Author: Saru Shrestha

काठमाण्डौँ कैलाली-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सांसद अरुण कुमार चौधरीले सरकारले दिने कृषि अनुदानमा हुने विकृत्रिका अन्य गर्नुपर्ने बताएका छन् ।  मंगलबार प्रतिनिधिसभाकाे बैठकमा सा‌ंसद चौधरीले झोलामा कृषि गर्ने र कागजी प्रक्रिया मात्रै पुर्याएर अनुदान लिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन् । ‘आज हाम्रो देशको कृषि उत्पादन हेर्ने हो भने यहाँ उत्पादिन बस्तुले हामीलाई तीन महिना पनि पुग्ने अबस्था छैन्’, सांसद चौधरीले भने,  ‘कुषिमा सरकारले लगानी नगरेको पनि हैन्, अनुदान नदिएको हैन् । तर, त्यसको दुरुपयोग भईरहेको छ ।’ झोले कृषकहरुले गर्दा बास्तविक कृषकहरु मर्कामा परेको उनले स्पष्ट   पारे । सांसद चौधरीले भने, ‘झोलामा खेति गर्ने, कागजी प्रक्रिया मिलाई हाल्नेले…

Read More

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाभाइर संक्रमणबाट दुईजनाको मृत्यु भएको जनाएको छ । मंगलबार अपरान्ह मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुईजना संक्रमितको मृत्यु भएको हो ।  साथै पछिल्लो २४ घण्टामा दुई हजार २९२ वटा नमुना परीक्षण गर्दा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३९७ रहेको छ । पछिल्लो २४ घण्टामा ८५ जना कोरोना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ । मंगलबार दिउँसो २ बजेसम्म काठमाडौं उपत्यकामा २२ जना संक्रमितको संस्थागत आइसोलेसनमा रहेर उपचार गरिरहेका छन् भने ८ जना आईसीयू र ४ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले सार्वजनिक विवरणमा उल्लेख छ ।

Read More

काठमाडौँ – कृषि सामग्री कम्पनी लिमिटेडले आगामी आर्थिक वर्षका लागि पाँच लाख मेट्रिक टन रासायनिक मल भित्र्याउने तयारी गरेको छ । लिमिटेडका कायम मुकायम प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले आगामी आगामी आर्थिक वर्षमा पाँच लाख मेट्रिक टन रासायनिक मल ल्याउनका लागि समयमा बजेट विनियोजन गर्न सम्बन्धित निकायबीच निर्णय भएको जानकारी दिए । “अघिल्ला वर्षमा बजेटको सही समयमा विनियोजन नहुँदा मलको कमी देखा परेको थियो तर आगामी आर्थिक वर्षका लागि चाहिने बजेट समयमा विनियोजन गर्न सरोकारवाला निकायसँग निर्णय भएकोले मलको कमी हुँदैन । लिमिटेडलाई पनि योजना तयार पार्न अनुकूल भएको छ” उनले भने । उनका अनुसार बजारमा मलको कमी हुनुको मुख्य कारण…

Read More

काठमाडौँ – नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गैर कानुनी सम्पत्ति आर्जन (भ्रष्टाचार) मुद्दामा सोमबार विशेष अदालतका न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजलासले खड्कासमेत ४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेका हुन् । खड्काविरुद्ध २०७५ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड ६६ लाख रुपैयाँ गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनलाई २०७१ साल माघमा खड्कालाई मन्त्रिपरिषद्ले निगमको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । अनेकन विवादमा मुछिएपछि २०७४ असोजमा विभिन्न संसदीय समितिको सिफारिसबमोजिम सरकारद्वारा पदच्युत गरिएका खड्काले श्रीमती शर्मिला खड्का र अन्य…

Read More

काठमाडौँ – पाइलट बाबा नेपाल भ्रमणमा आउने भएका छन्। विश्वविख्यात महायोगी पाइलट बाबा भारतमा सन्न्यासीहरूको सबैभन्दा ठूलो अखाडा जुना अखाडाको वरिष्ठम महामणडलेश्वर सोमनाथ गिरी हुन् । भर्खरै हरिद्वारस्थित पाइलट बाबा आश्रमबाट नेपाल फर्केका लेखक ज्ञानमित्रका अनुसार उनी वैशाख १५ गते नेपाल आइपुग्नेछन्। विगतमा कैयन पटक नेपाल भ्रमणमा आइसकेका उनी कोरोनाकालपछि पहिलो पटक नेपाल आउन लागेका हुन्। नेपाल बसाइका क्रममा उनी चितवन र हेटौँडामा बस्नेछन्। अहिलेसम्म काठमाडौँ आउने निश्चित भएको छैन।

