भोजराज भाट, ८ मंसिर अर्थात् विहिबार अपरान्ह पौने ३ बजे टीकापुर बजारमा देखिएको विजयी र्याली देख्दा लाग्थ्यो, एउटा भुइफुट्टा समुहले ठूलै विजय हासिल गरेको छ । सयौंका सख्यामा बुनेर ल्याएका मालाहरु एकआपसमा लगाइरहेका थिए । अबिर लगाइरहेका थिए । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारहरु विजयी मुडमा खुशी देखिन्थे नै, त्योभन्दा बढी खुशी सर्वसाधारण थिए । हजारौंको मास थारु गीतमा नाच्दै बजार परिकर्मा गरिरह्यो । सयौंको संख्यामा ट्याक्टर तथा अटो रिक्साहरु लामवद्ध भइ विजयी जुलुशमा सहमागी भइरहे । अनौठो त के भने, विजयी जुलुशमा आएका ७० प्रतिशत जति महिला थिए । उनीहरुका टाउकामा फरकफरक तवरमा ढकिया सजिएका थिए । ढकियाप्रति उनीहरुको मोह…
Author: Saru Shrestha
काठमाडौँ – रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी भएका छन्। साह ३२ हजार ४३७ मत ल्याइ विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवालले २५ हजार २ सय मत पाए। साह निकटतम प्रतिस्पर्धीभन्दा ७ हजार २ सय ३७ बढी मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। साहले नेकपा एमालेले दिएको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए।
काठमाडौँ – सरकारी सवारी साधनले अनिवार्य रूपमा इम्बोस्ट नम्बर प्लेट राख्नु पर्ने निर्णय गरिएको छ । सबै निजी र सरकारी सवारी साधनले इम्बोस्ड नम्बर प्लेट हाल्नु पर्ने यसअघिको निर्णयले ठुलो विवाद निम्त्याएपछि पछि हटेको सरकारले अहिले सरकारी सवारीलाई अनिवार्य गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कात्तिक २८ नेपालभर सञ्चालन भएका सम्पूर्ण सरकारी सवारी साधनमा अनिवार्य रूपमा इम्बोस्ट नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको थियो । सम्पूर्ण सरकारी, संस्थान, सङ्घ प्रदेश र स्थानीय तहका सवारी साधनहरूमा आगामी २०७९ फागुन मसान्तसम्म अनिवार्यरुपमा इम्बोस्ड नम्बर प्लेट जोडिसक्नु पर्ने मन्त्रालयले निर्णय गरेको हो । ‘उच्च सुरक्षा तथा प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेट जडानबाट…
काठमाडौँ – प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई आज बिदाइ गरिएको छ। बिहीबार प्रदर्शनी मार्ग स्थित प्रहरी कार्यालय मातहतबाट खटिएका म्यादी प्रहरीलाई बिदाइ गरिएको हो। गृह मन्त्रालयले तयार पारेको विशेष सुरक्षा योजनाअन्तर्गत निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गरिएको थियो। नेपाल प्रहरीले गत असोज ३० गते ७७ वटै जिल्लाबाट एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गरेको थियो। म्यादी प्रहरीलाई धन्यवाद तथा प्रमाणपत्रसहित आज बिदाइ गरिएको छ। निर्वाचन सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गरिएको थियो।
काठमाडौँ । डडेलधुराबाट प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका स्वतन्त्र उम्मेदवार सागर ढकालले डडेलधुरावासीलाई गाली नगर्न आग्रह गरेका छन् । बिहीबार प्रेस विज्ञप्ति निकालेर ढकालले डडेलधुराका जनता भगवान् सरह रहेको र उनीहरूको कुनै गल्ती नरहेको बताएका छन् । उनले भनेका छन्–‘उहाँहरूको गल्ती केही पनि छैन । मेरो मत १३ हजारभन्दा बढी आएको छ जुन निकै राम्रो हो । यसमा अहिले मैले सच्चिनु पर्ने मुख्य रूपमा नेता र प्रशासन देखेको छु । गगन वा प्रकाशमान सिंहले जत्तिको पनि आचारसंहिता मानेको भए ढुक्क मेरो २५ हजार मत आउँथ्यो शेरबहादुरको १३ हजार मत पैसा र मौन अवधिमा भ्रमको बेजोड खुल्लमखुल्ला चलखेल भयो । बजारमा यसको…
