Author: Saru Shrestha

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनमा एक सय ६२ जना निर्वाचित हुँदा १० उम्मेदवार जम्मा दुई सय मतभन्दा कम मतान्तरले पराजित भएका छन् । प्रदेशगत हिसाबले हेर्दा प्रदेश नं १ बाट पाचँथर–१ मा नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङले ४६ मतले नेपाली कांगे्रसका भीष्मराज आङदेम्वेलाई, इलाम–२ मा एमालेका सुवासचन्द्र नेम्वाङले एक सय १४ मतले कांग्रेसका डम्बरबहादुर खड्कालाई, सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले एक सय १२ मतले एमालेका जगदीशप्रसाद कुसियैतलाई पराजित गरेका छन् । मधेस प्रदेशबाट धनुषा–२ मा कांग्रेसका रामकृष्ण यादवले एक सय ५७ मतले एमालेका उमाशङ्कर अरगरियालाई, धनुषा–४ मा एमालेका रघुवीर महासेठले एक सय २४ मतले कांग्रेसका महेन्द्र यादवलाई, पर्सा–३ मा एमालेका राजकुमार गुप्ताले…

Read More

काठमाडौं- दोलखाको १० मतदान केन्द्रमा आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको पुनः मतदानमा ५० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार ५० प्रतिशत मत खसेको र निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । कति बजेदेखि मतगणना सुरु गर्ने भन्ने विषयमा अहिले सर्वदलीय बैठक बसिरहेको छ । ती मतदान केन्द्रमा चारवटा बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका छन् । सो जिल्लाको वैतेश्वर गाउँपालिका वडा नंं ६ स्थित वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठ मतदान केन्द्रको क र ख, वडा नं ३ कालिढुङ्गा माध्यमिक…

Read More

बागलुङ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनतासँग बाचा गरेका कामहरु आगामी पाँच वर्षमा सम्पन्न गर्ने बताएका छन् ।  बिहीबार ढोरपाटन नगरपालिकाका मतदातालाई धन्यावाद दिँदै उनले ५ वर्षमा जनतासँग बाचा गरेका काम सम्पन्न गर्ने बताए । यसअघि गर्न नसकेका काम पनि रहेको बताउँदै उनले पहिलेका बाँकी काम र अहिले जनतामाझ गरेका प्रतिबद्धता आगामी पाँच वर्षमा क्रमश पूरा गर्न पनि अहिलेकै गठबन्धन नेतृत्वमा सरकार आवश्यक रहेको बताए । संघ र प्रदेशको सरकार गठबन्धनका बन्ने बताउँदै बागलुङको विकाशका लागि गठबन्धनका नेतासँग समन्वय गरी काम गर्ने उनको भनाइ छ । ‘प्रदेश र संघमा गठबन्धनको सरकार बनाउँछौं,’ उनले भने, ‘गठबन्धनको सरकार हुँदा जनताका…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री देउवाले राउतलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेकोमा उनी सकरात्मक रहेको बताइएको छ । संघ र प्रदेशमा समेत सहकार्य गरेर अघि बढ्ने प्रस्ताव देउवाले गरेकोमा राउतले सरकारमा जान आफू सकारात्मक रहेको बताएका थिए । कांग्रेस नेतृत्वमा लोकतान्त्रिक सरकार गठन गर्न दुई नेताबीच सहमति भएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए । ‘भर्खरै जनमत पार्टीका अध्यक्ष राउत र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा भेट भयो । दुवै नेताबीचको छलफल सकारात्मक भयो । कांग्रेससँग संघ र प्रदेश दुवै तहमा…

Read More

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव किशोरबहादुर सिंहको निधन भएको छ । गए राति एक्कासी स्वास्थ्यामा समस्या देखिएपछि उपचारका लागि थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना गरिएकोमा उनको उपचारकै क्रममा उहाँको बिहीबार दिउँसो १२:३० बजे निधन भएको बताइएको छ । सिंहको ७५ वर्षको उमेरमा निधन भएको छ । सिंह २०५९ देखि २०६३ सम्म राखेपको सदस्य सचिव भएका थिए । ब्याडमिन्टनका पूर्व खेलाडी समेत रहेका सिंह ६ पटक राष्ट्रिय च्याम्पियन भएका थिए । सिंह नेपाल ब्याडमिन्टन संघको अध्यक्षसमेत भएका थिए । स्वर्गीय सिंहको पार्थिव शरीरलाई बिहीबार नर्भिक अस्पतालमै राखिने र भोलि (शुक्रबार) उनकी छोरी लन्डनबाट स्वदेश फर्किएपछि टाँहाचल…

