धनगढी: कैलालीमा एउटा विवाहका कुर्सी ताेडफाेड गर्दै लफडामा उत्रिएका दुई जना कुटिएका छन्।
आइतबार बिहान २ बजेतिर बर्दगाेरिया गाउँपालिका- ६ का केशब नेपालीकाे छाेरी डम्मराकाे विवाहमा प्रवेश गरेर बिना कारण २४ वर्षीय सुशील बम लगायतले कुर्सी ताेडफाेड गरेकाे प्रहरीले जनाएको छ।
साेही क्रममा स्थानीयले उनीहरूलाई लखेट्दै कुटपिट गरेका थिए । कुटपिटबाट बम र घाेडाघाेडी नगरपालिका -३ का २२ वर्षीय प्रमाेद परियार घाइते भएका छन्।
बमलाई थप उपचारका लागि काेहलपुर पठाइएको छ । उनकाे साथबाट चक्कु बरामद गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहराले जानकारी दिए।
उनीसँगै विवाहमा लफडा गर्ने दुई जनालाई पक्राउ गरिएकाे छ। पक्राउ पर्नेमा बर्दगाेरिया गाउँपालिका-६ बस्ने २२ वर्षीय विशाल जाेशी र लम्कीचुहा नगरपालिका- १० बस्ने २२ वर्षीय दिनेश खत्री रहेकाे डीएसपी बाेहराले बताए।
यस्तै उता सुखडमा विवाहमा रमाइलो गर्ने क्रममा एक किशाेरमाथि कुटपिट भएकाे छ।
घाेडाघाेडी नगरपालिका-७ का ओमबहादुर तिमलाकाे छाेराकाे विवाहमा रमाउने क्रममा १५ वर्षीय रमेश गाैतम(नाम परिवर्तन) माथि कुटपिट भएको प्रहरीले जनाएको छ।
उनकाे धनगढीकाे निसर्ग अस्पतालमा उपचार भइरहेको छ। उनीमाथि कुटपिट गरेकाे आराेपमा प्रहरीले चार जनालाई पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा घाेडघाेडी नगरपालिका -७ बस्ने २३ वर्षीय आकाश बिक, २९ वर्षीय माेहन बम, २२ वर्षीय तारेशु बाेहरा र २७ वर्षीय दुर्गा पुनामीमगर बताइएको छ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेकाे छ।