काठमाडौँ – आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ समावेशी समूहमा खस आर्य समूहका उम्मेदवारको बाहुल्य देखिएको छ । प्रतिनिधिसभातर्फ कूल दुई हजार चार सय १२ उम्मेदवारमध्ये खस आर्य समूहमा सबैभन्दा बढी एक हजार १७ जनाको उम्मेदवारी कायम भएको निर्वाचन आयोगको तथ्याङ्क छ । आदिवासी जनजाति समूहमा छ सय ४१, मधेसी समूहतर्फ पाँच सय छ, दलिततर्फ ९७, मुस्लिमतर्फ ८२ र थारु समूहतर्फ ६९ जनाको उम्मेदवारी कायम भएको छ । प्रदेशसभातर्फ पनि खसआर्य समूहका उम्मेदवार बढी देखिएका छन् । खसआर्यतर्फ एक हजार ५५ जनाको उम्मेदवारी कायम भएको छ । प्रदेशसभा सदस्य निर्वाचनका लागि तीन हजार २२४…
Author: Saru Shrestha
भैरहवा – गृहमन्त्री बालकृष्ण खाँणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारी भर्ना गर्दा स्थानीयलाई प्राथमिकता दिइने बताएका छन्। उनले विमानस्थलमा नयाँ रोजगारी खुल्दा र अन्य अवसरमाहरु समेत स्थानीयले प्राथमिकता पाउने भन्दै त्यसतर्फ आफूले पहल गर्ने जनाएका छन्। रुपन्देही( ३ मा पाँच दलीय सत्ता गठबन्धनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहेका गृहमन्त्री खाँणले शनिबार भैरहवामा आयोजित गठबन्धनको कार्यक्रममा बोल्दै स्थानीयले आफ्नो जग्गा उपलब्ध गराएपछि मात्र विमानस्थल निर्माण सम्पन्न भएकाले नयाँ रोजगारी खुल्दा स्थानीयलाई योग्यता अनुसारको रोजगारीमा प्राथमिकता पाउने बताए। ‘स्थानीयले जमिन नदिएको भए विमानस्थल बनाउन कठिन हुन्थ्यो, त्यसैले विमानस्थल निमार्णका लागि पुस्तौंदेखि बस्दै आएको जग्गा दिएर योगदान पुर्याएकाहरुले नै हरेक अवसरमा…
विराटनगर – भारतबाट ल्याइएको झण्डै आठ लाख मूल्य बराबरको अवैध पटका सशस्त्र प्रहरीले झापा र सुनसरीबाट बरामद गरेको प्रहरीले जनाएको छ । तिहार, छठलगायतका पर्वलाई लक्षित गरेर नेपाल भित्राइएको अवैध पटका सशस्त्रले नियन्त्रणमा लिएकाको हो । पटका ओसारपसारमा संलग्नहरू भने सशस्त्रलाई देखेपछि फरार बनेका थिए । बोरामा प्याक गरेर ल्याइएको विभिन्न प्रकारका १० बोरा पटका झापाको झापा गाउँपालिका-१ बाट बरामद भएको प्रहरीको भनाइ छ । सशस्त्र प्रहरी निरीक्षक विभूराज दाहालको नेतृत्वमा खटिएको टोलीले सात लाख ५० हजार मूल्य बराबरको पटका बरामद गरेको हो । त्यस्तै सशस्त्र प्रहरीले सुनसरीको हरिनगरा गाउँपालिका-१ बाट शुक्रबार विभिन्न प्रकारका पटका बरामद गरेको छ । सशस्त्र…
सप्तरी – सशस्त्र प्रहरीका असई सत्यनारायण यादवको हत्या प्रकरणको समाचार संकलनमा खटिएका सप्तरीका सञ्चारकर्मीलाई समाचार संकलन गर्न सशस्त्र प्रहरीले अवरोध गरेको छ । गोरगामास्थित सशस्त्र प्रहरीको ६ नम्बर हेडक्ववाटरले समाचार संकलन गर्न गएका पत्रकारलाई अवरोध गरेको हो । नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण देव,कान्तिपुरका अवधेशकुमार झा, आरएन विश्वास, एभिन्युजकर्मी वैद्यनाथ यादव,सञ्चारकर्मीद्वय विद्यानन्द राम र सौरभ यादवलाई समाचार संकलनमा सशस्त्र प्रहरीले अवरोध गरेको एभिन्युजकर्मी वैद्यनाथ यादवले बताए । गोरगामास्थित सशस्त्र प्रहरीको हेडक्वाटरमा दरबन्दी भई बिओपी छिन्नमस्ता कार्यरत असई सत्यनारायण यादव असोज १८ गतेदेखि बेपत्ता भएको थियो । असोज २० गतेको उनको शव सीमावर्ती बिहारको जिरोगास्थित घोडदह खोलामा फेला परेको…
काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले पदबाट राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी (जसपा)सँग भएको चुनावी तालमेलप्रति असहमति जनाउँदै न्यौपानेले राजीनामा दिएका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जसपासँग गरेको सहमति जनताको माग विपरीत भएको उनको दाबी छ । तत्कालिन चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष रहेका न्यौपानेले २०७४ सालमा पार्टीलाई एमालेमा विलय गरेका थिए । एमालेले जसपासँग तराई मधेसका १४ जिल्लामा चुनावी तालमेलको सहमति गरेको छ ।
