धनगढी – धनगढीमा भोलि (शनिबार) विद्युत अवरुद्ध हुने भएको छ। भोलि बिहान १० बजेदेखि १ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो। भोलि उक्त समयमा अत्तरिया(धनगढी ३३ केभी प्रशारण लाइन खण्डको विभिन्न स्थानमा तलतिर लत्रेको तारको उचाइ बढाउनुपर्ने भएकाले धनगढीभर विद्युत सेवा प्रभावित हुने धनगढी विद्युत वितरण केन्द्रले जनाएको छ। लाइन विस्तारको काम सकिएपछि पुनः सेवा सुचारु हुने छ।
Author: Saru Shrestha
धनगढी – दार्चुलामा एक मजदुरको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका ३ स्थित सडकमा सुपप्र ०१ ००२ त ५३१४ नम्बरको ट्याक्टर ढुङ्गा अनलोड गर्ने क्रममा पल्टिएर कैलालीका एक मजदुरको मृत्यु भएको हो। प्रहरीका अनुसार बिहीबार दिउँसो दुर्घटना हुँदा सडकको तलपट्टी जाली भर्ने काम गर्ने कैलाली गोदावरी नगरपालिका २ का ५० वर्षीय पल्टुराम चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। ट्याक्टरले थिचेर गम्भीर घाइते भएका सोही नगपरपालिका ४ बस्ने ४५ वर्षीय कालुराम चौधरीकोई गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ।
दार्चुला – प्रदेशसभा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका नवनिर्वाचित सांसद् एवं सुदूरपश्चिम प्रदेश सरकारका उद्योग मन्त्री मानबहादुर धामी आफ्नो गृह पालिका नौगाड गाउँपालिकाको सुण्डमुण्ड पुगेका छन् । आफ्नो प्रतिद्धोन्दीलाई फराकिलो मतान्तरले हराएर जित हासिल गरेका मन्त्री धामी मतदान गर्ने सबै मतदातालाई धन्यवाद दिन पुगेका हुन् । मन्त्री धामीले आज नौगाड गाउँपालिका वडा नम्बर २ सुण्डमुण्डका जनतालाई भेटेर धन्यवाद दिएका छन् । साथै त्याहाका स्थानियले नवनिर्वाचित सांसद् एवं उद्योग मन्त्री धामीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । मन्त्री धामी संगै मार्मा गाउँपालिकाका अध्यक्ष जमन सिह धामी नौगाड गाउँपालिकाका अध्यक्ष दलजित सिंह धामी नेपाली कांग्रेस प्रदेश ९ख० का सभापति…
काठमाडौं – मतदाता शिक्षा अभावका कारण डोटीमा साढे आठ हजारभन्दा बढी मत बदर भएकाे छ । मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन नहुँदा डोटीमा भारी मात्रामा मत बदर हुन पुगेको हो । प्रतिनिधिसभातर्फ ६३ हजार ५५२ मत खसेकोमा ४ हजार ९६९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार प्रतिनिधिसभातर्फ ६३ हजार ५५२ मत खसेको थियो । जसमध्ये आठ हजार ६२० मत बदर हुँदा ५४ हजार ९३२ मत मात्रै सदर भएको छ । यस्तै प्रदेश सभा (क) तर्फ खसेको ३३ हजार ३२२ मतमध्ये १,९१९ मत बदर भएको छ । प्रदेशसभा (ख) मा खसेको ३० हजार २३४…
काठमाडौं – यसपटकको निर्वाचनमा जबर्जस्त रूपमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, रेशम चौधरी संरक्षकत्वको नागरिक उन्मुक्ति पार्टी र सीके राउतको जनमत पार्टी उदाए । पार्टी खोलेर चुनावमा गएको भए प्रभु साहको पार्टी पनि चर्चित हुन्थ्यो होला । तर, स्वतन्त्र उम्मेदवारी दिएर प्रभु साहले आफूलाई मधेस प्रदेशमा जबर्जस्त स्थापित गरेका छन् । रविको पार्टीले ६ महिनामै प्रत्यक्षतर्फ सातवटा सिट मात्र जितेको छैन, समानुपातिकमा १५ सिट ल्याउने देखिएको छ । त्यस्तै, रञ्जिता श्रेष्ठ (रेशम चौधरीकी पत्नी) अध्यक्ष भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीमा तीनवटा र बर्दियामा एक स्वतन्त्र गरी चारवटा सिट जितेको छ । सीके राउतको जनमतले संघमा सप्तरी २ मा मात्रै…
