काठमाडौँ – महाकाली पुल आयोजनाको गाडी विद्यार्थी नेताहरूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। आइतबार बिदाको दिन सरकारी गाडी दुरुपयोग गरिएको भन्दै महेन्द्रनगरको भाँसीबाट विद्यार्थी नेताहरूले पुल आयोजनाको प्रदेश नं। ३ बा ०६७९ नम्बरको गाडी नियन्त्रण लिएर प्रहरीलाई बुझाएका हुन्। पुल आयोजनाका इन्जिनियरसहितको टोली घुमघाममा गइरहेको अवस्थामा नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको एमाले निकट अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल रोकायाले बताए। अनेरास्ववियु, युवा सङ्घ र माओवादी केन्द्र निकट वाइसियल लगायत सङ्गठनका नेताहरूले सरकारी गाडी दुरुपयोग रोक्न केही समययता छड्के गर्दै आएको वाइसिएलका कञ्चनपुर इन्चार्ज तिलक जप्रेलले बताए। सार्वजनिक बिदाको दिन सरकारी गाडी प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने कानुनी…
Author: Saru Shrestha
डोटी – डोटीमा २५ सय लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ । दिपायल सिलगढी नगरपालिका- ४ राजपुरमा उत्पादन गरेको मदिरा नष्ट गरिएको हो । शनिबार इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरीक्षक रूपसिंह थापाको नेतृत्वमा खटिएको टोलीले २५ सय लिटर घरेलु मदिरा बरामद गरेर नष्ट गरेको हो । प्रहरीले स्थानीय जनप्रतिनिधिको रोहबरमा अवैध मदिरा नष्ट गर्नुका साथै मदिरा बनाउन प्रयोग हुने सामग्री पनि जफत गरेको छ ।
काठमाडौं – नेकपा एमाले गण्डकी प्रदेशको संसदीय दलको नेतामा खगराज अधिकारी चयन भएका छन् । आज बसेको संसदीय दलको बैठकले अधिकारीलाई सर्वसम्वत संसदीय दलको नेतामा चयन गरेको हो । उनी गत ४ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा कास्कीबाट विजयी भएका िथए ।
काठमाडौँ – सत्ता गठबन्धन टुटेपछि नेकपा एकीकृत समाजवादी पार्टी अलमलमा देखिएको छ । एमाले-माओवादीसहितको नयाँ सरकार गठन प्रक्रियामा सहभागी नभएको एकीकृत समाजवादी आगामी यात्राबारे अलमलमा देखिएको हो । अकस्मात् राजनीतिक घटनाक्रम फेरिएपछि पार्टीको केन्द्रीय सचिवालयको बैठकमा समग्र अवस्थाबारे छलफल भएको थियो । बैठकले परिस्थितिको सूक्ष्म अध्ययन गरी देश, जनता र पार्टीको हितलाई सर्वोपरि ध्यानमा राखेर अगाडि बढ्ने निर्णय भएको महासचिव डा बेदुराम भुसालले जानकारी दिए । एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभामा १० सिट जितेको छ भने थ्रेस होल्ड नकटाउँदा राष्ट्रिय पार्टी बनेको छैन । माओवादीसँगै समाजवादी एमालेसँग सहकार्य गर्न तयार नहुँदा एक्लिएको हो ।
सुर्खेत – संघीय सरकारमा माओवादीलाई एमालेले साथ दिए लगत्तै कर्णाली प्रदेशमा समेत सत्ता समीकरण फेरबदल हुने भएको छ । केन्द्रमा गठबन्धन टुटेसँगै प्रदेशमा पनि स्वतः सत्ता समीकरण फेरिने नेकपा (माओवादी केन्द्र) इन्चार्ज कालीबहादुर मल्लले बताए । नेकपा विभाजनको केन्द्रविन्दु बनेको कर्णालीमा एमालेबाट यामलाल कँडेल मुख्यमन्त्रीका लागि सम्भावित उम्मेदवार हुने आकलन सुरु भएको छ । कर्णाली प्रदेश सरकारको नेतृत्व एमाले र माओवादीले आलोपालो गर्ने इन्चार्ज मल्लले बताए । केन्द्रमा सरकारको नेतृत्व माओवादीले पाएसँगै कर्णालीमा एमालेले नेतृत्व पाउन सक्ने आकलन पनि गरिएको छ । एमाले भन्दा माओवादीको सिट धेरै भएकाले पनि कर्णालीमा माओवादी नेतृत्वमा सरकार बन्ने नेताहरु बताउँछन् । ४० सदस्यीय कर्णाली…
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा नेपालको ४४औं प्रधानमन्त्रीका रुपमा प्रचण्डलाई नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रचण्डलाई प्रतिनिधिसभाका १७० जना सांसदको समर्थन रहेको छ । प्रचण्डले ती सांसदहरुको समर्थनसहित राष्ट्रपतिसमक्ष दावी पेश गरेका थिए । उनलाई माओवादी र एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र राष्ट्रिय उन्मुक्त पार्टीको समर्थन रहेको छ । आजै शपथको तयारी भए पनि समय अपुग भएकाले भोलिमात्रै शपथ गर्ने तयारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
काठमाडौँ – नयाँ प्रधानमन्त्रीको शपथग्रहण सोमबार हुने भएको छ । आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बहुमतसहित प्रधानमन्त्रीमा दाबी पेस गरेसँगै सोमबार शपथ ग्रहणको तयारी भएको शीतलनिवास स्रोतले जनाएको छ । अध्यक्ष प्रचण्डले संविधानको धारा ७६ को उपधारा २ अनुसार नेकपा एमालेसहित १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गरेका हुन् ।
काठमाडौं -लोकतान्त्रिक समाजवादी पार्टीले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरेको छ । लोसपा अहिलेसम्म कांग्रेसको साथमा नै रहेको लोसपाका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए । उनले आफूहरू अहिले बालकोटसँग नभएको बताए । उनले चुनावमा कांग्रेससँग मिलेर तालमेल गरेकाले आफूहरू सोही पार्टीसँग रहेको बताए । सोनलले आगामी राजनीति कसरी अगाडि बढ्छ त्यो हेरेर मात्रै अगाडि बढ्ने बताए ।
काठमाडौं – कांग्रेससहित ३ वटा दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बाहिर रहने भएका छन् । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा सरकार बाहिर रहने भएका हुन् । आमनिर्वाचनमा पहिलो शक्ति बने पनि नेपाली कांग्रेसले अन्य दलहरूसँग सहमति जुटाउन नसक्दा प्रतिपक्षमा बस्न बाध्य भएको हो । एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारी बैठकले नै सरकारमा नजाने निर्णय गरेको हो । प्रचण्ड नेतृत्वको सरकारलाई नेकपा एमालेसहित ७ दल तथा स्वतन्त्र सांसदहरूले समेत समर्थन गरेका छन् ।
काठमाडौँ – नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन अनुरोध गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गरी छिमेकी देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट बिएफ–७ को सङ्क्रमण बढ्दै गएको भन्दै मास्क लगाउन आग्रह गरेको हो । यसैगरी मन्त्रालयले भौतिक दूरीसमेत कायम गर्न पनि आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा डा सञ्जयकुमार ठाकुरद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा स्यानिटाइजरको प्रयोग गर्न, नियमितरूपमा साबुनपानीले हात धुनेलगायत स्वास्थ्यका सबै मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको छ । यसैगरी कोभिड–१९ को बुस्टर डोज खोप लगाउन पनि अपिल गरिएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२३, क्रिसमसलगायत कुनै पनि भिडभाड हुने स्थलमा…