Author: Saru Shrestha

लमजुङ – इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय लमजुङले निर्देशन दिएको छ। प्रशासनले सार्वजनिक सूचना जारी गर्दै प्रशासनले ५ कात्तिकभित्र हातहतियार बुझाइसक्न निर्देशन दिएको हो। ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुशील वैधले बताए । हातहतियार निर्वाचन सम्पन्न भएको एक हप्तापश्चात् फिर्ता गरिनेछ । हातहतियार तोकिएको समयमा नबुझाए कानुननुसार कार्बाही गरिनेछ ।

Read More

काठमाडौं – काठमाडौंको नागढुंगामा सवारी साधनको चाप बढेकाले त्यहाँबाट सुरू भएको आज बिहानको जाम थानकोटसम्म आइपुगेका थियो। सवारी साधनको लाम शुक्रबार साँझ पनि उत्तिकै थियो। काठमाडौंको कलंकी होस् या अन्य विभिन्न नाकामा त्यसैगरी सवारी साधनको चाप छ। यात्रुको भीड पनि उत्तिकै छ। प्रहरीलाई सवारी साधनको भीड मिलाउन हम्येहम्ये परिरहेको सडकमा देख्न सकिन्छ। हिन्दूको महान पर्व दसैंको मुख्य दिन नजिकिएसँगै काठमाडौं उपत्यका छाड्ने नेपालीको संख्या दिनदिनै बढ्दो छ। अन्य समयमा शनिबार प्रायः खाली हुने काठमाडौंका सडकमा आज भने सवारी साधनको बाक्लो उपस्थिति छ। पोका(पुन्तुरा बोकेर मानिस उपत्यका छाड्न हतारिएका दृष्य विभिन्न क्षेत्रमा देख्न सकिन्छ। टिकट काटेकाहरू सवारीसाधन कुरिरहेका देखिए भने टिकट…

Read More

उदयपुर – जिल्ला प्रहरी कार्यालय उदयपुरले प्रहरी हुँ भन्दै ठगि हिड्ने दुई जना युवालाई नियन्त्रणमा लिएको छ । सर्वसाधारणलाई धम्की दिदै आफु सिभिल प्रहरी भएको भन्दै ठगी गर्ने रौतामाई गाउँपालिका– ७ मुर्कुर्चीका २३ वर्षका दिलिप भन्ने दिपेश लुङ्गेली मगर र त्रियुगा नगरपालिका– १२ पुरानो गाईघाटका ३३ वर्षका सन्तोष राईलाई नियन्त्रणमा लिएको हो । उनीहरुले चौदण्डीगढी नगरपालिका– ८ घर भई त्रियुगा नगरपालिका–१२ त्रिवेणी टोलमा बस्दै आएका राजबल राईलाई नियन्त्रणमा लिई आफूहरु सिभिल प्रहरी हुँ भन्दै जबरजस्ती २० हजार नगद र मुक्तिनाथ बिकास बैंकको चेकमा ५० हजार काट्न लगाई हस्ताक्षर गराई रेडमी-८ मोडलको स्मार्ट मोबाईल समेत लगेका थिए । नगद तथा चेक…

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५९१ जनाको पिसिआर र एक हजार ७४१ जनाको एन्टिजेन परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका सँगै देशभर ९२५ जना सक्रिय संक्रमित रहेका छन् । आज ९६ जना संक्रमण मुक्त भएका छन् । आज कसैको मृत्‍यु भएको छैन ।

Read More

काठमाडौं – चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण र उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको ‘पर्वोत्सव’ सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढेको छ । दैनिक उपभोग्य वस्तुमा दिइएको छुटका कारण यस्ता पसलमा उपभोक्ताको आकर्षण बढेको हो । सरकारको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यही असोज १ गतेदेखि ४१ जिल्लाका ४५ स्थानमा सुपथ मूल्य पसल सञ्चालमा ल्याएको छ । काठमाडौँमा मात्रै चार स्थानमा सुपथ मूल्य पसल सञ्चालित छन् । ती पसल आगामी कात्तिक १५ गतेसम्म चल्नेछन् । अन्य बजारको तुलनामा खाद्य व्यापार कम्पनीको सुपथ मूल्य पसलमा दैनिक उपभोग्य वस्तुको मूल्य कम रहेकाले उपभोक्ताको भीड बढेको कम्पनीका…

