Author: Dipak Dhamala

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कब्जा गरेका चार युक्रेनी क्षेत्रमध्ये पूर्वी क्षेत्रमा रहेको एक प्रमुख सहर लिमानलाई रूसी सेनाबाट मुक्त गरिएको बताउनुभएको छ । रुसले युक्रेनका चार भू–भाग गाभिएको घोषणा गरेपछि किएभ र पश्चिम देशले भर्त्सना गरिरहेका बेला रूसले कब्जा गरेको लिमान सहर सेनामुक्त गरिएको युक्रेनले दाबी गरेको समाचार संस्था एएफपीले जनाएको छ । राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमा युक्रेनी सेनालाई धन्यवादसहित एक भिडियो समेत पोस्ट गर्नुभएको छ । जेलेन्स्कीले देशको पूर्वी डोनबास क्षेत्रका थप क्षेत्रहरू यसै हप्ताभित्र पुनः कब्जा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रुसले युक्रेनमा गएको फेब्रुअरी २४ देखि आक्रमण सुरु गरेको थियो । केही दिन अघि मात्रै रुसी…

Read More

काठमाण्डाै – आउँदो मङ्सिर ४ गते हुने चुनावका लागि ३२ राजनीतिक दलले समानुपातिक बन्दसूची परिमार्जन गरेका छन् । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिकको बन्दसूची सच्याएर बुझाउन हिजोसम्मको समयसीमा दिएर ४८ राजनीतिक दललाई पत्राचार गरेको थियो । निर्वाचन आयोग राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार ती ४८ दलमध्ये प्रतिनिधि सभातर्फ ३२ वटा राजनीतिक दलले समानुपातिकको बन्दसूची सच्याएर बुझाएका हुन्। प्रदेश सभातर्फ प्रदेश एकमा ३१ दल, मधेस प्रदेशमा २१, वाग्मती प्रदेशमा २० दल, गण्डकी प्रदेशमा २५ दल, लुम्बिनी प्रदेशमा २४ दल, कर्णाली प्रदेशमा २० दल र सुदूरपश्चिम प्रदेशमा २४ राजनीतिक दलले समानुपातिकको सूची…

Read More

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । आज दिउँसोको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । बेलुकीपख भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार भोलिदेखि भने देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । भोलि वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । भरे बेलुकादेखि नै बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्रको असर देखिन थाल्ने उहाँले बताउनु भएको छ । यो प्रणाली पूर्वी क्षेत्र हुँदै भोलि मध्य क्षेत्रमा फैलिने र पर्सि पश्चिमी क्षेत्रमा फैलिने सम्भावना रहेकाले देशका धेरै ठाउँमा भोलिदेखि वर्षा हुने मौसमविद्ले बताएका छन्…

Read More

काठमाडौं- भारत–दक्षिण अफ्रिकाबीचको दोस्रो टी–२० खेलमा भारतले दक्षिण अफ्रिकालाई १६ रनले पराजित गर्दै तीन खेलको सिरिजमा २–० को अग्रता लिएको छ । गुवाहाटीमा खेलिएको उक्त खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गर्दै भारतले दक्षिण अफ्रिकालाई २३८ रनको लक्ष्य दिएको थियो । भारतका लागि सूर्यकुमार यादवले सर्वाधिक ६१ रन बनाए । केएल राहुलले ५७, विराट कोहलीले ४९ र रोहित शर्माले ४३ रन बनाए । दक्षिण अफ्रिकाको प्रदर्शन पनि उत्कृष्ट थियो तर टोलीले जित भने हात पार्न सकेन । भारतले दिएको स्कोर पछ्याउँदै दक्षिण अफ्रिकाको टोलीले तीन विकेट गुमाएर २२१ रन मात्र जोड्न सक्यो । टेम्बा…

Read More

काठमाडौं- आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ ।  आजको दिन शास्त्रसम्मतरूपमा दसैँ घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष…

Read More

थाह छर ? म मेरो बुवाको विवाहमा जन्ती पनि गएको छु’ उहाँले रमाइलो पाराले सुनाउनु भो । उहाँ अर्थात् श्री फतेहसिंह थारु । ८४ वर्ष लाग्दै गरेको बिहानीपख आफूलाई भेट्न आएका शुभेच्छुक सामु आफ्नो अतीतयात्रा रमाइलो गरि सुनाउँदै हुनुहुन्थ्यो । फतेहसिंह थारुका पिता थपुवा गाउँका जिम्दार देवीराम थारुले पहिलो विवाह बर्दियाको कोठियाकी भगवतीदेवीसित गर्नु भएको थियो । उहाँबाट फतेहसिंह थारुको जन्म भैसकेपछि फेरि मैतहवाकी सीताजानकीसंग दोस्रो विवाह गर्नु भो । थारु समुदायमा बहुविवाहको चलन उतिसारो नभएपनि जिमिन्दारहरुमा फाट्टफुट्ट त्यो चलन पाइन्थ्यो ठकुरी र राणाहरुको सिको गरेर । आफ्ना पिताको दोस्रो विवाहमा फतेहसिंह थारु जन्ती जानु भएको घटना थियो त्यो ।…

