Author: Saru Shrestha

काठमाडौं – नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्ने भएका छन् । नेकपा एमालेका शिर्ष नेताहरुसँग छलफलपछि खनाल पार्टी प्रवेश गर्ने निश्चित भएको हो । एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले अनुसार पूर्व आईजीपी खनाल एमाले प्रवेशको तयारीमा रहेका पुष्टी गरे । खनाललाई ९ कार्तिकमा पालिका अधिवेशनपछि पार्टीमा स्वागत गर्ने र पार्टी प्रवेश गर्न खनाल तयार भइसकेको गुरुङले बताए । निकट भविष्यमै एक कार्यक्रमकाबीच खनाललाई पार्टी सदस्यता दिने पनि एमाले स्थायी समिति सदस्य समेत रहेका गुरुङले बताए । तनहुँ जिल्लामा जन्मघर भएका खनाल तनहुँकै भूगोलबाट राजनीति गर्ने गरी एमाले प्रवेश गर्न लागेका हुन् ।

Read More

काठमाडौँ – काठमाडौँको कपनमा भीषण आगलागी भएको छ । कपन गुम्बाभन्दा तल आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । आगो निभाउनका लागि सुरक्षाकर्मी र दमकल परिचालन गरिएको छ । आगो कसरी सुरु भयो भन्नेबारे यकिन गर्न नसकिएको घटनास्थलमा खटिएका एकजना सुरक्षा अधिकृतले बताएका छन् ।

Read More

काठमाडौँ -अर्थमन्त्री जनार्दन शर्माले इतिहास र बर्तमानमा राजनैतिक उचाइ हासिल गरेको गोरखा जिल्लाले यतिबेला विकास निर्माण र समृद्धिको सन्दर्भमा न्याय खोजेको बताएका छन् । त्यसको लागि एतिहासिक लिगलिगकोट र आधुनिक पालुङ्टारलाइ जोडेर राजनैतिक इतिहास सहितको पर्यटन विकासलाई अगाडि बढाउनुपर्ने बताए । पालुङ्टारलाइ सुचनाप्रबिधिमा अघि बढाइ स्मार्ट सिटी बनाउनुपर्ने भन्दै सङ्घीय सरकार र अर्थमन्त्रालयबाट यसकोलागि सम्पूर्ण सहयोग हुने उनले बताए । उनले अहिले देशलाई उत्पादनसँग जोडेर आयातित बस्तुलाई विस्थापन गर्नुपर्नेमा पनि जोड दिए । देशमा एउटा पनि मल कारखाना नभएको र जापनिज कम्पनीले मल कारखाना खोल्न चासो राखेकाले भूगोल र विद्युत् आपूर्तिका कारणले आफूले यसै क्षेत्रलाइ सिफारिस गरेको उनले बताए। नेपालको…

Read More

काठमाडौं – नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले मुलुक बचाउने काम राष्ट्रपतिबाट भएको भन्दै समर्थनमा र्‍याली निकालेको छ। साथै युवा संघले राष्ट्रपतिलाई विवादमा तान्ने काम नगर्न गठबन्धनलाई चेतावनीसमेत दिएको छ। बुधबार काठमाडौंको नयाँ बानेश्वरमा युवा संघ आबद्ध युवाहरुले नागरिकता विधेयक राष्ट्रघाती भएकाले राष्ट्रपतिले प्रमाणीकरण नगरेर मुलुकको हितमा काम गरेको भन्दै र्‍याली निकालेका हुन्। काठमाडौंको बबरमहलबाट सुरु भएको र्याली बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभामा एमाले नेता महेश बस्नेतले राष्ट्रपतिले अहिले देशको हितमा काम गरे पनि गठबन्धनबाट आक्रमण र अपमान गर्न खोजिएको बताए। उनले राष्ट्रको हितमा काम गर्दा विरोध भए कुनै फरक नपर्ने बताए। त्यस्तै युवा संघका अध्यक्ष…

Read More

बुटवल – प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष बालकृष्ण चापागाईंले विद्रोहको औचित्य पुष्टि नभएकाले आफू पुरानै घर एमालेमा फर्किएको बताएका छन् । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य तथा अर्थ एवं योजना विभागको प्रमुख रहेका चापागाईं पार्टी परित्याग गरेर एमालेमा फर्किएका थिए । प्रेस चौतारी नेपाल रुपन्देहीको जिल्ला कमिटीको बैठकलाई बुधबार सम्बोधन गर्दै उनले भने, ‘जुन उद्देश्यले समाजवादी पार्टी स्थापना भएको थियो, त्यसको औचित्य पुष्टि हुन सकेन, त्यसकारण म पुरानै घर फर्किएको हुँ ।’ नेकपा एकीकृत समाजवादीमा बसेर काँग्रेसको कार्यकर्ता बन्नु बाहेक अरू उपाय नदेखेपछि आफू पुरानै मातृ पार्टीमा फर्किएको बताए । ‘सत्तारुढ गठबन्धनमा बस्नु भनेको काँग्रेसको कार्यकर्ता बन्नु हो, त्यो…

