Author: Saru Shrestha

धनगढी – धनगढीका एक सुनचाँदी व्यापारी पक्राउ परेका छन्। धनगढी चौराहस्थित बुडर सुनचादी गहना पसलका सञ्चालक सन्तोष सुनारलाई प्रहरीले पक्राउ गरेको हो। भारतको कर्नाटकमा चोरी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीका अनुसार प्रहरीको विशेष समूहले उनलाई पक्राउ गरेको हो। उनी अहिले जिल्ला प्रहरीको थुनुवा कक्षमा छन्। भारतीय प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनलाई आइतबार नियन्त्रणमा लिएको हो। चोरीको विस्तृत विवरण भने प्रहरीले खुलाएको छैन्।

Read More

धनगढी – डोटीमा प्रत्यक्ष र समानुपातिक गरेर १४ हजार ३५६ मत बदर भएको छ। मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणामअनुसार ठूलो मात्रामा मत बदर भएको हो। प्रत्यक्षतर्फको आठ हजार ६२० र समानुपातिकतर्फका पाँच हजार ७३६ मत बदर भएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयले बताए। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणामअनुसार प्रतिनिधि सभातर्फ ६३ हजार ५५२ मत खसेको थियो। जसमध्ये आठ हजार ६२० मत बदर हुँदा ५४ हजार ९३२ मत मात्रै सदर भएको छ। समानुपातिकतर्फ ६४ हजार २७८ मत खसेको थियो। जसमध्ये ५८ हजार ५४२ मत सदर हुँदा पाँच हजार ७३६ मत बदर भएको हो।…

Read More

काठमाडौं -ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले सुकुम्वासीमाथि  बल प्रयोग गर्नु उपयुक्त नभएको प्रतिक्रिया दिएकी छन् ।  सोमबार काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्वासी बस्ती हटाउन बल प्रयोग गरेपछि मन्त्री भुसालले यस्तो प्रतिक्रिया दिएकी हुन् ।  ‘भूमि आयोगले काम गरिरहेका बेला सुकुम्वासीमाथि बल प्रयोग गर्नु उपयुक्त होइन, दीर्घकालीन रूपमा समस्या समाधान गरिनुपर्छ’, उनले सामाजिक सञ्जालमा लेखेकी छन् । सोमबार थापाथलीस्थित सुकुम्वासी बस्तीमा दलबलसहित महानगरको टोली पुगेपछि तनाव सिर्जना भएको थियो । स्थानीयहरूले महानगरको टोलीमाथि ढुंगामुढा गर्दा प्रहरीसहित दर्जन बढी घाइते भएका छन् । यस्तै स्थानीयले सरकार र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

Read More

धनुषा – धनुषा ४ मा जारी मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता कायमै राखेका छन् । यादव सात सय ४५ मतसहित लिड गरिरहेका छन् । हालै सार्वजनिक भएको मतगणनाअनुसार कांग्रेसका सहमहामन्त्रीसमेत रहेका यादवले २८ हजार ६ सय ५५ मत प्राप्त गर्दा एमाले उम्मेदवार रघुवीर महासेठले २७ हजार नौ सय १० मत पाएका छन् । अब मिथिला नगरपालिकाको वडा नम्बर ७, ८, ९, १० र ११ को मतगणना बाँकी छ ।

Read More

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज साँझ ७ बजेसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । प्राप्त मतपरिणामअनुसार हालसम्म नेपाली कांग्रेस ५३, नेकपा (एमाले) ४२, नेकपा (माओवादी केन्द्र) १७, नेकपा (एकीकृत समाजवादी) १० क्षेत्रमा विजयी भएका छन् । साथै, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी समान सात, जनता समाजवादी पार्टी छ, लोकतान्त्रिक समाजवादी पार्टी चार, नागरिक उन्मुक्ति पार्टी तीन, नेमकिपा एक, राष्ट्रिय जनमोर्चा एक र जनमत पार्टीले एक सिट जितेको छ । त्यसैगरी पाँच जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका…

