काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि ज्ञान केन्द्र जुम्लाका तत्कालीन प्रमुख (उपसचिव) डा. तपेन्द्र बहादुर शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मुगुको रारा छायाँनाथ नगरपालिका ४ स्थित गैराज्युला कृषि सिचाई आयोजनामा गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा उपसचिव शाहसहित ५ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।
आयोजनामा उपसचिव शाह र सब(इन्जिनियर महेश बुढ्थापाले यथार्थ र वास्तविक नाप जाँच नगरी बदनियत राखी नभएरनगरेको काम देखाई वास्तविक भएको कामभन्दा बढी रकम मूल्याङ्कन गरी झुठ्ठा बिल भरपाई, नापी किताब, मूल्याङ्कन बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी गराई रु.२,११,३१६.२६ रुपैयाँ बढी रकम उपभोक्ता समितिलाई भुक्तानी गरेको आयोगको ठहर छ ।
साथै गैराज्युला कृषि सिँचाई आयोजना निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष बाँच बहादुर सेजुवाल, सचिव माया केसी भाम र कोषाध्यक्ष बिजकन्या भामले आयोजनामा झुठ्ठा प्रतिवेदन तयार गरी आयोजनास्थलमा वास्तविक भएको कामभन्दा बढी मूल्याङ्कन गरीरगराई उक्त बढी रकम भुक्तानी लिएको आरोपमा निजहरुविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताएका छन् ।