Read More

धनगढी – निर्वाचन सम्पन्न भएको १२ दिनपछि बाजुरामा मत गणना सुरु भएको छ । बुधबार निर्वाचन आयोगले मंसिर ४ गते खसेको मतलाई गणना गर्न निर्देशन दिएपछि बाजुरमा आज दिउँसो पौने ४ बजे देखि मत गणना सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार नै सवैदलिय बैठक बोलाएको भएपनि नेकपा एमालेका प्रतिनिधिको सहभागिता नभएपछि आज बिहान मात्रै सर्वदलिय बैठक बसेको थियो । सर्वदलिय बैठकले दिउँसो साढे ३ बजे देखि मतगणना गर्ने निर्णय गरेको थियो । मंसिर ४ गतेको निर्वाचनमा धाँधली भएको र बुथ कब्जा समेत भएको भन्दै नेपाली कांग्रेस र नेकपा एमालले एक अर्कालाई आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी दिएको…

Read More

स्याङ्जा – स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले १६९२ मतसहित अग्रता कायम गरेका छन् । उनले पछिल्लो मतगणनाअनुसार ६ हजार ६२५ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार पद्मा अर्यालले ४ हजार ९३३ मत पाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले एक हजार ८७५ मत प्राप्त गरेका छन् ।

Read More

सप्तरी – सप्तरीको सुरुङ्गा नगरपालिका मधेश प्रदेशकै पहिलो वालविवाह मुक्त नगरपालिका घोषना गरेको छ । सप्तरी क्षेत्र ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले बुधबार एक कार्यक्रमबीच बालविवाह मुक्त नगरपालिका घोषणा गरेको हो । सवल नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा सुरुङ्गा नगरपालिका कार्यालयले नगरलाई पूर्ण रूपमा बालविवाह मुक्त नगर भनेर घोषणा गरिएको नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले जानकारी दिए । नगरले चालु आर्थिक वर्षमै पास गरेको बालविवाह मुक्त अभियान संचालन निर्देशिका २०७९ अनुसार नगरपालिकाको वडामा बालविवाहको घटना तथ्यांक, उजुरी, बालबालिकालाई अनिवार्य जन्मदर्ता लगायत १४ वटा सूचकको आधारमा वालविवाह मुक्त नगर घोषणा गरिएको नगर प्रमुख गीता चौधरीले जानकारी दिइन्…

Read More

बाजुरा – बाजुरामा आज बुधबार पनि मतगणना सुरु सकेको छैन । आज दिउँसो बसेको सर्वदलीय बैठकमा सबै दलका प्रतिनिधि नआएपछि भोलि बिहीबार बिहान ७ बजे पुनः बैठक बस्ने र गणना थाल्ने विषयमा छलफल हुने मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए । यस्तै स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा भने आज राति ९ बजेदेखि मतगणना सुरु हुने छ । आजै निर्वाचन आयोगले स्याङ्जा २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गर्दै दलहरूबीच सहमति गरेर मतगणना गर्न जिल्ला निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।

Read More

डोटी – डोटीमा हेलिकप्टरबाट एक सुत्केरी महिलाको उद्धार गरिएको छ । उच्च रक्तश्राव भएपछि जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर ५ लाना केदारेस्वरकी २७ वर्षीया अमृतादेवी बोहराको हेलिकप्टरबाट उद्धार गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । सामुदायिक स्वास्थ्य इकाइ लाना रन्तोलामा उच्च रत्तश्राव भएपछि उनलाई विभिन्न निकायको पहलमा थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम ठाउँका गर्भवती तथा सुत्केरी महिलालाई आवश्यक परेमा हेलिकप्टरबाट उद्धार गर्ने गरिएको छ ।

Read More