काठमाडौं: नेपाल प्रहरीमा कार्यरत एकजना सईसहित २८ कर्मचारी सम्पर्कविहीन बनेका छन्।
केही समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा सम्पर्कमा नआएको भन्दै प्रहरी प्रधान कार्यालयको कानुन शाखाले सोमबार ७ दिने सूचना निकालेको छ।
७ दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा नआएमा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने कार्यालयले जनाएकाे छ।
Facebook Comments Box