Author: Dipak Dhamala

काठमाडौं – सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् । उनका प्रेस संयोजक नवराज पाण्डेका अनुसार लामिछानेले शुक्रबार साँझ बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गरेको छ ।

Read More

काठमाडौं – रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्ने बताएका छन् । तर अरू कुनै प्रश्नको जवाफ आफूसँग नभएको उनले बताएका छन् । सर्वोच्चले सांसद पद खारेज भएको फैसला सुनाउँदा लामिछानेले गृह मन्त्रालयमै थिए । मन्त्रालयबाट बाहिरिने क्रममा उनले भनेका छन्, अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु ।’ अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘म अनागरिक छु । कुनै प्रश्नको जवाफ मसँग छैन ।’

Read More

काठमाडौं – सर्वोच्च अदालतको फैसलासँगै सांसद पद गुमाएका रवि लामिछाने गृह मन्त्रालयमा छन्। उनलाई भेट्न अहिले श्रम मन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डोलप्रसाद अर्याल अहिले मन्त्रालय पुगेका छन्। सांसद पदसँगै लामिछानेको मन्त्री पद पनि गएको छ। अब सरकारमा कसले नेतृत्व गर्ने र कसरी अघि बढ्ने भन्ने विषयमा रास्वपामा छलफल हुने बताइएको छ। लामिछाने भने निजी सवारीमा घर जाने तयारीमा छन्।

Read More

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद र सभापति पद खारेज भएपछि सो पार्टीका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । रास्वपाकी सांसद समेत रहेकी नेतृ सोविता गौतमले सर्वोच्चको फैसला सवैले मान्नुपर्ने बाध्यता रहेको भन्दै कसरी अघि बढ्ने भन्नेबारे पार्टीमा छलफल हुने बताइन् ।‘अदालतले गरेको फैसला नमान्ने भन्ने कुरा हुँदैन । तर अब हामी के कसरी अघि बढ्ने भन्ने विषयमा हामीले पार्टीमा छलफल गर्नुपर्नेछ । त्यसका लागि जुट्दैछौँ’, गौतमको भनाइ छ । लामिछानेको नागरिकता विवादमा सर्वोच्चको संवैधानिक इजलासले सुनुवाई सकेर शुक्रबार फैसला सुनाएको हो । अदालतले शुक्रबार गरेको फैसलामा लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता त्याग…

Read More

 काठमाडौं – सर्वोच्च अदालतको फैसलाले पदमुक्त भएका रवि लामिछानेका समर्थकहरूले सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतले शुक्रबार गरेको फैसलासँगै लामिछानेले उपप्रधान तथा गृहमन्त्री, गृहमन्त्री र सांसद पद गुमाएका छन् । अदालतको फैसलाको विरुद्धमा लामिछानेका समर्थकहरूले नाराबाजीसहित प्रदर्शन गरेपछि प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

Read More

काठमाडौँ – गत माघ १ मा पोखराको सेती खोँचमा यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको स्मृतिमा आज घटनास्थलमा पोखरा महानगरपालिकाले श्रद्धाञ्जलीसभासहित दीप प्रज्वलन गरेको छ । पोखरा महानगरपालिकाले घटनाको १३औँ दिन पारेर विमान दुर्घटनास्थल पोखरा–७ स्थित मितेरीपुल नजिक ठीक १०ः ५८ बजे श्रद्धाञ्जलीसभा गरेको हो । सो अवसरमा घटनामा निधन भएका सबै यात्रुहरुको स्मृतिमा दीप प्रज्वलन समेत गरियो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विमान दुर्घटनामा परेकाहरुको शोकले पोखरा, कास्की जिल्लासहित समग्र गण्डकी प्रदेश स्तव्ध भएको बताए । दुर्घटनाका आला घाउहरु पूर्दै बाँचेकाहरुले नयाँ परिस्थितिको सामना गरेर अगाडि बढ्ने अठोट गर्नुपर्ने मुख्यमन्त्री अधिकारीको भनाई छ ।उनले दुर्घटनापछि जोखिम मोलेर…

Read More

काठमाडौँ – तेस्रो टाईगर कप अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ न्यु डायमण्ड तेस्रो स्थान प्राप्त गरेको छ । शुक्रबार तेस्रो स्थानको लागि भएको खेलमा डायमण्डले गण्डकी प्रदेशलाई साझो सेटमा पराजित गरेको हो । पोखरा रंगशालाको कभर्ड हलमा डायमण्डले पहिलो सेट २५–१९, दोस्रो सेटमा २५–१६ र तेस्रो सेटमा २५–१६ को जित निकाल्न सफल भयो । तेस्रो भएको डायमण्डले १२५ हजार प्राप्त गरेको छ । चौंथो भएको गण्डकीले सान्त्वना पुरस्कार स्वरूप ६५ हजार प्राप्त गर्यो । महिलातर्फको फाइनल शनिबार हुनेछ । उपाधिका लागि एपीएफ र आर्मी भिड्ने छन् । शुक्रबार नै पुरुषतर्फ सेमिफाइनलका दुई खेल हुँदैछन् ।

Read More

काठमाडौं – सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तिम बहस सुरू गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा शुक्रबार सुनुवाइ सुरु भएको हो । यतिबेला लामिछानेका वकिलहरुले बहस गरिरहेका छन् । बुधबार सर्वोच्चको संवैधानिक इजलासमा गृहमन्त्री लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस नसकिएकाले मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका उपप्रधानमन्त्री लामिछाने प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गर्नुभएको थियो । नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा…

Read More

काठमाडौ – संघीय संसद अन्तर्गत शुक्रबार राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद् भवन बानेश्वरमा शुक्रबार अपरान्ह ३ः५९ बजे बैठक बस्न लागेको हो । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नै कार्यसूची रहेको छ ।

Read More

काठमाडौं – सरकारले सार्वजनिक यातायातको सुधारका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठन गर्नुभएको हो ।  सात सदस्यीय कार्यदलको संयोजकमा पूर्वसचिव शरदचन्द्र पौडेल हुनुहुन्छ । कार्यदलमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, पुल्चोक इञ्जिनियरिङ क्याम्पसका प्राध्यापक डा. पदमबहादुर शाही, यातायातविज्ञ मधुसुदन आचार्य र इञ्जिनियर विजय गौतम सदस्य रहेका छन् । यस्तै, कार्यदलमा यातायात व्यवसायी महासंघका प्रतिनिधि सदस्य रहनेछन् भने यातायात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डेय सदस्यसचिव रहनुभएको छ ।

Read More