अत्तरिया – डोटीको आदर्श गाउँपालिका-२ का ३८ वर्षीय भोजराज ओझा बेपत्ता भएका छन् । हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका-६ मौरीफाटा बस्दै आएका ओझा बुधबारदेखि बेपत्ता भएका हुन् । बिहान ५ बजे अत्तरिया बजारबाट फलफूल लिएर आउन्छु भनेर घरबाट निस्किएका उनी हालसम्म पनि फेला नपरेको उनका भाइ दीपकराज ओझले बताए । उनले दिउँसोसम्म पनि घर नफर्किएपछि खोजिका लागि प्रहरीमा पनि खबर गरेको बताए । उनको मोबाइल पनि स्वच अफ रहेको उनको भनाइ छ । उनले कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा ९८६२४९१६४८ मा खबर गरिदिन आग्रह गरेका छन् ।
Author: Saru Shrestha
कञ्चनपुर – कञ्चनपुरको दोदा नदि प्रभावित समूदायमा आधारभूत खोज तथा उद्धारसम्बन्धी तालिम सम्पन्न भएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) द्वारा सञ्चालित आर्थिक विकास मार्फत विपद् जोखिम व्यवस्थापन (एमरेड) परियोजनाको आयोजना तथा पुनर्वास नगरपालिकाको समन्वयमा दोदा जलाधार क्षेत्र प्रभावित समूदायहरूका लागि दुई इभेन्टमा गरि ८ दिने तालिम सम्पन्न भएको हो। जसअन्तर्गत वैशाख ३ गतेदेखि ६ गतेसम्म ४ दिन पहिलो इभेन्ट र वैशाख १० गतेदेखि १३ गतेसम्म ४ दिन दोस्रो इभेन्टको बुधबार समापन भएको छ। यो तालिमबाट ६२ जना सहभागिहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। एनएनएसडब्ल्यूए-एमरेड परियोजनाका कार्यक्रम सयोजक महेश घिमिरेले तालिमको अन्तिम दिन आज दोदा नदीमा खोज तथा उद्धारसम्बन्धी…
धनगढी – १३ औँ सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम भएकाे कैलालीलाई ट्रफि र नगद पुरुस्कार हस्तान्तरण गरिएकाे छ । सुदूरपश्चिम खेलकुद परीसदका सदस्य सचिव दिपक वहादुर सिहले एक कार्यक्रम बिच कैलालीका अध्यक्ष ललित खत्रीलाई ट्रफि र २५ हजार हस्तान्तरण गरेका हुन । सुदूरपश्चिमका बिभिन्न जिल्लामा भएका खेलमा कैलालीले २७ स्वर्ण, १२ रजत, ७ कास्य गरी ४७ पदक हात पारेको थियाे । ट्रफि बुझ्दै कैलाली जिल्ला अध्यक्ष खत्रिले खेलाडीकाे मेहनत र लगनशीलताले गर्दा नै पहिलाे भएको बताए । खेलाडी माथि हुने राजनितीका कारण बिगतका बर्षमा कम मेडल पाउने गरेकाे बताउदै उनले अबका दिनमा खेलकुदमा राजनिति बन्द गर्ने बताए…
धनगढी – मुक्त कमैया, बुक्रही र कमलरीको पुनः स्थापनाको माग गर्दै साइकल यात्रा गरिने भएको छ। मुक्त कमैया समाजले कैलाली र कञ्चनपुरमा वैशाख १४ देखि १७ गतेसम्म साइकल यात्रा गर्न लागेको हो। मुक्त कमैया समाजले बुधवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै कैलालीको टीकापुरको खड्क चोकबाट वैशाख १४ गते सुरु भएको साइकल यात्रा जानकी गाउँपालिकाको दुर्गाैली चोक, लम्की बजार हुँदै चाहानानगर पुग्ने बताएको छ। समाजले वैशाख १५ गते बरदागोरिया गाउँपालिकाको नौनिया बस्तीबाट सुरु भएको साइकल यात्रा सुखड, घोतरिन्या, जोशीपुर हुँदैन भजनी पुग्ने छ। १६ गते जिल्लाको भजनीबाट सुरु भएको साइकल यात्रा कैलाली गाउँपालिकाको विपतपुर, हसुलिया हुँदै गौरीगंगा पुग्ने छ। वैशाख १७…
काठमाडौँ – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा हुने ठगी रोक्न अनुगमन तीव्रता दिएको छ । ३ जना निर्देशकको नेतृत्वमा छुट्टा छुट्टै अनुगमन टोली बनाएर विभागले अनुगमन सुरु गरेको हो । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले विदेश जाने श्रमिकमाथि हुने ठगी र म्यानपावर व्यवसायका नाममा मौलाएको अनधिकृत काम कामकारबाही नियन्त्रण गर्न निर्देशन दिएपछि विभागले अनुगमन बढाएको बताएको छ । विदेशमा रोजगारीका लागि जाने श्रमिकमाथि हुने ठगी र अन्यायपूर्ण क्रियाकलाप नियन्त्रण गर्न अनुगमन बढाइएको विभागले जनाएको छ । सरकारले वैदेशिक रोजगारीको ठगी रोक्न भन्दै मलेसियासहित ६ वटा खाडी मुलुक जाने कामदारका लागि फ्रि भिसा र फ्रि टिकटको व्यवस्था लागु गर्ने निर्णय…
