काठमाडौँ – सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिवार बसेको बैठक आगामी सरकार गठबन्धन भित्रका दलहरूमध्येबाट कसले पहिला बनाउने भन्ने निष्कर्ष बिना नै सकिएको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा सहमति भएको बताए। उनले प्रधानमन्त्री को पहिला बन्ने भन्नेबारेमा भने आइतबार बैठक बसेर टुङ्गो लगाउने बताए।
Author: Saru Shrestha
दार्चुला – महाकाली नदीमा बगेर एक महिलाको मृत्यु भएको छ । महाकाली नगरपालिका ४ बांगाबगर घर भएकी अन्दाजी ७० बर्षीया बिन्दा ऐतवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द्रप्रसाद भण्डारीले बताए । नदी किनारमा लुगा धुने क्रममा उनी चिप्लिएकी थिइन् । महाकाली नदीले बगाएर ल्याएको उनको शव भारतीय क्षेत्र डुमपानी भन्ने ठाउँमा फेला परेको प्रहरी निरीक्षक भण्डारीले बताए । भारतीय प्रहरीले ढुङ्गाको बीचमा अड्किएको शव निकालेका थिए । मृतकको शव पोष्टमार्टम गरेर आफन्तको जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ । यसबारे थप अनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोक – सिन्धुपाल्चोक बलेफी गाँउपालिका ५ माथिल्लो बजारमा भर्याङको सिढीबाट लडी एक पुरुषको ज्यान गएको छ । झुण्डीएको अवस्थामा श्रीमतीलाई देखि हल्लाखल्ला गर्दै के भयो भनि हेर्न जाँदा माथिल्लो तल्लाबाट एक्कासी तल झर्दा ४५ वर्षीय शेरबहादुर श्रेष्ठको ज्यान गएको हो । सिढीबाट लडेर गम्भीर घाइते भएका श्रृष्ठको उपचारको क्रममा मृत्यु भएको हो । शुक्रबार पौने ९ बजेको समयमा २ तले पक्की घरको भुई तल्लामा रहेको सिलिङ पंखाको फलामको डण्डीमा तन्नाको पासो लगाई झुण्डीएको अवस्थामा श्रीमती देखेपछि एक्कासी तल झर्दा उनी लडेर घाइते भएका थिए । मृतकले अत्याधिक मात्रामा मदिरा सेवन गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । आत्महत्या प्रयास गर्ने…
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको वैचारिक, सङ्गठनात्मक र प्रचारात्मक कामलाई विशेष प्राथमिकता दिएर अगाडि बढाउने बताएका छन् । प्युठान(काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले पार्टीलाई सङ्गठनात्मक रूपमा एकताबद्ध बनाएर अगाडि बढाइने बताए । नेता ओलीले पार्टीका वास्तविक नीतिलाई कार्यकर्ता र जनतासमक्ष लैजाने दृढता व्यक्त गरे । पार्टी, जन वर्गीय सङ्गठन र तिनका सबै तहलाई चुस्त, दुरुस्त बनाउने उनको भनाइ छ । ‘पाटी कमिटी ठुला भद्दा छन् । ती काम गर्न नसक्ने छन् । ती नाम मात्रका कमिटी नेताको काम आसन ग्रहण गर्ने मात्र होइन । नेताको काम कार्यकर्ता र जनताकोमा जाने र उनीहरूलाई…
भैरहवा – पेट्रोलियम व्यवसायीले आफ्नो व्यवसायमा लगानीअनुसारको प्रतिफल नभएको गुनासो गरेका छन् । व्यवसायीको सञ्चित मुनाफा र व्यवसायीको ग्यारेन्टीको पनि सुनिश्चितता हुनुपर्नेमा त्यस्तो नभएको उनीहरुको भनाइ छ । पेट्रोलियम पदार्थ बिक्रेता व्यवसायीले सरकार र नेपाल आयल निगमले आफूहरुका मागलाई सधैँ बेवास्ता गर्दै आएको गुनासो गरेका छन् । नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका सचिव हिमाल गैरेले रुपन्देहीको भैरहवामा आज आयोजित पश्चिमाञ्चल पेट्रोलियम डिलर्स सङ्घको १७औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनमा विभिन्न क्षेत्रमा अनुदानको व्यवस्था गरे पनि यस क्षेत्रमा नगरेको बताए । ‘अहिले नेपाल आयल निगमले प्रतिलिटर एक सय ३१ को लगानीमा रहेको डिजल एक सय ७५ र एक सय ४९ रहेको पेट्रोल…