Read More

काठमाण्डाै – धनगढीमा भएको ‘सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता’को उपाधि लुम्बिनी प्रदेशले जितेको छ । शनिबार साँझ धनगढी रङ्गशालामा भएको फाइनल खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई सडनडेथमा पराजित गर्दै उपाधि जितेको हो ।  लुम्बिनीले कर्णालीलाई सडनडेथमा १०–९ गोलले हराएको हो । यसअघि निर्धारित समयमा दुवै टोलीले एक–एकको बराबरी खेलेका थिए  । दुवै टोलीले आत्मघाती गोल गर्दा बराबरी भएको थियो । उपाधिसँगै लुम्बिनी प्रदेशले रु पाँच लाखसहित ट्रफी, मेडल प्राप्त गरेको छ । उपविजेता कर्णाली प्रदेशले रु तीन लाखसहित ट्रफी, मेडल प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित लुम्बिनी प्रदेशका फागुराम चौधरीले रु २० हजार प्राप्त गरे ।  यस्तै उत्कृष्ट…

Read More

काठमाण्डाै – अर्घाखाँचीको सन्धिखर्क – ९ अर्घामा रहेको पोखरीमा २७ वटा बाँदर डुबेर मरेको भेटिएका छन् । अर्घामा रहेको सिँचाई पोखरीमा डुबेर २७ वटा बाँदर मरेको स्थानीय बलराम रायमाझीले बताउनुभयो । पहिला एउटा बाँदर पानी खान जाँदा पोखरीमा परेको र पछि ती बाँदर पोखरीमा पसेपछि डुबेर मरेका हुनसक्ने आशंका गरिएको छ । पोखरी जंगलको बीचमा रहेको कारणले उद्धार हुन नसकेको स्थानीयको भनाइ छ । जिल्ला वन कार्यालय अर्घाखाँचीका कर्मचारी दिपक पाण्डेको नेतृत्वमा गएको टोलीले निरीक्षण गरेको र मरेका सबै बाँदरलाई जनप्रतिनिधि, प्रहरी, स्थानीय बासिन्दाको रोहबरमा गाडिएको छ ।

Read More

काठमाण्डाै – ईंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई २–१ गोलले हरायो । खेलको सातौं मिनेटमा ओड्सोने एडोवार्डले गोल गर्दै क्रिस्टललाई सुरुआती अग्रता दिलाएका थिए । तर खेलको ३८ औं मिनेटमा पिएरे एमरिक अबमेयाङले गोल गर्दै चेल्सीलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि खेलको ९० औं मिनेटमा कोनोर गल्लाघेरले गोल गर्दै चेल्सीलाई २–१ को जित दिलाए । जितसँगै चेल्सीले ७ खेलमा १३ अंक जोडेको छ । चेल्सी पाँचौं स्थानमा उक्लिएको छ । क्रिस्टल ६ अंकका साथ १७ औं स्थानमा छ । त्यस्तै अर्को खेलमा लिभरपुल र ब्राइटनले ३–३ गोलको बराबरी खेलेका…

Read More

बेलायतको रेल सेवा प्रभावित भएको छ । पछिल्लो २४ घण्टादेखि भइरहेको आन्दोलनका कारण सेवा प्रभावित भएको हो । रेल सेवामा कार्यरत कर्मचारीहरूले यसअघि नै आन्दोलन गर्ने तयारी गरेका भए पनि बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधन भएकाले रोकिएको थियो । उनीहरूले महारानी एलिजावेथको शोक अवधि सकिएपछि आन्दोलन सुरु गरेका हुन् । रेल सेवाका कर्मचारीहरूले बजार मूल्य अनुसार आफूहरूको तलबसहित सेवा सुविधा वृद्धि हुनुपर्ने माग राखेका छन् । आफूहरूले पटक पटक पारिश्रमिक बढाउन माग गरेको तर व्यवस्थापनले वेवास्ता गरेपछि आन्दोलनमा उत्रिनुपरेको बताएका बीबीसीले जनाएको छ । बेलायतमा रेल सेवाका कर्मचारीले गरेको आन्दोलनबाट अरु क्षेत्रसमेत प्रभावित भएका छन् ।

Read More