Author: Dipak Dhamala

काठमाडौं- आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। राती लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू भारी देखि धेरै भारी तथा तराई भू-भागका एक- दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। अति भारी वर्षाको सम्भावना रहेका पहाडी तथा भिरालो जमिनमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ। साथै यी स्थानमा नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह…

Read More

काठमाडौं- चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुको चारदिने नेपाल भ्रमणको अन्तिम दिन बिहीबार भन्डै डेढ महिनादेखि बन्द रहेको तातोपानी र रतुवा दुवै नाका खुलेका छन्। कोरोना संक्रमण बढेको भन्दै चीनले दुवै नाका बन्द गरेको थियो। नाका खुलेसँगै रसुवाबाट बिहीबार बिहानै सातवटा ठूला कन्टेनर सामान र तातोपानी नाकाबाट दुई कन्टेनर सामान भित्रिएको भन्सार विभाग, रसुवाका सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए। बाँकी सात कन्टेनर सामान पनि साँझसम्ममा भित्रिसक्ने उनको भनाइ थियो। यसअघि रसुवा नाकाबाट दैनिक १४ वटा ठूला कन्टेनर सामान आउने र यो नाकाबाट अन्य सामानभन्दा बढी फलफूल भित्रिने गरेको छ। चारदिने नेपाल बसाइका क्रममा भएको उच्चस्तरीय भेटवार्तामा नेपालका तर्फबाट दशैतिहारजस्ता…

Read More

काठमाडौं- नेपाली सेनाले अधिकृत क्याडेट पदको लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेना भर्ना छनोट निर्देशनालयले अधिकृत पदका लागि दरखास्त माग गरेको हो । आजदेखि असोज २९ गतेसम्म आवेदन दिन सकिने सार्वजनिक सूचनामा उल्लेख छ ।  दोब्बर दस्तुर बुझाइ कात्तिक ७ गतेसम्म आवेदन दिन सकिनेछ ।  खुला तथा समावेशी प्रतिस्पर्धाबाट २२९ पदका लागि आवेदन आह्वान गरिएको छ । नेपाली सेनाका सन्तति ११, महिला २२, आदिवासी जनजाति ३०, मधेसी २८, दलित १४, पिछडिएको क्षेत्र ७ र बाँकी ११७ खुलाका लागि आवेदन आह्वान गरिएको हो । 

Read More

काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।    आज डलरको खरिद दर १२७ रुपैयाँ २२ पैसा र बिक्री दर १२७ रुपैयाँ ८२ पैसा रहेको छ। युरो एकको खरिद दर १२६ रुपैयाँ ८८ पैसा र बिक्री दर १२७ रुपैयाँ ४७ पैसा रहेको छ।    बेलायती पाउण्ड एकको खरिद दर १४६ रुपैयाँ २१ पैसा र बिक्री दर १४६ रुपैयाँ ९० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६२ पैसा र बिक्री…

Read More

काशिराम जैसी,काठमाडौँ- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले काठमाडौंमा रहेको विजय स्मारक मा.वि का प्रधानाध्यापक डिल्ली शर्मालाई कालोमोसो दलेको छ ।विद्यालयमा भएका गलत क्रियाकलापको बारेमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि वेवास्ता गरेको भन्दै सांकेतिक कारबाही स्वरुप कालोमोसो दलेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी द्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । विद्यालयमा विद्यार्थीहरुले पढ्न पाउने संवैधानिक मौलिक अधिकारलाई कुन्ठित गरि सहयोग शुल्कको नाममा शुल्क तोकि असुलि गरिएको,विद्यार्थीलाई शारिरीक तथा मानसिक यातना दियको पाइएको,प्र.अ.को जिम्मेवारिमा कलंक लगाउने गरी विद्यालयलाई राजनीतिकरण गरिएको,विद्यालयलाई राज्यले दिइएको पोषण आहारमा कमिसनको लोभमा अखाद्य गुणस्तरहिन र अस्वस्थ खाजा खुवाइएको,ल्याबका सामाग्रिहरु खरिदमा व्यापक अनियमितता गरेको,…

