Author: Dipak Dhamala

काठमाडौं- अछामका आशिष महर भ्वाईस अफ नेपाल सिजन ४ मा पुगेका छन् । जिल्लाको मेल्लेख गाँउपालिकाको दोगडा घर भएका महर डिजिटल अडिसन पार गरेर ब्लाईण्ड अडिशन दिन काठमाण्डौँ पुगेका थिए । ब्लाईण्डमा महरले रामचन्द्र काफ्लेको स्वरमा रहेको सुदूरपश्चिमको भाका हिमाल हिंउ पडिगयो बोलको गित गाएर चारै जना कोचलाई फर्काउन सफल भएका छन् । उनले टिम प्रमोदलाई छनोट गरेका छन् । डिजिटल अडिसनमा सफल भएपछि उनलाई भेट्न भ्वाईस अफ नेपालको टिम अछामको मेल्लेख आईपुगेको थियो ।ब्लाईण्डका लागि निम्तो दिएर टिम फर्किएको थियो । सिजन ४ को पहिलो श्रृंखलामा चारै जना कोचका कुर्सी घुमाउने उनि पहिलो र एक मात्र सहभागी हुन् ।…

Read More

काठमाडौं- दार्चुलाको नौगाड गाउँपालिकामा गएराती चट्याङ परेर एक जनाको मृत्यु भएको छ। नौगाड गाउँपालिका–२ दललेखका मोहन सिंह पार्कीको चट्याङ लागेर मृत्यु भएको हो। वडाध्यक्ष नारायण सिंह ठगुन्नाका अनुसार उनी घरमा एक्लै थिए। घरका अरु सदस्य सदरमुकाम रहेको उनले बताए।

Read More

काठमाडौं- शुक्रवार रातीदेखिको अविरल वर्षाका कारण दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ। स्थानीयका अनुसार डुङरी, मुल्ला मैखोली, पन्नोणा लगायतका क्षेत्रमा पनि लास्कुखोलामा आएको बाढीले ठुलो क्षति पुर्‍याएको छ।बंगाबगड क्षेत्रका करिब डेढ दर्जन घरहरू बगेका छन्।यस्तै नौगाड गाउँपालिकामा वडा नम्बर २ सल्लामा पहिरोमा परि किम्ती ठगुन्ना बेपत्ता स्थानीयले बताएका छन्।पहिरोमा परि अरु केही मानिस बेपत्ता भएको आशंका गरिएको छ। शुक्रबार रातिबाट परेको अविरल वर्षाले जिल्लामा ठूलै क्षति गरेको छ।बाढीले केही घर र पुल बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए।घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र…

Read More

काठमाडौं-  बिषालु सर्पको डसाइबाट सर्लाहीमा एक महिलाको ज्यान गएको छ । हरिवन नगरपालिका–११, बालुवाटार बस्ने ३५ बर्षकी श्याम कुमारी महतोको गोमन सर्पको डसाइबाट ज्यान गएको प्रहरीले जनाएको हो । महतोलाई सोही स्थानका भिम प्रसाद दहालको घरमा काम गर्ने क्रममा शुक्रबार अबेर सर्पले डसेको थियो ।  लगत्तै लालबन्दी नगरपालिका–१, नवलपुर स्थित सर्प दंश उपचार केन्द्र पुर्याएको आफन्तले जनाएका छन् । त्यहाँ उपचार सम्भव नभएपछि महतोलाई प्रादेशिक अस्पताल जनकपुर रिफर गरिएको थियो । उनको जनकपुरमा उपचारकै क्रममा गए राति ज्यान गएको जिल्ला प्रहरी कार्यलय सर्लाही जनाएको छ ।  मृतक महतोको शव आफन्तले बुझेर लगेका र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरीका प्रवक्ता एवं…

Read More

काठमाण्डाै – दार्चुलामा शुक्रबार रातिबाट परेको अविरल वर्षाले ठूलो जनधनको क्षति गरेको छ । स्थानीय पत्रकार श्याम धामीका अनुसार जिल्लाको नौगाड गाउँपालिकामा पहिरोमा परि एक महिलाको मृत्यु भएको छ । नौगाड गाउँपालिका–१ सल्लामा पहिरोमा परि ३० वर्षीया किम्ती ठगुन्नाको मृत्यु भएको हो । स्थानीय पानसिंह ठगुन्नाकी छोरी मोती ठगुन्नाको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । मृतक बालिकाको शव पुरिएको अवस्थामा फेला परेको काका भरत ठगुन्नाले बताए । शुक्रबार राति एक बजे तिर खसेको पहिरोमा फसेका मृतकका बुवा पानसिंह ठगुन्ना र आमा फागुनी ठगुन्नाको जिवितै उद्धार गरिएको छ । यस्तै नौगाड गाउँपालिका वडा नम्बर २ दल्लेखका ६० वर्षीय मोहनराम पार्की पनि…