Read More

बाजुरा – बाजुरामा सोमबार दिउँसो भूकम्प गएको छ । बडिमालिकामा केन्द्रबिन्दु बनाएर ४ बजेर १ मिनेटमा भूकम्प गएको कम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । बडिमालिका नगरपालिकाको जुगाडा केन्द्रबिन्दु बनाएर ३.६ रेक्टर स्केलको भूकम्प गएको हो । गत माघ १० गतेपछि बाजुरामा पटक-पटक भूकम्प जाने गरेको छ ।

Read More

धनगढी – नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सांसद आरजु राणाले सुदूरपश्चिम प्रदेशलाई भारतसँग जोड्न थप अन्तरदेशीय सडक निर्माण र गौरीफन्टा नाका सञ्चालनमा सहजीकरण गर्न भारतसँग आग्रह गरेकी छन् । सुदूरपश्चिम प्रदेशमा शनिबारबाट शुरु भएको अन्तरदेशीय मानसखण्ड सम्मेलनको समापन सत्रमा राणाले भारतीय राजदूत नवीन श्रीवास्तव र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा विजय चौथाइवालेसँग दुई देशबीचको अर्थसामाजिक सम्बन्ध थप मजबुद बनाउन यो आवश्यक रहेको बताइन् । डडेल्धुरा जिल्लालाई भारतसँग जोड्ने पुल निर्माण, गौरीफन्टा नाकाबाट हुने अन्तरदेशीय व्यापार तथा आवागमनलाई सहजीकरण र क्षेत्रीय विमानस्थल निर्माणका लागि नेपालले पहल एवं भारत सरकारले सहजीकरण गर्नुपर्ने उनको भनाइ छ ।“डडेल्धुरा जिल्लालाई भारतसँग जोड्न…

Read More

काठमाडौं – केही दिनदेखि काठमाडौंको मौसम धुम्मिएको छ । उपत्यका आसपासका वनमा डढेलो लाग्दा तथा भारतको बिहार र उत्तर प्रदेशमा गहुँको छवाली बालेको धुँवा काठमाडौं छिर्दा त्यसको प्रभाव काठमाडौंको आकाशमा देखिएको हो । यसले आकाश मात्र धुम्मिएको छैन, यहाँको वायुप्रदूषणसमेत बढाएको छ । वातावरण विभागका अनुसार साँझ ६ बजे काठमाडौंको हावाको गुणस्तर एक्यूआई १६० भन्दा माथि छ । जुन अस्वस्थकर मानिन्छ । स्वीट्जरल्याण्डस्थित हावाको हावाको गुणस्तर मापन गर्ने वेबसाइट आईक्यूएयरका अनुसार नेपाल अहिले पनि विश्वका प्रदूषित शहरको दोस्रो स्थानमा छ ।

Read More

बैतडी – बैतडीमा धारिलो हतियार प्रहार गरी छिमेकीको हत्या गरी फरार भएका युवकलाई प्रहरीले पक्राउ गरेको छ । गत २ वैशाखमा दोगडाकेदार गाउँपालिका-८ कालागाउँ बस्ने ३७ वर्षीय वासुदेव जोशीको धारिलो हतियार प्रहार गर्दै हत्या गरी फरार भएका उनका छिमेकी २३ वर्षीय महेन्द्र विष्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेमबहादुर शाहीले विष्टलाई दोगडाकेदार गाउँपालिका-८ कै तल्लोतोलीमा लुकेर बसेको अवस्थामा सोमबार पक्राउ गरिएको जानकारी दिए । सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह र जिल्लाबाट खटिएको संयुक्त टोलीले विष्टलाई पक्राउ गरेरको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रका समष्टिगत परिसूचकहरूमा सुधार आएको बताएका छन्। सोमबार दिउँसो सिंहदरबारमा उद्योग-वाणिज्य प्रवर्द्धन संवाद परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । सरकारले चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको भए तापनि नयाँ सरकार गठन भएयता अर्थतन्त्रले समष्टिगत आर्थिक परिसूचकहरूमा सुधार आएको बताए । नयाँ जनादेशसहित गठन भएको संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा सेवा प्रवाह, सुशासन, विकास निर्माण एवं अर्थतन्त्रको रूपान्तरण र सुदृढीकरणका लागि नीतिगत, संरचनागत तथा कार्यगत सुधारका विषयलाई महत्त्वपूर्ण प्राथमिकताका रूपमा राखिएकोसमेत प्रधानमन्त्री प्रचण्डले बताए।

Read More