Read More

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी कमजोर भएमा २०६२/०६३ को जनआन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धि गुम्न सक्ने बताएका छन् । पोष्टबहादुर बोगटीको आठौं स्मृति दिवसका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्तरिक व्यवस्थापनमा सबैले इमान्दारीपूर्वक काम गर्नुपर्ने बताए । व्यक्तिगत हितलाई भन्दा पनि पार्टी र देशको हितलाई केन्द्रमा राखेर पार्टीभित्रका सबैले इमान्दारीपूर्वक काम गर्ने हो भने आसन्न निर्वाचनमा नेकपा माओवादी केन्द्र कम्युनिस्टहरुमध्ये पहिलो शक्ति बन्ने दाबी उनले गरे । ‘माओवादी आन्दोलन र क्रान्तिकारी कम्युनिस्टहरुको प्रयास नभएको भए देश आज संघीय लोकतान्त्रिक गणतन्त्रमा जान सम्भव थिएन, समानुपातिक र समावेशी प्रतिनिधित्व पनि सम्भव थिएन,’ उनले भने, ‘माओवादी आन्दोलनको जगमा…

Read More

काठमाडौं- नेपालको चार दिने औपचारिक भ्रमण सकेर चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु् स्वदेश फर्किएका छन् । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका चान्सु् बिहीबार बिहान स्वदेश फर्किएका हुन् । उनलाई  सभामुख सापकोटाले बिहीबार विहान ८ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।  चान्सु् यही भदौ २७ गते अपरान्ह नेपाल भ्रमणमा आएका थिए । उनलाई सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । सोही दिन सभामुख सापकोटा र अध्यक्ष चान्सु्बीच संघीय संसद भवनको तिलिचो हलमा शिष्टाचार भेट वार्ता भएको थियो । त्यस पछि संसद भवनको लोत्से हलमा सभामुख सापकोटा र चान्सु्ले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै औपचारिक…

Read More

अरूण बम र पुष्पराज जोशी काठमाडौं/कैलाली- नेपालको वर्तमान राजनीतिकी शक्तिशाली पात्र हुन्– डा. आरजु राणा देउवा। श्रीमान् शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति र देशका प्रधानमन्त्री रहँदा उनको शक्ति अहिले चुलिएको छ। कतिपयले पार्टी सभापति र प्रधानमन्त्री देउवा भए पनि पार्टी र देशको ‘बागडोर’ आरजुकै हातमा रहेको टिप्पणीसमेत गर्नेगर्छन्। पार्टी र सरकारले गर्ने अधिकांश निर्णयहरूले त्यो टिप्पणीलाई पुष्टि गर्दैआएका छन् पनि। जसमा आरजुकै हालीमुहाली भएको देखिँदै आएको छ। आरजुको चाहना पनि प्रष्ट छ– श्रीमान्को राजनीतिक उत्तराधिकारी बन्ने। त्यसैले त पार्टी र सरकारको निर्णय प्रक्रियामा हस्तक्षेपकारी भूमिका निर्वाह गरेर प्रष्ट राजनीतिक सन्देश दिने र आफू स्थापित हुने प्रक्रियामा देखिन्छन्, आरजु। श्रीमान्को उत्तराधिकारी बन्दै…

Read More

काठमाण्डाै – चीनसँगको रसुवागढी–केरुङ नाका आजदेखि खुलेको छ । हिजो चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटवार्ताका क्रममा तत्कालै नाका खुल्ने जानकारी गराउनुभएको थियो । चान्सुको जानकारीसँगै आजदेखि रसुवागढी नाका खुलेको हो । कोरोना महामारीलाई कारण देखाएर चीनले बेलाबेला नाका बन्द गर्दै आएको छ । जसका कारण चीनबाट आयात हुने सामग्री प्रभावित भएका थिए भने निर्यात ठप्प रहेको थियो । अब नाका खुल्ने सन्देश प्राप्त भएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेलले जानकारी दिनुभयो । तर नेपालबाट निर्यातका विषयमा भने चिनियाँ पक्षले अझै स्पष्ट जवाफ नदिएको पौडेलले बताउनुभयो । चिनियाँ पक्षबाट आएको सन्देशमा कोरोना महामारीको सङ्क्रमणका…

Read More

काठमाण्डाै – काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । बिहान साढे ३ बजे घरमाथिको ढुङ्गा खानीबाट खसेको पहिरोले घर पुरिँदा ४४ वर्षका निरबहादुर तामाङ र ४० वर्षकी सावित्री तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक डीएसपी अञ्जना श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार ६५ वर्षकी ठूलीमाया तामाङ घाइते हुनुभएको छ । उहाँको उद्धार गरी उपचारका लागि बनेपा लगिएको छ । पहिरोमा परेका तीनै जना एकै परिवारका भनिए पनि साइनो खुलेको छैन।

Read More