काठमाडौं – काभा यु-२३ पुरुष भलिबल च्याम्पियनसिपको लिग चरणमा नेपाल जित बिहिन बनेको छ । शनिबार भएको लिग चरणको अन्तिम खेलमा नेपाल कीर्गिस्तानसँग ३-२ सेटमा पराजित भएको हो । नेपालले अब लिग चरणको विजेतासँग खेल्नेछ । बंगललादेशको शाहीद सुहरावर्दी इनडोर स्टेडियममा पहिलो सेट २५-१६ ले गुमाएको नेपालले दोस्रो सेटमा पुनरागमन गर्दै २५-२३ को जित निकालेको थियो । त्यस्तै तेस्रो सेट २५-१७ ले गुमाएको नेपालले चौथो सेट २५-१९ मा जित निकाल्दा अन्तिम सेटमा कीर्गिस्तानले १५-६ को जित सुनिश्चित गरेको हो । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र कीर्गिस्तान गरी चार टोलीको सहभागिता छ । नेपालले यसअघिको खेलमा बंगलादेश र श्रीलंकासँग पराजय…
काठमाडौँ – बारामा गोली हानेर एक जना भारतीय नागरिकको हत्या भएको छ । महागढीमाई नगरपालिका वडा नम्बर २ मा आज शुक्रवार बेलुकी गोली लागेर घाइते भएका ४५ वर्षका शिवपुजन यादवको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । एक होटेलबाट निस्कँदै गर्दा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले यादवमाथि गोली चलाएका प्रहरीको भनाई छ । घटनामा संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । यादव भारतीय प्रहरीको खोजी सूचीमा रहेको र लुकेर आफन्तको घरमा बस्दै आएका खुलेको छ ।
काठमाडौँ – दुई छुट्टाछुट्टै घटनामा ठुलो परिमाणको लागूऔषध कोकिन र चरेससहित छ जनालाई प्रहरीको लागूऔषध नियन्त्रण व्युरोले पक्राउ गरी कारवाही थालेको छ । एउटा लागूऔषध कारोबारको घटना भने अन्तराष्ट्रिय कारोबारमा सङ्लग्न रहेका विदेशी नागरिकसमेत सङ्लग्न भएको पाइएको छ । लागूऔषध विदेश तस्कर गर्न लागेको अवस्थामा तीन विदेशीसहित छ जना पक्राउ परेका प्रहरीको लागूऔषध नियन्त्रण व्यूरोका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए । उनका अनुसार विदेशीहरु भने अन्तरदेशीय लागूऔषध तस्करमा सक्रिय रहेको पाइएको छ । त्यसमा विदेशी महिलासमेत रहेका छन् । ती महिला फरकफरक मुलुकबाट आएर नेपाललाई ट्रान्जिट बनाइ लागूऔषध कारोबार गर्न खोजेका खुलेको छ । यस्ता तस्करले नेपालीलाई प्रयोग गरेर…
सप्तरी – सप्तरीको राजविराज नगरपालिका–१ का ५२ वर्षीय भइयालाल भनिने हिरालाल रजकलाई आफ्नै श्रीमतीको हत्या अभियोगमा जिल्ला अदालत सप्तरीले शुक्रबार सर्वस्वसहित जन्म कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको इजलाशले हत्या आरोपी रजकलाई सर्वस्वसहित जन्म कैद सजाय गरेको अदालतले जनाएको छ । राजबिराज नगरपालिका–१ रामपुर टोल घर भई सोही वडाको पडरिया टोलस्थित दीपेन्द्र यादवको घरमा डेरा गरीबस्ने दम्पतिबीच आपसी विवाद हुँदा ४० वर्षीया पत्नी गीतालाई हिरालालले हत्या गरेका थिए । राजविराज नगरपालिका–१ स्थित प्राङ्गरिक मल बनाउने निर्माणाधिन खुल्ला भवनको प्यासेजभित्र गीताको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा गत मङ्सिर १० गते शव फेला परेको थियो…
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि पक्षको दवाव र प्रभावमा नपरी काम गर्न आग्रह गरेका छन् । सरकारी वकिलको चौथो राष्ट्रिय सम्मेलन आज यहाँ उद्घाटन गर्दै उनले राज्यको कानुनको पालना गर्ने निकायले कुनै पक्षको दवाव र प्रभावमा नगरी काम गर्न आग्रह गरेका हुन् । ‘सरकारी वकिलको कार्यालय कानुनी शासनको प्रवर्द्धन गर्ने महत्वपूर्ण निकाय हो’, प्रधानमन्त्री देउवाले भने, ‘कुनै पनि पक्ष वा विपक्षको दवाव र प्रभावमा परेर काम गर्नुहुँदैन ।’ उनले सरकारवादी मुद्दामा अभियोजन गर्ने सरकारी वकिललाई व्यावसायिक दक्षता अभिवृद्धि गराउन जरुरी भएको र त्यसका लागि सरकारले आवश्यक परेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कायममुकायम प्रधानन्याधीश हरिकृष्ण कार्कीले सरकारी…