काठमाडौँ – गण्डकी प्रदेशसभाबाट स्वीकृत भएका अध्यादेश प्रतिस्थापन गर्ने गण्डकी सरकारले तयारी गरेको छ । गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाबाट स्वीकृत भइसकेपछि प्रतिस्थापन विधेयक ल्याउन लागेको हो । माघ १९ गते गण्डकी प्रदेशसभाले दुइटा अध्यादेश स्वीकृत भएका थियो । अघिल्लो सरकारका कानुन मन्त्री विन्दु थापाले अधिवेशन सुरु भएको पहिलो दिन पुस १८ गते उक्त अध्यादेश टेबुल गरेका थिए । उक्त अध्यादेश सर्वसम्मतिले स्वीकृत भए पनि ऐनका मान्यता दिन प्रतिस्थापन विधेयक ल्याउन सोमबार प्रदेशसभामा दर्ता हुँदै छ ।…
Author: Saru Shrestha
धनगढी – कैलालीका चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले जुम्ला तातोपानी गाउँपालिका–४ रावतवडाका ५० वर्षीय तुलबहादुर खत्री र अछामको बिनायक नगरपालिका–६ तोलीका ३६ वर्षीय तुलबहादुर विक पक्राउ परेका हुन् । विकले चलाएको से.५प ८०३१ नम्बरको मोटरसाईकल पछाडी सवार खत्रीको झोलाबाट ७ फिट १० ईन्च लम्बाई र चार फिट ७ इन्च चौडाई भएको एक थान चितुवाको छाला र बन्यजन्तुका विभिन्न हड्डी दुई किलो ९५० ग्रामसहित आइतबार दुवै जना पक्राउ परेका हुन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ – लुम्बिनी प्रदेशमा मन्त्री हेरफेरको तयारी भइरहेको छ । मुख्यमन्त्री लीला गिरीले जनता समादवादी पार्टी (जसपा)लाई सरकारमा सहभागी गराउने गरी मन्त्री हेरफेर गर्न लागेका हुन् । मुख्यमन्त्री निकट स्रोतका अनुसार नेकपा एमालेका एक मन्त्रीलाई बिनाविभागीय बनाएर जसपालाई मन्त्री दिन लागिएको छ । यसअघि मन्त्रिपरिषद् विस्तारका क्रममा एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय लिएको थियो । त्यसमध्येबाटै जसपा सरकारमा आएको अवस्थामा एमालेले लिएको मन्त्रालयबाटै दिने भन्ने सहमति गरिएको थियो । त्यहीअनुसार मुख्यमन्त्री गिरीले एमालेका कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमै राखेर जसपा संसदीय दलका नेता भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्थामन्त्री बनाउन लागिएको हो । त्यस्तै, मुख्यमन्त्री गिरीले माओवादी केन्द्रबाट…
काठमाडौँ – चर्चित व्यवसायीसमेत रहेका एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईँले पार्टी परित्याग गरेका छन् । प्रसाईँले पूर्वराज परिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेपछि एमालेको स्थानीय कमिटीले केन्द्रमा कारबाही सिफारिस गरेको थियो । तर, पार्टीले निर्णय नलिँदै उनी आफैँले एमालेबाट अलग भएका हुन् । प्रसाईँले आजै काठमाडौँ आएर पार्टी अध्यक्षसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन् । एमाले केन्द्रीय समितिको बैठकले २०७८ मंसिर २६ मा प्रसाईँलाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो । विगतमा माओवादी अध्यक्ष प्रचण्डनिकट उनी पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र बनेका थिए । अहिले उनी पूर्व राजासँग नजिकिएका छन् ।
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ । शनिबार बिहान बालुवाटारमा भएको भेटवार्तामा निधिले कालीगण्डकीको शिला भारतको अयोध्यामा हस्तान्तरण गरेको बारेमा जानकारी गराएका उनको सचिवालयले जनाएको छ । नेपाल सरकारको स्वीकृति र गण्डकी प्रदेश सरकारको निर्णयमा जनकपुरधामको जानकी मन्दिरले कालीगण्डकी नदी क्षेत्रको दुई वटा शिला भारतको अयोध्यास्थित राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गरेको थियो र उक्त कार्यक्रममा निधि सहभागी भएका थिए । त्यस्तै निधिले आफ्नो बाबुको नाममा रहेको महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्ने महेन्द्र नारायण निधिको जन्म जयन्ती समारोहमा प्रचण्डलाई निम्तो पनि गरेका उनको सचिवालयले जनाएको छ…