Read More

काठमाडौँ – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ‘ए’ ३२० जहाज ग्राउन्डेड भएको छ। प्राविधिक समस्याका कारण जहाजको इन्जिन स्टार्ट नभएकाले जहाज ग्राउन्डेड भएको निगमले जनाएको छ। निगमका प्रवक्ता अर्चना खड्काका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११ः३० बजे मुम्बई उड्ने तयारीमा रहेको उक्त जहाजको इन्जिन स्टार्ट नभएपछि जहाज ग्राउन्डेड भएको छ। उक्त जहाजमा सवार एक सय ५२ यात्रुलाई अर्को जहाजमार्फत दिल्ली पठाइएको थियो। दिल्लीबाट फर्किएको जहाजमा यात्रु राखेर दिउँसो २ बजे नै दिल्ली पठाइएको प्रवक्ता खड्काले बताए। निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइड बडी ‘ए’ ३३० र दुई थान न्यारोबडी ‘ए’ ३२० जहाज छन्। निगमले भारतका…

Read More

दोलखा जिल्लाको १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गतेभित्र पुनः मतदान गराउने आयोगको निर्णयनिर्वाचन आयोगले दोलखा जिल्ला १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गते पुनः मतदान गराउने निर्णय गरेको छ । आयोगको निर्णय निम्नानुसार रहेको छ : दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका वडा नं. ६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र “क”, “ख” र “ग”, वैतेश्वर गाउँपालिका वडा नं. २ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र “क” र “ख” र तामाकोशी गाउँपालिका वडा नं. ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र “क” र “ख” गरी ७ (सात) वटा केन्द्रमा भएको भनिएको मतदान कार्य स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हुन सकेको…

Read More

काठमाडौं – प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अधिकांश स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । कतिपय निर्वाचन क्षेत्रमा भने मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ । यस पटकको निर्वाचनबाट २७ वर्षीय युवादेखि ८० वर्षीय ज्येष्ठ नागरिकसम्म सांसद निर्वाचित भएका छन् ।  यसपटक प्रायः सबैजसो पार्टीका अध्यक्षहरू समेत उम्मेदवार रहेका थिए । जसमध्ये एक जनाबाहेक सबैले निर्वाचनमा जित हासिल गरेका छन् । यहाँ उम्मेदवार भएर जित हासिल गरेका पार्टी प्रमुखहरूबारे चर्चा गर्ने प्रयास गरिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यसपटक पनि डडेलधुराबाट उम्मेदवार थिए । प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले चुनाव जितेका छन् । सभापति देउवा २५ हजार ५३४…

Read More

धनगढी – कैलालीमा मोटरसाइकलबाट खसेर एक युवकको ज्यान गएको छ । जिल्लाको गौरीगंगा नगरपालिका-१ मंगलपुरमा प्रदेश २-०३-०२० प १३९१ नम्बरको मोटरसाइकलबाट खसेर युवकको ज्यान गएको हो ।  प्रहरीका अनुसार मोटरसाइकलमा सवार कैलारी गाउँपालिका-८ बस्ने ३५ वर्षीय राजेश चौधरीको मृत्यु भएको छ । मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

काठमाडौँ – निर्वाचन आयोगले दोलखाका विवादित मतदान केन्द्रमा पुनः मतदान गर्ने मिति तोक्ने भएको छ । आइतबार साँझ बैठक बसेर आयोगले यसबारे निर्णय गर्न लागेको हो । दोलखामा आयोगले पठाएको छानविन टोलीको प्रतिवेदन आयोगमा आइपुगेकोले त्यसको अध्ययन गरेर पुनः मतदान गराउनुपर्ने अवस्था रहेमा त्यसबारे निर्णय गरिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए। गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका दिन दोलखाका केही मतदान केन्द्र विवादित बनेको थियो । बुथ कब्जा भएको भन्दै नेकपा एमालेले आयोगमा उजुरी गरेपछि आयोगले पठाएको जाँचबुझ टोलीले ६ वटा केन्द्रमा पुनः मतदान गर्न सिफारिस गरेको आयोग स्रोतको भनाई छ । दोलखाका कालिन्चोक गाउँपालिका…

Read More