Read More

काठमाण्डाै –  कैलाली भएर बग्ने मोहना किनारमा एक किशोरीको शव फेला परेको छ। भारततर्फको मोहना नदीमा किशोरीको शव फेला परेको हो। नेपालबाट बगेर भारतमा पर्ने हल्दुघाटस्थित मोहना नदीमा किशोरीको शव फेला परेको प्रहरीले बताएको छ। किशोरीको पहिचान नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Read More

काठमाण्डाै – सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले कैलालीबाट मात्रै आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारीका लागि ३०६ जनाको नाम सिफारिस गरेको छ । ५ संघीय निर्वाचन क्षेत्र र १० वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रतिनिधिसभाको प्रत्यक्ष, समानुपातिक र प्रदेशसभाको खुला तथा समानुपातिक तर्फका आकांक्षी उम्मेदवारहरुका लागि कांग्रेसले ३०६ जनाको नाम माथिल्लो समितिमा सिफारिस गरेको हो । गठबन्धनभित्र भागबण्डाको जुहारी चलिरहेको बेला कांग्रेसबाट एकै क्षेत्रमा दर्जनौं व्यक्ति सिफारिस भएका छन् । कांग्रेसबाट क्षेत्र नं. ५ को प्रतिनिधिसभा सदस्य उम्मेदवार बाहेक कुनै पनि क्षेत्रमा सर्वसम्मत रुपमा एकल उम्मेदवार सिफारिस भएको छैन । क्षेत्र नं. ५ प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसले प्रधानमन्त्री…

Read More

काठमाण्डाै – एसिया कप क्रिकेट २०२२ को सुपर फोरमा श्रीलंकाले शतप्रतिशत जित निकालेको छ । सुपर फोरको अन्तिम खेलमा फाइनलमा स्थान बनाइसकेका श्रीलंकाले शुक्रबार पाकिस्तानलाई पाँच विकेटले पराजित गर्‍यो ।  दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले दिएको एक सय २२ रनको लक्ष्य श्रीलंकाले १७ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । श्रीलंकाको जितमा ओपनर पथुम निशाकाले सर्वाधिक ५५ रन बनाए । यस्तै, भानुका राजापाक्षेले २४ र कप्तान दसुन सनाकाले २१ रन बनाउँदा वनिन्दु हसरंगा १० रनमा अविजित रहे । पाकिस्तानका मुहम्मद हसनैन र ह्यारिस रौफले समान दुई विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले १९.१ ओभरमा सबै विकेट गुमाउनुअघि एक…

Read More

काठमाण्डाै – निर्वाचन आयोगले आज शनिवारदेखि चार वटा प्रदेशको प्रदेश सभा सदस्य समानुपातिकतर्फको मतपत्र छाप्दै छ ।  आयोगले प्रदेश १, मधेस, बाग्मती र गण्डकी प्रदेश सभाको समानुपातिकतर्फका मतपत्र छाप्ने भएको छ भने बाँकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मतपत्र पछिल्लो चरणमा छाप्ने योजना बनाएको छ । चार वटा प्रदेशका लागि झन्डै एक करोड ३१ लाख थान मतपत्र छाप्ने आयोगले बताएको छ । आयोगले भक्तपुरको जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छाप्दै आएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिकतर्फको नमुना मतपत्र छपाइ सकिएलगत्तै प्रदेश सभा सदस्यको समानुपातिकतर्फको मतपत्र छपाइ सुरु हुने जानकारी…

Read More

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आसन्न प्रदेश तथा प्रतिनिधि सभाको चुनावका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँटको  विषय अन्तिम चरणमा पुगेको बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटघाटमा नेता खनालले आफूहरूले सहमतिको ९० प्रतिशत कोर्स पूरा गरेको बताएका हुन् ।  आइतबारसम्म सिट बाँडफाँडको टुङ्गो लाग्ने खनालले बताए । “एमाले राप्रपा र पाँच दलीय गठबन्धन, यसपालि गठबन्धन गठबन्धनका बीचमा अर्को चुनाव हुनेवाला छ, उनले भने, ‘यस चुनावको परिणामका विषयमा सिङ्गो देशले जिज्ञासाका साथ हेरिरहेको छ, हामी वार्ताका क्रममा छौँ, हामी सहमतिको नजिक पुगेका छौँ, पर्सिसम्म हामी सहमतिमा पुग्छौँ ।” गठबन्धनका बिच सहमति…

Read More