काठमाडौं – नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्ने भएका छन् । नेकपा एमालेका शिर्ष नेताहरुसँग छलफलपछि खनाल पार्टी प्रवेश गर्ने निश्चित भएको हो ।
एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले अनुसार पूर्व आईजीपी खनाल एमाले प्रवेशको तयारीमा रहेका पुष्टी गरे । खनाललाई ९ कार्तिकमा पालिका अधिवेशनपछि पार्टीमा स्वागत गर्ने र पार्टी प्रवेश गर्न खनाल तयार भइसकेको गुरुङले बताए ।
निकट भविष्यमै एक कार्यक्रमकाबीच खनाललाई पार्टी सदस्यता दिने पनि एमाले स्थायी समिति सदस्य समेत रहेका गुरुङले बताए ।
तनहुँ जिल्लामा जन्मघर भएका खनाल तनहुँकै भूगोलबाट राजनीति गर्ने गरी एमाले प्रवेश गर्न लागेका हुन् ।
Facebook Comments Box