बैतडी – जिल्लाको मेलौली नगरपालिकामा गरिएको ताला एक हप्ता बितिसक्दा पनि खुलेको छैन्। आधारभूत अस्पताल निर्माणको बिषयमा ७ नम्बर वडाका स्थानीयहरुले नगरपालिकामा तालाबन्दी गरेका थिए। केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र रहेकै स्थानमा १५ शैय्याको आधारभूत अस्पताल निर्माण हुनुपर्ने माग गर्दै तालाबन्दी गरिएको थियो। तर स्थानीयले अघि सारेका माग पुरा नभएको भन्दै तालाबन्दी खोलिएको छैन्। मेलौली नगरपालिका–१ का स्थानीयहरुले बिट्ठेनीमा आधारभूत अस्पताल निर्माण हुनुपर्ने माग गरेका हुन्। सङ्घीय सरकारले २०७० मा मेलौलीमा १५ शय्याको अस्पताल निर्माणका लागि निर्णय गरे पनि अहिलेसम्म विवादकै कारण बन्न सकेको छैन। लामो समयसम्म वडा नं १ मा बनाउने वा वडा नं ७ भन्नेमै टुंगो लागेको छैन्। अस्पताल…
Author: Saru Shrestha
काठमाडौँ – झन्डै ३५ महिनापछि रसुवागढी नाकाबाट नेपाली सामान चीनतर्फ निर्यात भएको छ । कोरोना महामारीका कारण रोकिएको सामान निर्यात मंगलबारदेखि पुनः सुरु भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए । मङ्गलवार नेपालबाट ८ कन्टेनर सामान चीनतर्फ निकासी भएको छ । प्रमुख भन्सार अधिकृत भण्डारीका अनुसार मङ्गलवार करिब ५० लाख नेपाली रुपैयाँ बराबरको सामान निर्यात भएको छ । कोरोना महामारीपछि रसुवागढी नाकाबाट सामान निर्यात र मानिसको आवतजावत भने २०७६ माघ १५ देखि नै बन्द थियो । अहिले नाकाबाट दिनहुँ १४ वटा चिनियाँ कन्टेनरमा सामान आयात भइरहेको छ । रसुवागढी चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका…
सुर्खेत – सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लाका लागि उडान संख्या थपेको छ । नेपाल एयरलाइन्स क्षेत्रीय केन्द्र नेपालगंजका क्षेत्रीय प्रबन्धक किरणमान श्रेष्ठका अनुसार कर्णालीका चार र सुदूरपश्चिमको एक जिल्लामा उडान संख्या थप गरिएको हो । यात्रुहरुको चाप वृद्धि हुनु तथा सडक यातायात सहज नभएका कारण उडान थप्नु परेको श्रेष्ठले बताए । हुम्लाको सिमकोटका लागि सातामा दुई उडान हुने गरेकोमा हाल तीन उडान सुरु गरिएको छ। अब आइतबार, सोमबार र मंगलबार उडान हुनेछ। भाडादर ९ हजार १७० रुपैयाँ निर्धारण गरिएको छ । चार्टर उडानको १३ हजार २२० रुपैयाँ लाग्ने छ। यसअघि सिमकोटका लागि शनिबार र आइतबार…
जनकपुरधाम – धनुषामा ३० वर्षीया महिलाको विभत्स हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ परेका छन् । सोमबार साँझ जिल्लाको विदेह नगरपालिका ७ बेलापट्टि बस्ने ३० वर्षीया कवितादेवी साहको आफ्नै सुत्ने कोठामा करेन्ट लागि मृत्यु भएको र उनका १४ महिनाको छोरा घाइते भएको प्रहरीले जानकारी पाएको थियो । प्रहरीले यस घटनामा अनुसन्धान गर्दै जाँदा महिलाको आफ्नै भतिजाले हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरी उपरीक्षक विश्वराज खड्काको नेतृत्वमा गएको टोलीले घटनाको अनुसन्धान गर्दा महिलाका जेठाजुका छोरा २० वर्षीय दिलिप कुमार साहको संलग्नता देखिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले बताए । मृतकको शव…
विराटनगर – नेकपा माओवादी केन्द्र प्रदेश १ को संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो निर्विरोध निर्वाचित भएका छन् । माओवादीबाट दलको नेता चयन भएका आङ्बो प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री हुन् । प्रदेशमा सबैभन्दा लामो समय मन्त्री बनेको अनुभव उनीसँग छ । पूर्वमुख्यमन्त्री शेरधन राई र हालका मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारमा उनले एउटै मन्त्रालयको जिम्मेवारी पाएका थिए । दलको नेतामा सांसद (प्रदेशसभा सदस्य) दुर्गाप्रसाद चापागाईं पनि दाबेदार थिए । माओवादीका नेता एवं प्रदेश सांसद राजेन्द्र कार्की ‘नवीन’ले आङ्बोलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरिएको जानकारी दिए । आङ्बो यसअघि पनि माओवादीको संसदीय दलका नेता थिए । मंसिर ४ गतेको निर्वाचनबाट…
काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत लिन नै कठिन हुने दाबी गरेका छन् । काँग्रेस जस्तो लचिलो पार्टीलाई त मिलाएर जान नसक्ने प्रधानमन्त्री प्रचण्डले ७ वटा राजनीतिक पार्टीहरूलाई मिलाएर विश्वासको मत लिन कठिन हुने उनको तर्क थियो । मङ्गलवार काठमाडौँमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता विश्वकर्माले ३० दिन भित्र विश्वास मत लियो भने दाहाल नेतृत्वको सरकार २ वर्षसम्म चल्ने अनुमान समेत गरे । संघीयतानै नचाहिने राष्ट्रिय स्वतन्त्र पार्टी, राजा आउ भन्ने राप्रपालगायतका राजनीतिक दलहरू रहेको वर्तमान गठबन्धन सरकार टिक्न गाह्रो हुने पनि उनले बताए । नेता…
काठमाडौं – नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी कृष्णप्रसाद भण्डारीले पाएका छन् । भण्डारीले यसअघि पनि जनसम्पर्क तथा सूचना निर्देशनालयमा काम गरेका थिए । नवनियुक्त प्रवक्ता भण्डारीले बुधबारदेखि जिम्मेवारी सम्हाल्ने बताइएको छ । यसअघि सहायक रथी भण्डारी झापास्थित २१ नम्बर बाहिनीमा कार्यरत थिए । तत्कालीन प्रवक्तामा सहायक रथी नारायण सिलवाल मुख्यालयकै अर्को विभागमा सरुवा भएका छन् ।
काठमाडौं – संघीय संसद सचिवालयले टेकबहादुर गुरुङको सांसद पद निलम्बन गरेको जनाएको छ । उनीविरुद्ध दर्ता भएको भ्रष्टाचारको मुद्दामा विशेष अदालतमा विचाराधीन रहेकाले सांसद पद निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पठाएको पत्रानुसार गुरुङको सांसद पद निलम्बन गरिएको संसद सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं – निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तोक्ने तयारी गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम नयाँ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने तयारी गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद पाठकले जानकारी दिए । राष्ट्रपति तथा उपराष्ट्रपतिको पदावधि सकिनुभन्दा एक महिनाअघि नै निर्वाचनको मिति तोक्नुपर्ने प्रावधानका कारण निर्वाचनको मिति तोक्ने तयारी भइरहेको उनले बताए । सहायक प्रवक्ता पाठकका अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन एकै पटक भने हुनै छैन । दुई वटा पदमा फरक लिङ्ग र समुदायबाट व्यक्तिहरू चुनिनु पर्ने कानूनी व्यवस्थाका कारण दुवै पदमा एकै पटक निर्वाचन नहुने भएको हो । आयोगले निर्वाचनको मिति तोकेपछि सरकारले सोको…
काठमाडौँ – जिल्ला प्रहरी कार्यालय कैलाली एक लाख ४२ हजार नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ । सोमबार जिल्लाको धनगढी उप-महानगरपालिका वडा नं. ४ बसपार्कस्थित साल्ट ट्रेडिङ कर्पोरेसन अगाडि नक्कली मुद्राको कारोबार भइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको हो । यस्तै उनीहरूको साथबाट बाघको जस्तो देखिने हड्डीह, बैङ्कका चेकहरू, लुकाइएको जडिबुडी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ पर्नेमा लाल बहादुर साउँद, लिलाधार मिश्र, करन सिंह धामी, मोहन सिंह बोहरा र टेकेन्द्र धामी रहेका छन् । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।