धनगढी: सुदूरपश्चिममा प्रदेश प्रहरीको नेतृत्व फेरिएपछि सुरक्षा व्यवस्थामा कडाई गरिएको छ। प्रदेश प्रहरी प्रमुखमा नयाँ डिआइजी अशोक सिंह सरुवा भएर आएपछि यहाँ प्रदेशका नाकाहरुमा कडाई गरिएको हो। विशेषगरी कैलालीको गौरीफन्टा र कंचनपुरको गड्डाचौकी नाकामा प्रहरीले सकृयता बढाएको छ। नाकाहरुमा तालिम प्राप्त कुकुरको प्रयोग गरेर सुरक्षा जाँच गर्न सुरु गरेको डिआइजी सिंहले महेन्द्रनगरपोस्टलाई जानकारी दिए।
उनका अनुसार नेपाल–भारत सीमास्थित गौरीफन्टा र गड्डाचौकी नाकामा हुने अपराधिक गतिविधि, लागुऔषध ओसारपसार तथा विस्फोटक पदार्थको अवैध आयात जस्ता कुरालाई ध्यानमा राखेर तालिम प्राप्त कुकुरको प्रयोग गरेर जाँच थालिएको हो। नाकामा अवैध सामान ओसारपसार, विस्फोटक पदार्थ ओसारपसार र अपराधिक गतिविधीमाथि निगरानी बढाउन नयाँ अभ्यास थालनी गरिएको उनको भनाई छ। अगामी दिनमा अन्य जिल्लाका नाकामा पनि तालिम प्राप्त कुकुरको प्रयोग गर्दै सीमा क्षेत्रको जाँचमा कडाइ गरिने बताइएको छ।