Author: Saru Shrestha

दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकालाइ सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकाको भौगोलिक क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । यी दुवै स्थानीय तहमा वर्षेनी बाढी र पहिरो ठूलो क्षति पु¥याउँदै आएको छ ।यो वर्ष मात्रै यि दुबै नगरपालिका र गाउँपालिकामा बाढी र पहिरो कारण जनधनको ठुलो क्षति भएको छ ।सङ्कटग्रस्त क्षेत्र घोषणा भएका स्थानीय तहमा पुनःनिर्माण र पुनःस्थापनाको काम, घर, सडक र अन्य भौतिक संरचना निर्माणको काम हुने बताइएको छ । गत भाद्र २४ गते बाढी पहिरोका कारण यि दुई पालिकामा ठुलो जनधनको क्षति…

Read More

काठमाडौँ – कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले ६५ वर्षको उमेर हदका कारण सर्वोच्च अदालतबाट अनिवार्य अवकाश पाएका छन् । असोज १६ गते कार्कीको कार्यकाल सकिने भएपनि सोमबारबाट अदालतमा दसैँको बिदा सुरु हुने भएकाले उनले आजबाटै अवकाश लिएका छन् । प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका कार्कीको अवकाशसँगै अब कायममुकायम प्रधानन्यायाधीशको रूपमा वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले जिम्मेवारी सम्हाल्नेछन् । गत वर्ष फागुन १ मा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव आएपछि कार्कीले वरिष्ठतम् न्यायाधीशको हैसियतले प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनले सात महिना कामु प्रधानन्यायधीशको कार्यभार लिएका हुन् । कार्की २०३७ साल साउन ६ गते न्यायतर्फको शाखा अधिकृतको रूपमा न्याय पेसामा प्रवेश गरेका…

Read More

काठमाडौं – नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यतामा बागमती प्रदेश प्रहरी विद्यालय शान्तिपुर, चितवनमा नवनिर्मित भौतिक संरचनाहरुको एक कार्यक्रमवीच समुद्घाटन सम्पन्न भएको छ । नेपाल सरकारको नियमित बजेट मार्फत रु. ३,६८,३१,८५९.८८ को लागतमा निर्मित महिला छात्रा तथा भान्साघर र रु. २१,५७,२६८.७१ को लागतमा निर्मित सोधपुछ कक्षको आज एक समारोहविच समुद्घाटन गरिएको हो । उद्घाटन पश्चात उनले नवनिर्मित भौतिक संरचनाको निरीक्षण समेत गरेका छन् । समुद्घाटन कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले हाल कक्षा ८ सम्म मात्र अध्यापन भईरहेको यस बागमती प्रदेश प्रहरी विद्यालयलाई समयानुकुल स्तर वृद्धि गर्ने सन्दर्भमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त…

Read More

काठमाडौं – चालु आर्थिक वर्ष २०७९/८० को सुरुवाती दुई महिनामा भारतबाट नेपालमा ४१ अर्ब रुपैयाँभन्दा बढीको डिजेल, पेट्रोल र एलपी ग्यास भित्रिएको छ । भन्सार विभागका अनुसार २०७९ साउन र भदौ महिनामा उक्त मूल्य बराबरको डिजेल, पेट्रोल र एलपी ग्यास नेपालले आयात गरेको हो। सो अवधिमा कुल ४१ अर्ब ३ करोड १३ लाख २७ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास नेपाल भित्रिएको छ । बितेका दुई महिनामा भारतबाट १८ अर्ब ४२ करोड १५ लाख २४ हजार रुपैयाँको डिजेल, १२ अर्ब १८ करोड ९४ लाख ६२ हजार रुपैयाँको पेट्रोल र १० अर्ब ४२ करोड ३ लाख ४१ हजार रुपैयाँको एलपी…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अवश्यकता अनुसार सेना परिचान गर्न स्वीकृति दिएकी छिन् । राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसका आधारमा मन्त्रिपरिषद्को निर्याण तथा प्रधानमन्त्रीको पत्रका अधारमा नेपालको संविधान बमोजिम सेना परिचालन गर्न राष्ट्रपतिले स्वीकृति प्रदान गरेकी हुन् । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा कार्य योजना, ०७९ मा व्यवस्था भएअनुसार सुरक्षा निकायहरूबीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७९/५/१७ को बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्को मिति २०७९/५/२७ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको मिति २०७९/५/२७ को पत्रको…

