बाजुरा – बाजुरामा एक महिला मृत फेला परेकी छन् । मृतक महिलाको पहिचान खुलेको छैन । जिल्लाको जगन्नाथ गाउँपालिका–२ कोटकाट्यास्थित कर्णाली नदी किनारमा अपरिचित महिला मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान थालिरहेको जनाएको छ ।
Author: Saru Shrestha
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री निवासमा जारी भेटवार्तामा सरकार निर्माणबारे छलफल भइरहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए। छलफलमा माओवादीबाट प्रचण्ड मात्रै सहभागी रहेका छन् । राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय सकिनै लाग्दा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु शक्ति बाँडफाँडका विषय टुंग्याउन छलफलमा जुटेका हुन् ।
पूर्वीनवलपरासी – नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा संसदीय दलको निर्वाचन आगामी मंगलबार हुने भएको छ । निर्वाचनका लागि कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा शुक्रबार ५ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । समितिका अन्य सदस्यमा पार्टीका गण्डकी प्रदेशका सहमहामन्त्रीद्वय रमेश पाण्डे, कोपिला रानाभाट र अधिवक्ताद्वय फणीन्द्र कोइराला र मणि दाहाल रहेका छन् । संसदीय दलको चुनाव पुस १२ गते मंगलबार हुने उनले बताए । गण्डकी प्रदेशसभामा कांग्रेसका २७ जना सदस्य रहेका छन् । १८ जना प्रत्यक्ष निर्वाचित भएका हुन् भने ९ जना समानुपातिक निर्वाचन प्रणालीबाट छानिएका हुन् । प्र देशसभामा संसदीय दलको नेता हुन गोर्खाका सुरेन्द्र पाण्डे, पूर्वी नवलपरासीका…
रुपन्देही – बर्दिया क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । सो पार्टीका संरक्षक रेशम चौधरीले आफ्नो उम्मेदवारी खारेज हुने सम्भावना देखेपछि स्वतन्त्र उम्मेदवारको रूपमा आफ्नै बाबु लालवीर चौधरीलाई उम्मेदवार बनाएका थिए । निर्वाचनमा लालबीर शुक्रबार औपचारिकरूपमै पार्टी प्रवेश गरेका हुन् । लालबीरले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका सुरेश पन्थलाई १३६ मतान्तरले पराजित गरेका थिए । चौधरीले २६ हजार ५२० मत पाउँदा पन्थले २६ हजार ३८४ मत ल्याएर विजयी भएका थिए । कैलालीको क्षेत्र नं १, २ र ३ मा विजयी भएको नागरिक उन्मुक्ति पार्टीको अब संसदमा चार…
काठमाडौं – ठूलो परिमाणमा लागूऔषध कोकिनसहित दुई विदेशी महिला पक्राउ परेका छन् । नेपाल प्रहरीले ५ किको ६ सय ग्राम कोकिनसहित दुई जना विदेशी महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा युक्रेन र थाइल्याण्डका महिला रहेको प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जनाएको छ । पुष ६ गते दुबईबाट काठमाडौं आएकी युक्रेनी नागरिकको गतिविधि शंकास्पद देखिएपछि निगरानी गर्ने क्रममा ठमेलमा पक्राउ गरिएको र उनले ल्याएको दुई वटा सुटकेशभित्र फल्स बटम बनाई लुकाइराखेको अवस्थामा ५ केजी ६ सय ग्राम कोकिन र केही अमेरिकी डलर, थाई भाट र नेपाली रुपैयाँ बरामद गरिएको लागूऔषध नियन्त्रण ब्यूरोका एसएसपी विकासराज खनालले जानकारी…
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । बालुवाटारमा शुक्रबार भएको भेटका क्रममा उनीहरूबीच सत्ता समीकरणबारे छलफल भएको थियो । राष्ट्रपतिबाट सरकार गठनका लागि आह्वान भएको समय दुई दिन बाँकी रहँदा उनीहरूबीच भेटवार्ता भएको हो । संसदमा चार सिट रहेको लोसपाका अध्यक्ष ठाकुरलाई प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन प्रस्ताव गरेको बताइएको छ ।
धनगढी – सुदूरपश्चिममा भुवा पर्व सुरु भएको छ । कौरव र पाण्डव विच भएको महाभारत युद्ध जितेपछि पाण्डवले मनाएको उत्सवको सम्झनामा भुवा पर्व मनाईने गरिन्छ । महाभारत युद्ध सुरु हुनुअघि गरिएको तयारी (युद्ध कला)को निरन्तरताका रुपमा पनि यो पर्व मनाइने गरिन्छ । भुवा पर्वका अवसरमा हातमा तलवार, खुँडा तथा कवज (ढाला) लगेर पर्दशनी गर्ने गरिन्छ । सुदूरपश्चिमको अछाम, बझाङ र बाजुरामा विशोष रुपमा यो पर्व मनाइने गरिनछ, भने डोटीका केही क्षेत्रमा पनि भुवा पर्व मनाइने गरिन्छ । तर पछिल्लो समय पहाडबाट बसाई सरी कैलाली कञ्चनपुर आएका नागरिकले तराईमा पनि भुवा पर्व मनाउने गरेका छन् । पुसे औँसीको अघिल्लो दिनदेखि सुरूहुने…
काभ्रे – काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ को मानेभिरमा टिपर दुर्घटना भएको छ । दुर्घटनामा ३ जना घाइते, एकको अवस्था गम्भीर रहेको जनाएको छ । बालुवा लिएर वडा कार्यालय तर्फ जाँदै गरेको बा ५ ख ४७६२ नम्बर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालकको खुट्टा भाँचिएको छ । सिन्धुपाल्चोक घर भएका चालक अन्दाजी २० वर्षीय सतिन माझीको खुट्टा भाँचिएको प्रहरीले जनाएको छ । टिपरमा तीन जना सवार थिए । अन्य दुइ जना भने समान्य घाइते रहेको बताइएको छ । तीनै जनालाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ ।
काठमाडौं । गृहमन्त्रालयले सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई १० वर्ष नेपाल आउन नपाउने गरी डिपोर्ट गर्ने गरेको छ । शुक्रबार शोभराज १९ वर्षपछि जेलमुक्त भएका छन् । सर्वोच्च अदालतको आदेशपछि शुक्रबार उनी जेलमुक्त भएका हुन् । जेलमुक्त भएसँगै उनलाई अध्यागमन विभाग बुझाइएको छ । अध्यागमन विभागमा उनलाई बुझाएपछि गृहमन्त्रालयले १० वर्ष नेपाल आउन नपाउने गरी डिपोर्ट गर्ने निर्णय गरेको हो । उनलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरेर फ्रान्स डिपोर्ट गर्ने तयारी भइरहेको छ । विगत १९ वर्षदेखि जेलमा रहेका शोभराजलाई (बुधबार) जेलमुक्त गरेर १५ दिनभित्र स्वदेश फर्काउन भन्दै सर्वोच्च अदालतले आदेश दिएको थियो।४७ वर्षअघि काठमाडौं र भक्तपुरमा अमेरिकी र क्यानडेली…
हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा दिएका छन् । बिहिबार संघिय सांसदको शपथ लिएका पाण्डेले आज हेटौँडा आइपुगेर प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् । उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा पत्र बुझाएका हुन् ।