बैतडी – भीरबाट लडेर बैतडीको दशरथचन्द नगरपालिका–४ जर्गका ४३ वर्षीय धनी चन्दको मृत्यु भएको छ। चन्दको भिटेजर्गस्थित सलहाल्ने भीरबाट लडेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। भीरबाट लडेर करिब ५ मिटर तल चन्द मृत अवस्थामा फेला परेका हुन्। मृतक चन्दको शव परीक्षणपश्चात् आफन्तको जिम्मा लगाइएको छ।
काठमाडौँ – आफ्नो खातामा मौज्दात नभएको जानकारी हुँदाहुँदै पनि चेक काटिदिने गल्ती (चेक बाउन्स) लाई बैङ्किङ कसुर मानिने विद्यमान व्यवस्था परिमार्जन गर्न विकास बैङ्कहरूले आग्रह गरेका छन् । डेभलपमेण्ट बैंकर्स एसोसिएसनले शुक्रबार बैङ्किङ कसुर तथा सजाए ऐन ०६४ लाई संशोधनको माग गर्दै राष्ट्र बैङ्क समक्ष बुझाएको सुझावमा यस्तो विषय उल्लेख छ । पछिल्ला वर्षहरूमा कालोसूचीमा पर्नेमध्ये अधिकांश चेक बाउन्सको मुद्दाका कारण रहेका छन् । यस कारण यो प्रवृत्ति निरुत्साहित गर्नका लागि चेक बाउन्सको विषयलाई बैङ्किङ कसुर तथा सजाय ऐनबाट हटाएर विनिमय अधिकार पत्र ऐन ०३४ अन्तगत राख्नुपर्ने एसोसिएसनको माग छ । यस्तै, कसुर पुष्टि हुने प्रमाण प्राप्त भएपछि मात्र बैङ्कका…
काठमाडौँ – पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरूलाई सहकार्यको प्रस्ताव राखेका छन् । देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्न नहुने उनले बताएका हुन् । राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्व सन्ध्या शुभकामना सन्देश जारी गर्दै शाहले नेपालको निरन्तर अधोगति प्रति अब आफू मौन रहन नसक्ने बताउँदै उनले पछिल्ला वर्षहरूमा देशको दीर्घकालीन शान्ति ,स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा चिरा पर्न थालेको प्रति चिन्ता व्यक्त गरेका छन् । पूर्व राजा शाहले हालै सम्पन्न आमनिर्वाचनमा युवाहरूको सहभागिता र केही आशालाग्दा नतिजाहरूबाट मुलुकको आगामी दिशाबारे आङ्कलन गर्न…
सुर्खेत – जुम्लामा ग्यास लिक भएर आगलागी भएको छ । चन्दननाथ नगरपालिका- ६ बसपार्कस्थित मेघराज न्यौपानेको घरमा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार न्यौपानेको तीनतले घरको ग्राउण्ड फ्लोरमा आगलागी हुँदा ४ वटा कोठा, गल्ली र माथिल्लो तला जाने भर्याङमा क्षति भएको छ । प्रहरीका अनुसार सो घरमा भाडामा बसेका नवराज खड्काले खाना पकाउँदै गर्दा रेगुलेटरमा आगो निस्केर आगलागी भएको हो । आगो निभाउन खोज्दा ग्यास सिलिण्डर ढलेर अन्य कपडामा समेत आगो फैलिएको थियो । आगो नियन्त्रणमा आइसकेको छ । प्रहरी निरीक्षक जोशीका अनुसार घटनाको जानकारी भएपछि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी…
काठमाडौं – नेपाली सेनाले एकैपटक पाँच सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्मालाई सेनाले मादलमा कायम गरेको कीर्तिमानको प्रमाणपत्र गिनिजबुक अफ वल्र्डका नेपाल प्रतिनिधि हस्तान्तरण गरे । सेनाले सङ्गठन स्थापनाको दुई सय ६०औँ वार्षिकोत्वका अवसरमा टुँडिखेलमा यही फागुन ४ गते उक्त सङ्ख्यामा मादल बजाएर विश्व रेकर्ड कायम गरेको प्रमाणपत्र संस्थाका नेपाल प्रतिनिधि सागर कटुवालले आज हस्तान्तरण गरेको हो। मादल नेपाली समाजमा अत्यधिक प्रयोगमा आउने बाजामध्ये प्रमुख मानिन्छ । नेपाली मौलिक चाड दशैँ, तिहार, सक्रान्ति, देउसी, भैलो, जात्रालगायतका अरु विभिन्न…