राम धामी,डडेल्धुरा – सत्तारुढ गठबन्धनका मुख्य नेतासमेत रहेका नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तीन पटक आफुसँग पराजित माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टसँग सहकार्य गरेर चुनावी मैदानमा उत्रिएका छन्। डडेल्धुरामा गठबन्धन नगरेर स्वच्छ प्रतिष्प्रर्धा गर्ने नेपाली काँग्रेस जिल्ला कार्यसमितिको निर्णय विपरित पछिल्ला तीन पटकका निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी रहेका भट्टलाई प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’बाट गठबन्धनको उम्मेदवार बनाएका प्रधानमन्त्री देउवाले माओवादीसँग सहकार्य गरेर चुनाव जित्ने रणनीति बनाएका हुन् । प्रधानमन्त्री देउवाले मात्रै होइन, उनीसँग प्रतिनिधि सभा सदस्यका लागि प्रतिष्पर्धा गरिरहेका नेपाली काँग्रेस (विपी)का बरिष्ठ उपसभापति कर्णबहादुर मल्लले पनि २०७४ सालको निर्वाचनमा आफुसँग प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ मा…
काठमाडौं – निर्वाचन आचारसंहिता, २०७९ उल्लंघन गर्ने व्यक्ति तथा संस्थालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि लागू गरिएको आचारसंहिता उल्लंघन गरेकाहरूलाई आयोगले स्पष्टीकरण सोधेको हो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, पचरौता नगरपालिकाका नगरप्रमुख जलन्धर सिंह जैसवार, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अधिकृत गोकुल बस्ती, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत, हाम्रो नेपाल पार्टीका अध्यक्ष अनन्तराम घिमिरे र प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं.१ नुवाकोटका उम्मेदवार बद्री मैनालीलाई स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए । आयोगमा परेका उजुरी तथा प्राप्त जानकारी विषयमा आयोगले…
काठमाडौं – काठमाडौं ५ मा स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शनाले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन् । विवेकशील साझा पार्टीको राजनीतिबाट समेत अलग भएकी रञ्जुले शनिबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन् । घोषणपत्रमा उनले निर्वाचन क्षेत्र केन्द्रित योजना र व्यक्तिगत प्रतिबद्धता समावेश गरेकी छन् । आफूले चुनाव जितेमा संसद्का हरेक बैठकमा उपस्थित हुने, संसदमा सशक्तरुपमा प्रस्तुत हुने, निर्वाचन क्षेत्रका समस्या संकलन गर्ने, साप्ताहिक भेला गर्नेलगायतका प्रतिबद्धता जनाएकी छन् । आफ्नो निर्वाचन क्षेत्रमा खानेपानीको समस्या समाधान गर्ने, ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रको संरक्षण गर्ने, भूमिगत पानीको अध्ययन गर्नेलगायतका प्रतिबद्धता उनको घोषणापत्रमा उल्लेख छ । उनले सत्ता गठबन्धनको समर्थनमा कांग्रेसका प्रदी…
पोखरा – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जालको प्रयोग चुनावका लागि ठूलो चुनौती भइरहेको बताएका छन् । नेपाल टेलिभजनका देशभरिका संवाददाताहरुलाई निर्वाचनका सम्बन्धमा गरिने रिपोर्टिङका बारेमा अभिमुखिकरण गर्न आयोजित कार्यक्रममा उनले सामाजिक सञ्जालमा गलत सूचना र झुटो विवरण पनि आउने भएकाले त्यसतर्फ सचेत रहनु पर्ने बताए । दलका मुद्दाका बारेमा नागरिकमाझ बहस चलाउने जिम्मेवारी मिडियाको हो भने उनले भने, ‘यो काम पुर्वाग्रह रहित रुपमा गरिदिनु पर्छ ।’ उनले सबै उम्मेदवारलाई समान अवसर दिन सञ्चार माध्यमहरुलाई आग्रह पनि गरे । उनले राजनीतिक दलहरु र उम्मेदवार माथि प्रेसले प्रश्न गरिरहनु पर्ने बताए । सञ्चार माध्यमले स्वनियमन गर्न थाले धेरै समस्या हल…
काठमाडौं – पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार सार्वजनिक गरेको तथ्यांकअनुसार १७ सय ६३ जनाको नमुना परीक्षण गर्दा ५२ जनामा कोरोना पुष्टि भएको हो । यस्तै, मन्त्रालयका अनुसार हाल नेपालमा ६ सय ६७ जना संक्रिय कोरोना संक्रमित छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको उपचार गराइरहेकामध्ये १६ जना डिस्चार्ज भएको मन्त्रालयले जनाको छ । नेपालहा कोरोना संक्रमणका कारण हालसम्म १२ हजार १८ जनाले ज्यान गुमाएको मन्त्रालयको तथ्यांक छ । ७७ जिल्ला मै पुग्यो डेंगु, ४७ जनाको मृत्युमन्त्रालयका अनुसार प्रकोपको रुपमा फैलिएको डेंगु ७७ जिल्लामा पुगेको छ । हालसम्म ३८ हजार नौ…