काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रका समष्टिगत परिसूचकहरूमा सुधार आएको बताएका छन्।
सोमबार दिउँसो सिंहदरबारमा उद्योग-वाणिज्य प्रवर्द्धन संवाद परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
सरकारले चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको भए तापनि नयाँ सरकार गठन भएयता अर्थतन्त्रले समष्टिगत आर्थिक परिसूचकहरूमा सुधार आएको बताए ।
नयाँ जनादेशसहित गठन भएको संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा सेवा प्रवाह, सुशासन, विकास निर्माण एवं अर्थतन्त्रको रूपान्तरण र सुदृढीकरणका लागि नीतिगत, संरचनागत तथा कार्यगत सुधारका विषयलाई महत्त्वपूर्ण प्राथमिकताका रूपमा राखिएकोसमेत प्रधानमन्त्री प्रचण्डले बताए।
Facebook Comments Box