Read More

काठमाडौं – राष्ट्रिय गानका रचयिता प्रदिपकुमार राई (व्याकुल माइला)लाई सरकारले मासिक ५० हजार रुपैयाँ भत्ता दिने भएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले व्याकुल माइलालाई भत्ता स्वरुप मासिक ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो । यसअघि सरकारले व्याकुल माइलालाई भत्ता स्वरुप मासिक २५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको थियो । ‘राष्ट्रिय गानका रचयिता प्रदिपकुमार रार्य (व्याकुल माइला) लाई सहज जीवन यापनको लागि मासिक पच्चीस हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएकोमा उक्त रकममा वृद्धि गरी मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २४ जनाको पीसीआर परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १ हजार २०६ जनाको पीसीआर परीक्षण गर्दा ४० जना र १ हजार ८१८ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जना गरी ५१ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका सँगै देशभर १ हजार २२३ जना सक्रिय संक्रमित रहेका छन् । आज एक सय जना संक्रमण मुक्त भएका छन् । आज कसैको मृत्‍यु भएको छैन ।

Read More

काठमाडौं – चिकित्सा शिक्षा अभियन्ता डा।गोविन्द केसीले अनसन तोडेका छन् । चिकित्सा शिक्षा सुधारको माग गर्दै १३ दिनदेखि अनसन बसेका डा। केसी र सरकारबीच १० बुँदे सहमति भएको छ। सहमतिपछि त्रिवि शिक्षण अस्पतालमा उपचारत सरिता चौधरी र अर्मन अंसारीको हातबाट जुस पिएर उनले अनसन तोडेका हुन्। डा. केसी र सरकारबीच साझा समझदारी भएपछि सहमति भएको छ। सरकारी वार्ता टोली र डा।केसीले सहमतिमा हस्ताक्षर गरेका छन्। डा। केसीले भदौ २७ गतेबाट धनगढीमा अनसन सुरु गरेका थिए। उनी पछिल्लो तीन दिनदेखि त्रिवि शिक्षण अस्पतालमा अनसनरत थिए।तोकिएको दरबन्दीअनुसार चिकित्सक खटाउने सहमति भएको छ। यस्तै स्थानीय तहले निःशुल्क खरिद गर्नुपर्ने औषधिहरू प्रकृया पुर्‍याएर खरिद…

Read More

दार्चुला – प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनामा हाल सम्म १४ हजार भन्दा बढि जनसख्या लाभाविन्त भएका छन । स्थापनाकाल देखि हाल सम्म उतm संख्यामा जनसंख्या लाभाविन्त भएको कार्यालय प्रमुख विष्णु प्रसाद ओझाले जानकारी दिए । कार्यालयका अनुसार समूह/ सहकारी/ निजी उद्यमी/ कम्पनीहरुमा आबद्ध महिला पुरुष जनजाति दलित युवाहरुको संख्या जोड्दा सम्म १४ हजार २९१ जना रहेको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना स्याउजोन कार्यालय दार्चुलाले जनाएको छ । कार्यालयका अनुसार महिला हाल सम्म ४ हजार ८१६ जना पुरुष ३ हजार ४७० जना दलित ६१३ जनजाती १७७ अन्य ४हजार २१० युवा १हजार ५ जना गरी हाल सम्म १४ हजार २९१ जना लाभाविन्त भएको कार्यालय…

Read More

काठमाडौँ – सरकारले चाडपर्वका बेला सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि ‘टाइम काड’ लागू गर्ने भएको छ । सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशनसमेत दिने गरी बनेको समितिको आजको बैठकले गन्तव्यस्थलमा छिटो पुग्ने बहानामा तीव्रगतिमा सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहन गर्न टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो । समितिले नेपाल प्रहरी, यातायात व्यवस्था विभाग तथा यातायात व्यवसायीको समन्वयमा राजमार्गमा स्थान पहिचान गरी टाइम कार्ड लागू गर्नेसहित विभिन्न १४ निर्णय गरेको छ । समितिका संयोजक गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले चाडपर्वको समयमा सवारीसाधनको छतमा बसी यात्रा गर्न र झुण्डिएर यात्रा गर्न नदिने तथा…

Read More