दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकालाइ सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकाको भौगोलिक क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
यी दुवै स्थानीय तहमा वर्षेनी बाढी र पहिरो ठूलो क्षति पु¥याउँदै आएको छ ।यो वर्ष मात्रै यि दुबै नगरपालिका र गाउँपालिकामा बाढी र पहिरो कारण जनधनको ठुलो क्षति भएको छ ।सङ्कटग्रस्त क्षेत्र घोषणा भएका स्थानीय तहमा पुनःनिर्माण र पुनःस्थापनाको काम, घर, सडक र अन्य भौतिक संरचना निर्माणको काम हुने बताइएको छ ।
गत भाद्र २४ गते बाढी पहिरोका कारण यि दुई पालिकामा ठुलो जनधनको क्षति भएको थियो । गत भाद्र ३१ गते बसेको जिल्ला विपत् व्यवस्थापन समितिको वैठकले यि दुई स्थानीय तहलाइ संकटग्रस्त क्षेत्र घोषणा गर्न अनुरोध गर्ने निर्णय गरेपछि शुक्रबार सरकारले दार्चुला जिल्लाका दुई स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायको अध्यक्षता एवं नेकपा एमाले पोलिटव्युरो सदस्य तथा पुर्व मन्त्री गणेशसिह ठगुन्नाको विशेष उपस्थितिमा बैठक बसेको थियो ।