झापा – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकमा मिलीजुली सरकार निर्माण गर्नुपर्ने अवस्था आएको बताएका छन् । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ओलीले झापाको दमकस्थित निर्वाचन आयोगमा प्रमाणपत्र ग्रहण गर्दै सो धारणा राखेका हुन् । पूर्वप्रधानमन्त्री ओलीले नेकपा ९एमाले०ले मुलुकमा स्थिरता, स्थायित्व कायम गर्न खोजेको तर त्यसअनुसार निर्वाचनको परिणाम भने नआएकाले मिलीजुली सरकार बनाउनेतर्फ राजनीतिक पार्टी लाग्नुपर्ने अवस्था सिर्जना भएको बताए । उनले अबको एक–दुई वर्ष बहुमतको सरकार बनाउन गाह्रो हुने र बहुमतको सरकार बनिहाले पनि टिकाउन गाह्रो हुने उनले बताए। यो निर्वाचन परिणामले मुलुक अस्थिरतातर्फ जाने खतरा बढेको तर्क गरे ।
काठमाडौं – नेपाल प्रहरीको रिक्त प्रहरी निरीक्षक (इन्स्पेक्टर) को अन्तिम नतिजा प्रकाशित भएको छ । १४६ जनाको नाम निस्किएको छ । प्रहरीले बिहिबार नतिजा प्रकाशन गरेको हो । नेपाल प्रहरीले गत बर्षको मंसिर ८ गते विज्ञापन प्रकाशित गरी नयाँ इन्स्पेक्टरमा भर्ना प्रक्रिया सुरु गरेको थियो । हेर्नुहोस् नतिजा नामसहित: ins-final_result_notice-2079-08-08Download
बाजुरा – जिल्ला प्रशासन कार्यालय बाजुराको कार्यालय घेराउ गरिएको छ। अनेरास्ववियूका केन्द्रीय सदस्य चेतन अयडीको कुटपिटपछि हत्याको विषयलाई लिएर चौथो दिन पनि बजार क्षेत्रमा तनाव छ। एमालेले प्रशासनमा धर्ना दिएको छ। जिल्लाको सदरमुकाम मार्तडी, कोल्टी, फालसैन लगायतका बजार बन्द रहेका छन्। यातायाता, शैक्षिक संस्था, सरकारी कार्यलय ठप्प छन्। सदरमुकाम मार्तडीमा दैनिक टायर बालेर विरोध तथा नारावाजी हुँदै आएको छ। बिहिबार बिहानदेखि सदरमुकाम मार्तडी बजार बन्द छ। अनेरास्ववियूका नेता अयडीको हत्यारालाई कानुनी दायरामा नल्याउन्जेल सरकारी तथा गैरसरकारी संस्था, उद्योग कलकारखाना, शैक्षिक संस्था र ब्यापार व्यवसाय बन्द गर्ने अनेरास्ववियू बाजुराले जनाएको छ। अनेरास्ववियू बाजुराले हत्यामा संलग्नलाई पक्राउ नगरुन्जेल आन्दोलनका चरणहरु निरन्तर जारी…
काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि ज्ञान केन्द्र जुम्लाका तत्कालीन प्रमुख (उपसचिव) डा. तपेन्द्र बहादुर शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुगुको रारा छायाँनाथ नगरपालिका ४ स्थित गैराज्युला कृषि सिचाई आयोजनामा गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा उपसचिव शाहसहित ५ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । आयोजनामा उपसचिव शाह र सब(इन्जिनियर महेश बुढ्थापाले यथार्थ र वास्तविक नाप जाँच नगरी बदनियत राखी नभएरनगरेको काम देखाई वास्तविक भएको कामभन्दा बढी रकम मूल्याङ्कन गरी झुठ्ठा बिल भरपाई, नापी किताब, मूल्याङ्कन बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी गराई रु.२,११,३१६.२६ रुपैयाँ बढी रकम उपभोक्ता समितिलाई भुक्तानी गरेको…
झापा – झापा क्षेत्र नं. ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्रदेन विजयी भएका छन् । उनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै प्रतिनिधिसभा निर्वाचनमा जित हात पारेका हुन् । सिटौला लिङ्देनसँग यसअघि २०७४ को निर्वाचनमा पनि पराजित भएका थिए ।