियो । भेलाको पहिलो दिन शेखर कोइरालासहितका केही नेताले राखेको भनाइ बंग्याएर सञ्चारमाध्यममा आएको भन्दै तत्कालका लागि भेला स्थगित गर्ने निष्कर्षमा संस्थापन इतर पक्ष पुगेको हो । संस्थापन इतर पक्षले मंगलबारका लागि डाकिएको भेला स्थगित गर्दै अब राष्ट्रपति निर्वाचनपछि मात्र यसलाई निरन्तरता दिने भएको छ ।  ‘पहिलो दिनको भेलामा नेता शेखर कोइरालाले पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएर गल्ती भयो भन्नुभएको थिएन । तर सञ्चारमाध्यममा…

Read More

काठमाडौँ – उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेको मुद्दामा बुधवारबाट पूर्ण सुनुवाइ सुरु हुँदै छ । पुस २२ मा संवैधानिक इजलासले नागरिकता मुद्दामा अग्राधिकार प्रदान गरेर २०७९ माघ ११ मा पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश गरेको थियो ।  नागरिकता विवादबारे संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । लामिछानेबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको फायल सर्वोच्च अदालतले झिकाएको छ । २०७५ असार ६ मा लामिछानेले अध्यागमन विभागमा पेस गरेको कागजात र मङ्सिर १३ मा उम्मेदवारी सम्बन्धमा निर्वाचन आयोगले गरेको निर्णयको सक्कल प्रति पनि सर्वोच्च अदालतले झिकाएको छ ।  अमेरिकाको नागरिकता त्यागेपछि नेपालको नागरिकता लिने प्रक्रिया पूरा नगरेर उनले २०५० सालमा लिएको नागरिकता…

Read More

हाल देशको पश्चिमी भू-भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ। राति लुम्बिनी, गण्डकी, बागमती, मधेश, र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। माथि…

Read More

नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   आज डलरको खरिद दर १२० रूपैयाँ ४६ पैसा र बिक्री दर १३१ रूपैयाँ ०६ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ७२ पैसा र बिक्री दर १४२ रूपैयाँ ३७ पैसा रहेको छ।   बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ७९ पैसा र बिक्री दर १६१ रूपैयाँ ५२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७० पैसा र बिक्री दर…

Read More

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा सांसद जनार्दन शर्माले राष्ट्रपतिको सम्बन्धमा सत्तारुढ गठबन्धनमा समस्या नहुने बताउनुभएको छ । मंगलबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उपमहासचिव शर्माले राष्ट्रपतिको सम्बन्धमा गठबन्धनका दलहरुका बिचमा समस्या नहुने बताउनुभएको हो । उहाँले गठबन्धनमा मतभिन्नता भएपनि छलफल गरेर समाधान गर्न सकिने बताउनुभयो । उहाँले समस्याको समाधान हुने स्पष्ट पार्नुभयो । सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिदैँ उहाँले सत्तारुढ गठबन्धनका नेताहरुका बीचमा असमझदारी नभएको बताउनुभयो । गठबन्धन आफ्नो उद्देश्यमा केन्द्रित रहेको उहाँले बताउनुभयो ।

Read More

धनगढी: सुदूरपश्चिममा प्रदेश प्रहरीको नेतृत्व फेरिएपछि सुरक्षा व्यवस्थामा कडाई गरिएको छ। प्रदेश प्रहरी प्रमुखमा नयाँ डिआइजी अशोक सिंह सरुवा भएर आएपछि यहाँ प्रदेशका नाकाहरुमा कडाई गरिएको हो। विशेषगरी कैलालीको गौरीफन्टा र कंचनपुरको गड्डाचौकी नाकामा प्रहरीले सकृयता बढाएको छ। नाकाहरुमा तालिम प्राप्त कुकुरको प्रयोग गरेर सुरक्षा जाँच गर्न सुरु गरेको डिआइजी सिंहले महेन्द्रनगरपोस्टलाई जानकारी दिए। उनका अनुसार नेपाल–भारत सीमास्थित गौरीफन्टा र गड्डाचौकी नाकामा हुने अपराधिक गतिविधि, लागुऔषध ओसारपसार तथा विस्फोटक पदार्थको अवैध आयात जस्ता कुरालाई ध्यानमा राखेर तालिम प्राप्त कुकुरको प्रयोग गरेर जाँच थालिएको हो। नाकामा अवैध सामान ओसारपसार, विस्फोटक पदार्थ ओसारपसार र अपराधिक गतिविधीमाथि निगरानी बढाउन नयाँ अभ्यास थालनी गरिएको…

Read More

काठमाडौं – बाजुरामा मंगलबार दिउँसो गएको भुकम्पमा परेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौमुल गाउँपालिका–२ को जुरेलीको स्थानीय जंगलमा घाँस काट्ने बेला गएको भुकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) सुर्य थापाले भुकम्पका कारण खसेको ढुंगा लागेर जमुना रोकायाको मृत्यु भएको स्थानीयले जानकारी गराएको बताए । अहिले प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ हिंडेको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर ५ दशमलव ९ रेक्टर स्केलको भुकम्प गएको थियो । भुकम्पले बडिमालिका नगरपालिका र…

Read More