Author: Dipak Dhamala

काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रुपैयाँ ८१ पैसा र बिक्री दर १३१ रुपैयाँ ४१ पैसा रहेको छ। यो डलरको अहिलेसम्मकै उच्च रेट हो । युरो एकको खरिद दर १२५ रुपैयाँ २२ पैसा र बिक्री दर १२५ रुपैयाँ ७९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १३९ रुपैयाँ ५९ पैसा र बिक्री दर १४० रुपैयाँ २३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद…

Read More

काठमाडौं- हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १, मधेस र बागमती प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो प्रदेश १, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । यी स्थानमा राती पनि मध्यम वर्षाको सम्भावना रहेको छ । वर्षाको सम्भावना रहेका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै  सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Read More

काठमाडौं- नवरात्रको आज चौथो दिन । कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरी मनाइन्छ । कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्‍टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।  आठ भुजा भएकी कुष्माण्डा देवीलाई अष्टभुजा पनि भनिन्छ । देवीको अष्टभुजामा कमण्डलु, धनुष बाँण, गधा, चक्र, अमृत, कलश र माला रहेको छ । मन्द हाँसोसहित ब्रह्माण्डको उत्पति गरेकाले देवीको नाम कुष्माण्डा रहेको उल्लेख छ ।  कुष्माण्डाको अर्थ कुभिण्डो हो । गर्मी मौसममा फल्ने फल भए पनि फलको भित्री भाग शीतल हुने भएकाले कुष्माण्डा देवीलाई पनि सन्सारिक दुःख कष्ट तथा पीडामा शीतलता प्रदान गर्ने देवीको रुपमा पूजा गरिन्छ । कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीकको रुपमानेर नवरात्रको चौथो…

Read More

नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्ने  बैठकमा निर्वाचनको तयारी र उम्मेदवार चयनका विषयमा छलफल हुने बताइउको छ । यही असोज २३ गते प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले सोही विषयमा छलफल हुने नेताहरू बताउँछन् । साथै निर्वाचन आयोगमा पेस गरिएको समानुपातिक सूचीबारे पनि बैठकमा समीक्षा हुने बताइएको छ ।   एमालेमा प्रत्यक्ष तर्फका उमेदवारका लागि तल्ला कमिटीले सिफारिस गरिसकेका छन् । यसअघि बसेको केन्द्रीय कमिटी बैठकले उम्मेदवार छान्ने जिम्मेवारी सचिवालयलाई दिएको थियो । 

Read More

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर पक्षधरले आज पार्टी कार्यालय सानेपामा धर्ना दिँदैछन् । गत सोमबार विहान ठमेलमा बसेको कोइराला पक्षको बैठकले असोज १२ गते केन्द्रीय कार्यालय सानेपामा धर्ना गर्ने निर्णय गरेको थियो ।  उनीहरुले पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायको निम्ति धर्ना दिन लागेको बताएका छन् । शेखर कोइराला समूहले समानुपातिकको बन्दसूचीमा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको आरोप लगाउँदै आएको छ ।   कोइराला पक्षका नेता डिल्लीराम सुवेदीका अनुसार असोज १४ गतेसम्म समानुपातिक बन्दसूची सच्याउन आग्रह गरेको छ ।

Read More

लखन चौधरी धनगढी- साबिकको प्रदेश नं. ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’मा राख्ने निर्णय भएको ४ वर्ष पूरा भयो । प्रदेशको स्थायी राजधानीबाट सेवा पाउने आम नागरिकको आशा ४ वर्ष बित्दा पनि पूरा भएको छैन । प्रदेश सरकारले यो अवधिमा स्थायी राजधानीमा प्रादेशिक मुकाम बनाउन नसकेको हो । २०७४ को निर्वाचनपछि ऐतिहासिक पहिलो प्रदेशसभा गठन भयो । १२ असोज २०७५ मा प्रदेश सभाको ४६ औँ बैठकबाट दुई तिहाइ बहुमतका साथ प्रदेशको राजधानी ‘गोदावरी’ र नाम सुदूरपश्चिम’ पारित गरिएको हो । गोदावरी राजधानी बनाउने प्रस्तावमा प्रतिपक्षी दलले विरोध जनाएपछि प्रदेशसभाले मतदानबाट निर्णय लिएको थियो । प्रस्ताव दुई तिहाइले पारित गर्न…