Read More

काठमाडौं – काठमाडौं महानगरपालिका(९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको १ सय ग्राम सुन सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङ सुन्दर हरैचा नगरपालिका-९ स्थायी वतन भएका २४ वर्षीय हिमाल पौडेल, सुर्खेत बिरेन्द्रनगर नगरपालिका-१ स्थायी वतन भएका १९ वर्षीय कविन्द्र विश्‍वकर्मा र कालिकोट पलाता गाउँपालिका-७ स्थायी वतन भएका २५ वर्षीय जिवराज बम रहेका छन् । हिमालय एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका हिमाल र कविन्द्रलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा उनीहरुबाट भन्सार छली ल्याएको १र१ थान सिक्री र १र१ थान औंठी गरी उक्त परिमाणको सुन फेला पारी पक्राउ…

Read More

काठमाडौँ – विशेष अदालतले उत्तरपुस्तिका परीक्षण र अङ्क फेरबदल गरेर भ्रष्टाचार गरेको आरोप लागेका त्रिभुवन विश्वविद्यालयका सेवा आयोगका अध्यक्ष चैतन्य शर्मा सहितका पदाधिकारीहरुलाई सफाइ दिएको छ । दुई जनाबाहेक आरोप लागेका सेवा आयोगका कर्मचारीहरु दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यहरू यमुना भट्टराई र डा।खुसीप्रसाद थारुको इजलासले मंगलबार पदाधिकारीहरुमाथिको आरोप पुष्टि हुन नसक्ने ठहर गर्दै संलग्न कर्मचारीहरूलाई मात्रै दोषी ठहर गरेको विशेष अदालतका सूचना अधिकारी नारदप्रसाद भट्टराईले जानकारी दिए । त्रिवि सेवा आयोगको कार्यालयका प्रशासन प्रमुख परशुराम कोइरालालाई भने ९ महिना कैद सजाय भएको छ । उनले ८ हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । प्रश्नपत्र जोडिएको…

Read More

काठमाडौँ – सरकारले दूध आयातमा लगाइएको प्रतिबन्ध खुलाएपछि चितवनका दुग्ध उत्पादक किसान आक्रोशित बनेका छन्। केही दिनअघि मात्रै कृषि तथा पशुपक्षी मन्त्रालयले दूध आयातका लागि निजी डेरी उद्योगहरूलाई अनुमति दिएको थियो। यसकै विरोधमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले मंगलबार पत्रकार सम्मेलन गरी मन्त्रालयले दैनिक एक लाख २० हजार लिटर दूध भारतबाट आयात गर्न दिएको अनुमति नेपाली किसानको हितविपरीत भएको बताएको हो। जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका सचिव किशोर बगाले स्वदेशमा नै पर्याप्त दूध उत्पादन भए पनि कमिसनको चक्करमा यहाँका किसानलाई विस्थापित गर्ने उद्देश्यले दूध आयात खुलाइएको बताए । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेले यो निर्णयले किसानलाई…

Read More

धनगढी – स्वास्थ्य क्षेत्र सुधारको माग विगत राख्दै १० दिन देखि अनसनरत डाक्टर गोविन्द केसी आफ्नै अर्चमा काठमाडौं गएका छन् । सरकारी खर्चमा काठमाडौं नजाने घोषणा गरेका केसी बुधबार आफ्नै खर्चमा प्लेन टिकट काटेर काठमाडौं गएका उनका सहयोगी डाक्टर अमृत जैशीले बताए । उनी अहिले पौने ५ बजेको प्लेन मार्फत काठमाडौं गएका हुन् । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उपचारमा संलग्न डाक्टरले केसीलाई काठमाडौं जान सुझाव दिएका थिए । स्वास्थ्यकर्मीको सुझाव अनुसार केसी आफ्नै खर्चमा काठमाडौं गएका सेती प्रादेशिक अस्पतालका सिनियर फिजिसियन कन्सल्टेन्ट डाक्टर शेरबहादुर कमरले बताए । मंगलबार सम्म माग पुरा नभएसम्म काठमाडौं नजाने अडानमा बसेका केसीलाई बुधबार सिनियर स्वास्थ्यकर्मीले…

Read More

काठमाडौं – नेपाल टेलिभिजनको समाचार च्यानलमा नेपाली र अंग्रेजी समाचार प्रस्तोता एवं समाचारमूलक कार्यक्रम प्रस्तोताका लागि दरखास्त माग गरिएको छ। सूचनाअनुसार नेपाली समाचार प्रस्तोता सात र अंग्रेजी समाचार प्रस्तोता तीन गरी १० जना समाचार प्रस्तोता माग गरिएकाे छ । उमेदवारको न्यूनतम शैक्षिक योग्यता कम्तीमा स्नातक वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख छ । समाचार प्रस्तुतिमा दक्षता र सम्बन्धित भाषामा राम्रो ज्ञान भएका उम्मेदवारलाई प्रथामिकता दिइने नेपाल टेलिभिजनले सूचनामार्फत उल्लेख गरेको छ । १० असोजभित्र आवश्यक कागज जागतसहित दरखास्त फारम भरी बुझाउन सकिने छ । यसपटक दरखास्त दिने उम्मेदवारले लिखित परीक्षा दिनु पर्दैन । अन्तर्वार्ताबाटै पत्रकार छानिने भएकाे छ दरखास्त फारम नेपाल टेलिभिजनको वेबसाइट www.ntv.org.np बाट डाउनलोड गर्न…

Read More