दार्चुला – प्रदेशसभा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका नवनिर्वाचित सांसद् एवं सुदूरपश्चिम प्रदेश सरकारका उद्योग मन्त्री मानबहादुर धामी आफ्नो गृह पालिका नौगाड गाउँपालिकाको सुण्डमुण्ड पुगेका छन् ।
आफ्नो प्रतिद्धोन्दीलाई फराकिलो मतान्तरले हराएर जित हासिल गरेका मन्त्री धामी मतदान गर्ने सबै मतदातालाई धन्यवाद दिन पुगेका हुन् ।
मन्त्री धामीले आज नौगाड गाउँपालिका वडा नम्बर २ सुण्डमुण्डका जनतालाई भेटेर धन्यवाद दिएका छन् । साथै त्याहाका स्थानियले नवनिर्वाचित सांसद् एवं उद्योग मन्त्री धामीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । मन्त्री धामी संगै मार्मा गाउँपालिकाका अध्यक्ष जमन सिह धामी नौगाड गाउँपालिकाका अध्यक्ष दलजित सिंह धामी नेपाली कांग्रेस प्रदेश ९ख० का सभापति केशव बहादुर सिह लगायत नेता तथा कार्यकर्ताको रहेका छन् ।
मन्त्री धामीको गाउँ सुण्डमुण्डमा विजयीसभाको आयोजना गरिएको थियो । मन्त्री धामीले नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीलाई १ हजार ३१५ मतान्तरले पराजित गरेका थिए । भने कूल २६ हजार २७२ मत मध्ये १३ हजार १७१ मत प्राप्त गर्दै विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जोशीले ११ हजार ८५६ मत प्राप्त गरेका थिए । धामी २०७४ सालमा पनि यसै क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए ।