धनगढी – कैलालीमा स्कारपियोले अटोलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन्। शनिबार जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौरस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोले अटोलाई ठक्कर दिएपछि दुर्घटना भएको हो। प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको गरेको बा १४ च ९५७६ नम्बरको स्कारपियोले विपरीत दिशाबाट आइरहेको से १ ह ९३३ नम्बरको अटोलाई ठक्कर दिएको थियो। ठक्करपछि ३ जना घाइते भएका छन। घाइते हुनेमा अटो चालक २९ वर्षीय दिपक वादी, अटोमा पछाडि सवार अन्दाजी ३० वर्षीय हरिश वादी र अन्दाजी २४ वर्षीया कल्पना वादी रहेका छन्। घाईते तिनै जनालाई उपचारको लागि कोहलपुर मेडिकल कलेज लगिएको छ। ठक्कर दिने स्कारपियो चालक नेपालगन्ज उपमहानगरपालिका १०…
Author: Saru Shrestha
बाजुरा – बाजुराको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (क) मा नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार नरेश कुमार शाही विजयी भएका छन् । शाहीले १० हजार ९ सय ७३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बल्देब रेग्मीले ८हजार ६ सय ३२ मत पाए । शाही र रेग्मीबीच दुई हजार तीन सय ४१ मतान्तर रहेको छ । नेकपा माओवादी केन्द्रका उम्मेदवार कर्णबहादुर विकले एक हजार ९८मत प्राप्त गरे ।
अछाम – अछाममा बँदेलको आक्रमणमा परी एक जनाको ज्यान गएको छ । मेल्लेख गाउँपालिका-६ शोषशाका ४० वर्षीय केशर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई शनिबार बिहान घर नजिकै बँदेलले आक्रमण गरेको थियो । मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृप खड्काका अनुसार बँदेलकको आक्रमणबाट घाइते बोहराको उपचारको क्रममा बयालपाटा अस्पतालमा ज्यान गएको हो । मृतक बोहरा मेल्लेख गाउँपालिकाको कार्यलयमा सहयोगी पदमा कार्यरत थिए ।
कैलाली –कैलालीमा एक होलसेल पसलको गोदाममा आगलागी भएको छ । शनिबार जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ५ पथरैया बस्ने महमद युनिस जागाको न्यू मदार स्टोर किराना होलसेल पसलको गोदाममा आगलागी भएको हो । विद्युतको तार सर्ट भई एक्कासी आगलागी हुँदा गोदामभित्र भएका सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट बाह्र लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
बैतडी – बैतडीका सांसदहरुले मृतक माया लुहारको परिवारसँग भेट गरेका छन् । शनिबार पञ्चेश्वर गाउँपालिका ४ फ्याउले पुगेर संघीय सांसद दामोदर भण्डारी, प्रदेश सांसद सुरेन्द्र बहादुर पाल र पूर्व प्रदेश सांसद लिलाधर भट्टले घाँटी रेटी हत्या गरिएकी माया लुहारको परिवारसँग भेट गरेका हुन् । पीडित परिवारलाइ भेटेर उनीहरुले दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायलाइ दबाव दिने बचनवद्धता व्यक्त गरेका छन् । मृतक मायाका दाजु टिन्कु लुहारलाई २५ हजार ५ सय सहयोग रकम हस्तान्तरण गर्दै आफुहरु न्यायको पक्षमा रहेकाले दोषीलाई सजाय र मायालाइ न्याय दिलाउन पहल गर्ने बताएका छन् । यसअघि प्रदेश सभा २ का सांसद शिवराज भट्टले पनि पीडित परिवारलाई भेटेका…