Read More

केही व्यक्तिमा कोभिड संक्रमण देखिएलगत्तै दक्षिणी चीनको औधोगिक सहर केन्द्र सेन्जेनमासरकारले लकडाउन  घोषणा गरेपछि सर्वसाधारणले विराेध जनाएका छन् । दुर्लभ मानिएको उक्त प्रदर्शनमा दर्जनौँ मानिस सहभागी भएको एउटा भिडियो फुटेज सार्वजनिक भएको छ ।  १ करोड ८० लाखभन्दा बढी मानिसहरूको बसोबास रहेको उक्त सहरमा मंगलबार मात्र १० जनामा संक्रमण भएको रिपोर्ट गरिएको थियो । कोभिड शून्य नीति लिएको चीनमा अधिकारीहरूले अझै पनि तीन जिल्लाका बासिन्दाहरूलाई घरमै बस्न आदेश दिएका छन् । ट्वीटर जस्तै चीनको सामाजिक सञ्जाल विबोमा पोस्ट गरिएको भिडियोमा दर्जनौँ मानिसले कोभिड लकडाउन हटाउ भन्दै सरकारविरुद्ध नाराबाजी गरेको देख्न सकिन्छ । एउटा क्लिपमा एउटी महिलाले ‘पुलिसले मानिसहरूलाई कुटिरहेको छ…

Read More

काठमाण्डाै – ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुरका विभिन्न सङ्घसंस्थाको सह–आयोजनामा पाटनमा भएको बृहत् सांस्कृतिक मेला सम्पन्न भएको छ । पाटन दरबार स्क्वायरमा हिजो भएको सांस्कृतिक मेलामा विभिन्न ७ विद्यालयका एक सय जनाभन्दा धेरै कलाकारहरुले कार्तिक डबली परिसरको मन्दिर तथा खुला क्षेत्र ढाकिने गरे ७ प्रदेशको मौलिक नाच प्रदर्शन गरेका थिए । त्यस्तै ज्यापू समाज यल, बौद्ध विहार सङ्घ, नेपाल राष्ट्रिय खड्गी समाज ललितपुरका सय्याैँ कलाकारले नायःखिं, धिमे, धाः लगायतको परम्परागत बाजा तथा नाचको प्रस्तुति दिएका थिए । ललित कार्निभल लक्षित कार्यक्रमका लागि विद्यार्थी एवम् कलाकारहरुलाई ३ महिनाअघिदेखि नै प्रशिक्षण दिएको थियो । यस्तै, सांस्कृतिक कार्यक्रम अघि पाटन म्युजियम परिसरमा रहेको मणि…

Read More

काठमाण्डाै – अमेरिकाको विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी कार्यवाहक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो आज नेपाल आउँदै हुनुहुन्छ । चीनको नेशनल पिपुल्स कंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमण लगत्तै अमेरिकी सहायक विदेशमन्त्री ट्रुडोको नेपाल भ्रमण हुन लागेकाले यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अहिले विभिन्न देशमा फैलिरहेको मिथ्या सूचना, भ्रम चिर्न र लोकतान्त्रिक सञ्चारको भूमिका विषय अन्तरक्रियाका लागि ट्रुडो नेपाल आउन लाग्नु भएका अमेरिकी विदेशी मन्त्रालयले निकालेको विज्ञप्ति उल्लेख छ । नेपालमा रहँदा उहाँले राजनीतिक दलका शीर्ष नेता र विभिन्न व्यक्तिसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । पछिल्लो समय अमेरिकी उच्च अधिकारीहरु नेपाल भ्रमणमा आउने क्रम बढेको छ।

Read More

काठमाण्डाै – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने भएको छ । आज बिहान १० बजेदेखि कम्पनीको थापाथलीमा रहेको प्रादेशिक कार्यालयबाट बिक्री सुरु गर्दैछ । दाङ, धादिङ, मकवानपुरलगायतका जिल्लाबाट खसीबोका र दार्चुुलाबाट च्याङ्ग्रा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो चरणमा २ सय २७ वटा च्याङ्ग्रा पनि काठमाण्डौ आइसकेका छन् । कम्पनीले हिजो खसीबोका प्रतिकेजी ६ सय ८० रुपैयाँ र च्याङ्ग्रा प्रतिकेजी एक हजार दुई सय ६० रुपैयाँ मूूल्य निर्धारण गरेको छ । गएको वर्ष कम्पनीले खसीबोकाको मूूल्य प्रतिकेजी ६ सय ५० रुपैयाँ निर्धारण गरेको थियो । खरिद मूूल्य नै बढेकाले मूूल्य बढ्न गएको…

Read More