डोटी – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटव्युरो सदस्य तथा डोटीबाट प्रतिनिधिसभा सदस्यमा विजयी प्रेमबहादुर आलेले आफूले जनतासँग भोट माग्दा गरेका वाचा पूरा गर्ने बताएका छन् । प्रतिनिधिसभामा निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन आज डोटीमा आयोजित कार्यक्रममा आलेले आफूले खुटिया, बिपिनगर, गड्सेरा, दिपायल, सायल हुँदै बझाङको उरै जोड्ने सडकलाई पहिलो प्राथमिकतामा राखेको र आफ्नो पाँचवर्षे कार्यकालभित्र सो सडक निर्माण गरिसक्ने बताए । सो कार्यक्रममा उनले भने, “जनताका बीचमा विकास निर्माणका जुनजुन प्रतिबद्धता मैले गरेको छु, ती सबै पूरा हुन्छन् र मैले गर्नेछु । मेरो प्राथमिकताका काम गर्न म अहोरात्र खट्नेछु ।” उहाँले द्रुतमार्गको निर्माण आफ्नो प्रमुख मुद्दा रहेको पनि…
काठमाडौं – प्रदेश तथा प्रतिनिधिसभातर्फको मतपरिणाम सार्वजनिक भइरहेको छ । प्रत्यक्षसँगै समानुपातिकतर्फको मतगणनासमेत जारी छ । निर्वाचन आयोगको मतपरिणाम विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले तेस्रो स्थानमा पुगेको छ । उक्त पार्टी समानुपातिकतर्फ पाँच लाख ३१ हजार पाँच सय २० मत प्राप्त गरेको छ । प्रत्यक्षमा सात सिट जितिसकेकाे रास्वपाले समानुपातिकमा धेरै मत ल्याउने देखिएकाे छ । समानुपातिकतर्फ पहिलो दलका रूपमा एमाले देखिएको छ। एमालेले हालसम्म ११ लाख २१ हजार२२१ मत पाएको आयोगले जनाएको छ । दोस्रोमा नेपाली कांग्रेस छ । कांग्रेसले समानुपातिकतर्फ १० लाख ६३ हजार नौ ९५७ मत प्राप्त गरेको छ । चौथोमा माओवादी केन्द्र, पाँचौँ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेको छ । निर्वाचन आयोगका…
चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जनताका पक्षमा एकपक्षीय भएर लाग्ने बताएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज यहाँ निर्वाचित प्रमाणपत्र वितरण कार्यक्रममा उनले देशहित, नागरिक र जनजीविकाका लागिसँगै अघि बढ्ने बताए । समाजलाई टेवा दिने र मुलुकवासीका लागि काम गर्ने आफ्नो उद्देश्य हुने उनले बताए । उनले भने, “हामी निर्वाचित सांसद फरक फरक पार्टीको भए पनि एउटै कित्तामा छौँ ।” जनजीविकाको मुद्दामा एकै ठाउँमा उभिएर सहकार्य गर्न आफू तयार रहेको उनले बताए । निर्वाचनमा आफ्नो पार्टीले कसैसँगै गठबन्धन नगरेको उल्लेख गर्दै उनले भने “देश हितका लागि, नागरिकका लागि आवश्यक चिजमा गठबन्धन आवश्यक परे खुलेर साथमा हुनेछौँ…
लम्की – कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी विजयी भएका छन् । चौधरीले २१ हजार आठ सय ७१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केन्द्रीय सदस्य झपटबहादुर रावलले १६ हजार एक सय २८ मत प्राप्त गरेका छन् । चौधरी एमालेका उम्मेदार रावलसँग पाँच हजार सात सय ४३ मतान्तरका साथ विजयी भएको निर्वाचन अधिकृत तेजप्रताप जोशीले जानकारी दिए । गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का भगतबहादुर बडुवालले १५ हजार एक सय १६ मत प्राप्त गर्नुभएकोे निर्वाचन अधिकृत जोशीले जानकारी दिए । यस्तै राप्रपाका भरतसिंह विसीले दुई हजार सात सय ८४…
काठमाडौँ – जिल्ला प्रहरी परिसर काठमाडौँले चोरी डकैतीमा संलग्न १५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसरले बिहीबार पत्रकार सम्मेलन गर्दै काठमाडौँमा चोरी डकैतीका दुई घटनामा संलग्न गिरोहका १५ जनालाई सार्वजनिक गरेको हो । कार्तिक २८ गते काठमाडौँ महानगरपालिका वडा नं।३ वसुन्धरास्थित मधुरविक्रम खनालको घरमा डकैती गरी भागेका १० जनालाई प्रहरीले पक्राउ गरेको वरिष्ठ प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए । उनीहरूलाई प्रहरीले कार्तिक ३० गते दोलखा र उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको उनले बताए । पक्राउ पर्नेहरूमा जुम्लाका २० वर्षीय विशाल शाही, कालिकोटका २४ वर्षीय तिलकबहादुर शाही, २९ वर्षीय कालिकोटका धनबहादुर शाही, ३२ वर्षीय पर्वराज सिंह,…