बाजुरा – प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसका बद्री पाण्डेले चार हजारभन्दा बढी मतले अग्रता कायम गरेका छन् । बुधबार बेलुकी ६ः३० बजेबाट सुरु भएको मतगणना अहिले पनि जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २९ हजार मतगणना गर्दा काँग्रेस उम्मेदवार पाण्डेले १७ हजार आठ सय ५५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापाले १३ हजार दुई सय ९७ मत प्राप्त गरेका छन् । प्रदेशसभा १ मा एकीकृत समाजवादीका उम्मेदवार नरेश शाहीले नौ हजार तीन सय ३० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार बलदेव रेग्मीले आठ हजार एक मत प्राप्त…
काठमाडौँ – नेपालबाट भारततिर प्रतिबन्धित लागू औषध गाँजा तस्करी गर्ने नयाँ तरिकाको पर्दाफास भएको छ। गाँजाको ठुलो खेप भारततिर नपठाई सीमा क्षेत्रमा जमिनमुनि भण्डारण गर्ने र क्रमशः तस्करी गर्ने गरेको रहस्योद्घाटन भएको छ। रौतहट सदरमुकाम गौर नपा ३ स्थित नेपाल भारत सीमासँग जोडिएको एक कुखुरा फार्म छेउमै जमिन मुनिबाट प्रहरीले एक क्विन्टल ८० किलो गाँजा बरामद गरेको छ। मकवानपुरबाट ल्याएर कुखुरा फार्मको बालुवा भएको जमिनमा गाडेर लुकाई भागेको अवस्थामा प्रहरीले जमिनबाट गाँजा निकाल्नुका साथै ट्रक र चालकलाई पनि नियन्त्रणमा लिन सफल भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी वीर बहादुर बुढा मगरका अनुसार लिजमा जमिन लिएर भारतका अफरोज मियाले…
काठमाडौँ – सशस्त्र प्रहरी बल नेपाल बिओपी बेनौलीले लागू औषध गाँजा सहित शुक्रवार राती एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पचरौता नगरपालिका ३ बेनौलीका जियालाल पटेल रहेका छन् । सशस्त्र प्रहरी बलले भरियालाई प्रयोग गरेर तस्कर समूहले भारत तर्फ लागु औषध गाँज लैजान लागेको भन्ने जानकारीको आधारमा गाँजा सहित पटेललाई पक्राउ गरेको हो । पक्राउ परेका पटेल समूहले ४० किलो लागु औषध गाँजालाई १०/१० किलोको चार वटा प्याकेट बनाएर टाउकोमा बोकी भारत तर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको हो । गाँजा सहित पक्राउ परेको पटेललाई थप कारबाही गर्नका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।
सप्तरी – नेपाल पत्रकार महासंघ सप्तरीको सनिबार बसेको आकस्मिक बैठकले महासंघको साधारणसभा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरेको छ । सप्तरी शाखाका संस्थापक अध्यक्ष एवं मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरीप्रसाद भट्टराईको निधन भएपछि पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा बेसेको बैठकले तीनवटा प्रस्ताव पारित गरेको छ । नेपाल पत्रकार महासंघ शोकमा रहेकोले महासंघले १३ दिनसम्म दैनिक कामकाज ठप्प गर्ने, शोक पुस्तिका राख्ने, महासंघको पुस २ गते गर्ने भनिएको साधारण सभा अर्को सूचना जारी नगरुन्जेलसम्म स्थगित गर्ने निर्णय गरिएको छ । त्यसैगरी भट्टराईको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गर्ने निर्णय गरिएको सचिव रामनारायण विश्वासले जानकारी दिए । भट्टराईको नेपाल…
चितवन – चितवनको शक्तिखोरस्थित कयर खोलामा पौडी खेल्दै गरेका एक जनाको डुबेर ज्यान गएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरि अधिकारीका अनुसार कालिका नगरपालिका-९ शक्तिखोरको कयर खोला बाँधमा पौडी खेल्न गएका १६ वर्षीय मनिष श्रेष्ठको आज दिउँसो डुबेर ज्यान गएको हो । प्रहरीले घटनाका सम्बन्धमा अन्य अनुशन्धान सुरू गरेको जनाएको छ ।