Read More

काठमाडौ – जनता समाजवादी (जसपा) नेपालले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा कसैसँग पनि तालमेल नगर्ने भएको छ । आज बसेको जसपा कायॅकारिणि समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ ‘हाम्रो पार्टीको समेत सहभागितामा रहेको ५ दलीय गठवन्घनमा आगामी हुने संघीय संसद र प्रदेश सभा सदस्यको निर्वाचनमा सिटको तालमेल को सम्वन्घमा भई रहेको सिट बांटफांडसम्बन्धी छलफलमा हाम्रो पार्टीको लागि सन्तोषजनक अवस्था नदेखिएको हुंदा यसका अतिरिक्त सम्भव भए सम्म विकल्प को रूपमा अन्य राजनीतिक दलहरूसंग पनि निर्वाचनमा सिटको तालमेल गर्न सकिने छ । सो पनि हुन नसकेको अवस्थामा जसपा नेपाल एक्लै…

Read More

काठमाडौँ – लोक सेवा आयोगले खरिदारको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले विज्ञापन नम्बर ११९१०-११९१६र०७६-०७७(खुल्ला, समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्र अनङ्कित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदमा नियुक्तिको लागि सिफारिस भएका उम्मेदवारहरूले प्राप्त गरेको कुल अङ्कका आधारमा एकमुष्ट योग्यता क्रम सूची सार्वजनिक गरेको हो । Download

Read More

मोरङ – किराँत राई यायोक्खाले प्रदेश नं १ को नाम किराँत प्रदेश राख्न माग गरेको छ । यायोक्खाको ११ औँ महाधिवेशनको बन्द सत्रले प्रदेश नं १ को नाम किराँत राख्न निर्णायक आन्दोलन गर्ने निर्णय गरेको महासचिव भीम राईले जानकारी दिए । महाधिवेशनमा किराँत जातिको भाषा, संस्कृति, संस्कार र लिपिका विषयमा पनि छलफल भएको थियो । महाधिवेशनले २१ बुँदे घोषणा पत्र जारी गर्दै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि ल्याइने प्रतिवद्धता पत्रमा पनि यो विषय पार्न राजनीतिक दलसँग यायोक्खाले माग गरेको छ । किराँत राई समूदायको मातृभाषामा पढाइ हुँदै आएका पुस्तक किराँत सिरिजङ्गा लिपिमा परिणत गर्ने व्यवस्था गर्न…

Read More

मेलम्ची – गत वर्षको बाढीले पक्की पुल बगाएको मेलम्ची र इन्द्रावतीको दुई स्थानमा अस्थायी पुल हालिएको छ। विसं २०७८ असारमा मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सात पक्की पुल र ११ झोलुङ्गे पुल बगाएको थियो। नगरपालिकाले मेलम्ची र इन्द्रावती नदीमा ह्युमपाइप राखेपछि दसैंमा यातायात सहज भएको छ। नगरपालिकाले गए राति इन्द्रावती नदीमा ह्युमपाइप राख्ने काम सम्पन्न गरेको छ। बिहानैदेखि यहाँ यातायातका साधन सञ्चालनमा आएका छन्। नगरपालिकाले वडा नं ११ फट्टे मेलम्ची नदीमा एक हप्ताअघि नै ह्युमपाइप राखेर यातायात सञ्चालन भइसकेको इञ्जिनियर राजु दङ्गालले जानकारी दिए। दुवाचौरका व्यापारी जितु भारतीले अब सहजै सामान मेलम्चीबाट ल्याएर बेच्न सकिने भन्दै खुसी व्यक्त गरे।…

Read More

काठमाडौं – डेंगुको प्रकोप बढिरहेका बेला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दसैँका बेला परीक्षण बन्द गर्ने भएको छ । काठमाडौं उपत्यकामा डेंगुका संक्रमित ह्वात्तै बढेपनि प्रयोगशालाले प्राथमकिता नदिएको हो । आइतबारदेखि असोज २२ गतेसम्म ल्याब बन्द हुने निमित्त निर्देशक लिली श्रेष्ठद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । तर कोरोना परीक्षण भने नियमित हुने जनाइएको छ ।

Read More