काठमाडौं – भक्तपुरको चाँगुनारायण नगरपालिका–५ खरिपाटीस्थित सेतीदेबी सामुदायिक जंगलमा एक पुरुषको शव भेटिएको छ । अन्दाजी ४०/४५ वर्षको पुरुषको शव झुण्डिएको अवस्थामा भेटिएको भक्तपुरका एसपी प्रजित केसीले जानकारी दिए । उनका अनुसार हरियो डोरीको पासोमा ती पुरुषको टाउको रुखमा झुण्डिएको अवस्थामा भेटिएको हो । शरीरको भाग भने सडेको अवस्थामा भुँईमा भेटिएको छ। घाँटीको भाग सडेर चुडिएपछि भुँईमा खसेको हुनसक्ने आशंका गरिएको छ ।
काठमाडौं – नेपाल प्रहरीका १३ डीआईजीको पदस्थापन गरिएको छ । वैशाख ६ गते बढुवा भएका डीआईजीलाई गृह मन्त्रालयले बुधबार पदस्थापन गरेको हो । तीन जना डीआईजीले प्रदेश प्रमुखको जिम्मा पाएका छन् । डीआईजी राजेशनाथ बास्तोला कोशी प्रदेश, जनक भट्टराई मधेश प्रदेश र भरतबहादुर बोहरा सूदुरपश्चिम प्रदेशमा पदस्थापन भएका हुन् । यस्तै सीआईबीमा यज्ञविनोद पोख्रेल, विमानस्थलमा अर्जुन चन्द ठकुरी र महानिरीक्षकको सचिवालयमा कुवेर कडायतले जिम्मेवारी पाएका छन् ।
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै सरकारी, निजी, सामुदायिक अस्पताल , प्रतिष्ठान तथा मेडिकल कलेजलाई पत्र लेख्दै २०७७ दफा ७० (घ) अनिवार्य रुपमा पालना गर्न निर्देशन दिएको हो । मापदण्ड कार्यान्वयन नगर्ने स्वास्थ्य संस्थालाई कारबाही गर्ने मन्त्रालयले चेतावनी समेत दिएको छ । विपन्न, असहाय र बेवारिसे बिरामीका लागि अस्पतालले कुल शय्याको दश प्रतिशत बेड छुटाएर निःशुल्क उपचार गराउनुपर्नेमा सो कार्यान्वयन नभएकाले तत्काल कार्यान्वयन गर्न मन्त्रालयको निर्देशनमा आग्रह गरिएको हो । बिरामीले संस्थाबाट सेवा प्राप्त गर्न लाग्ने शुल्क, प्रक्रिया तथा…
काठमाडौँ – बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय भएको छ । आज अपराह्न बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा कानूनमन्त्री गङ्गानारायण श्रेष्ठका अनुसार बैठकले प्रदेश सरकारी कामकाजको भाषासम्बन्धी विधेयकको मस्यौदा तयारीका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । यसैगरी बैठकले युवा वैज्ञानिक कोष सञ्चालन विधेयकको मस्यौदा तयारीको सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको सरकारका प्रवक्ता श्रेष्ठले बताए ।
सिरहा – सिरहामा भारतीय बजारबाट तस्करीका समान बोकेर आएकाे सिरहा चोहर्वास्थितको नरहामा म्याजिक अनियन्त्रित भएर दुर्घटना हुँदा चारजना घाइते भएका छ्न्। प्रहरीको आँखा अगाडि बाटै तस्करीका ओभरलोड समान सहित नरहाको चोहर्वा स्थित अनियन्त्रित भइ म्याजिक दुर्घटना हुदा तीन जना घाइते भएका हुन । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। नरहा गाउँपालिका ३ खोरीयाटोल नजीक सिरहाबाट चोहर्वातर्फ आइरहेको ज १ ज २९९ नम्बर सेतो म्याजिक दुर्घटना हुँदा कर्जन्हा नगरपालिका ३ बन्दिपुरका ५१ वर्षीय शिवसती यादव, २२ वर्षिय पिन्का यादब, ६० वर्षिय भोला यादव र सिरहाको खिरौनाका ४० वर्षीया सरितादेवी साह (गुप्ता) घाइते भएका ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी हरिकृष्ण केसीले जानाएको छ। घाईते…