Author: Saru Shrestha

काठमाडौँ – सरकार र आमरण अनशनरत डा।गोविन्द केसीबीच सहमति भएको छ । सहमतिको प्रस्ताव तयार भइरहेको छ । सहमतिमा हस्ताक्षर पश्चात डा.केसीले शनिबार नै साढे ७ बजे अनशन तोड्ने उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए । डा।केसीले २७ भदौमा धनगढीको कृष्ण मन्दिरमा २० औं आमरण अनशन सुरू गरेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि धनगढीकै सेती प्रादेशिक अस्पतालमा लगिएका उनलाई पछि काठमाडौँको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज ल्याइएको थियो । डा. केसीले बिरामीको संख्याका आधारमा चिकित्सकको दरबन्दी थप गर्नुपर्ने, सरकारी अस्पतालमा अत्यावश्यक परीक्षण निशुल्क गर्नुपर्ने लगायतका माग राखेर अनशन बसेका थिए ।

Read More

भैरहवा – पर्यटन व्यवसायीले ४३औँ विश्व पर्यटन दिवसको सन्दर्भ पारेर होटलमा २० प्रतिशत छुट दिने घोसणा गरेका छन् । विश्व पर्यटन दिवसको अवसरमा पर्यटकहरूलाई लक्षित गर्दै निजी क्षेत्रले विशेष योजना ल्याएका हुन् । सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेशद्वारा गठित विश्व पर्यटन दिवस मुल समारोह समितिले गरेको छलफल तथा पत्रकार सम्मेलनमा आयोजकले योवजनाबारे जानकारी गराएको हुन् । कोभिडले शून्य अवस्थामा पुगेको पर्यटनलाई यो छुटले राहत मिल्ने विश्वस लिइएको छ । लुम्बिनी प्रदेश पर्यटनको हिसाबले धेरै सम्भावना बोकेको ठाँउ हो । स्थलमार्ग भएर आउने सबैभन्दा बढी पर्यटक रुपन्देहीको बेलहिया हुँदै नेपाल भित्रिने भएकोले सोहीलाई क्षेत्रललाई मध्येनजर गर्दै पर्यटन उत्थानका लागि विशेष छुट…

Read More

सिराहा – सिरहा प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने दुवै जना उदयपुर जिल्लाको रहेको प्रहरीको भनाइ छ । एक जनासँग प्रेस कार्ड फेला परेको र उनी पत्रकार नै हो की कार्ड मात्रै बनाएको हो भन्ने खुल्न नसकेको प्रहरीको भनाइ छ । उनीहरूलाई चेकजाँचका क्रममा सिरहा नगरपालिका(१४ नेमचन चोकबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका(२ कल्याणपुर टोलका ३५ वर्षीय सुरेश कुमार धमला र मोटरसाइकल पछाडि सवार ओखलढुङ्गा फुलवारी गाउँ विकास समिति(९ मा घर भई हाल जिल्ला उदयपुर कटारी नगरपालिका(२ कल्याणपुर टोलकै ३५ वर्षीय इश्वर खत्री रहेका छन् । उनीहरू भारतबाट नेपालतर्फ स। ९…

Read More

धनगढी – धनगढीमा रामलीला ज्ञान महोत्सव लाग्ने भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रामलीला ज्ञान महोत्सव २०७९ हुने भएको हो। संगम सोसाईटीको आयोजनामा असोज १३ गतेबाट ज्ञान महोत्सव लाग्ने जनाइएको छ। महोत्सवमा एक लाख भन्दा बढी दर्शक तथा भक्तजनहरुको सहभागिता हुने बताइएको छ। रामलीला ज्ञान महोत्सवले समाजमा सकारात्मक विचारको सन्देश दिने अपेक्षा लिइएको छ। महोत्सवको अनुमानित खर्च १२ लाख ६३ हजार राखिएको छ।

Read More

काठमाडौं – नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आले अस्वस्थ भएका छन्। आलेका स्वकीय सचिव हेमन्त रेग्मीले उनी चार दिनदेखि बिरामी रहेको जानकारी दिए। हाल आले नर्भिक अस्पतालमा उपचाररत रहेको डेङ्गु र टाइफाइड संक्रमण भएको स्वकीय सचिव रेग्मीले बताए ।

Read More

धनगढी – सुदूरपश्चिम प्रदेशमा शनिबार देखि सोमबारसम्म भारी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन कार्यालय अत्तरियालाई उधृत गर्दै प्रदेशमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन आग्रह गरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति जारी गरेको हो। प्रदेशका कञ्चनपुर, बैतडी र दार्चुलामा बढी वर्षा हुने पूर्वानुमान गरिएको सूचनामार्फत जनाइएको छ। मन्त्रालयले विपदमा खटिने सर्वसाधारण, सबै मन्त्रालय, विपद व्यवस्थापन समितिहरु, स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी तथा सबै सरोकारवाला र स्थानीयबासीलाई सतर्कता अपनाउन भनेको छ। पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने, नदीनाला र खहरे खोलामा पानीको सतह बढ्नसक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।

Read More

धनगढी – धनगढीको एक सुनचाँदी पसलमा चोरी भएको छ। गएराति धनगढीको एलएन चोकमा रहेको राजश्री सुनचाँदी गहना पसलमा चोरी भएको हो। प्रहरीका अनुसार पसलबाट चोरले सुनचाँदीका गरगहना लगेको छ। सीसीटीभी फुटेजबाट राति २ बजेर ५९ मिनेटमा सटरको ताला फुटाएर चोर पसलभित्र प्रवेश गरेको खुलेको छ। अहिले प्रहरीले उक्त सीसीटीभी फुटेज विश्लेषण गरिरहेको छ। पसलबाट करीब सवा एक लाख बराबरको चोरी भएको दाबी गरिएको छ।

Read More

काठमाडौँ – देशभर फैलिएको डेंगुका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६ जिल्लामा डेंगु फैलिएको र हालसम्म २२ हजार ९८८ जनालाई डेंगु भएको छ । नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी भेटिएको थियो । त्यसयता हरेक वर्ष बढ्दो क्रममा रहेको डेंगुले यो वर्ष महामारीकै रुप लिएको छ । मन्त्रालयका अनुसार सबभन्दा धेरै बागमती प्रदेशमा १७ हजार ७३१ जनालाई डेंगु भएको छ । लुम्बिनी प्रदेशका २ हजार ८२१ जना, सुदूरपश्चिम प्रदेशका ७७७, प्रदेश १ का ५९१, गण्डकीका ५१५, मधेश प्रदेशका ३२३ र कर्णाली प्रदेशका २३० जनालाई डेंगु भएको छ ।

Read More

काठमाडौँ – नेपाली कांग्रेसको शेखर कोइराला पक्षले पार्टीले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्द सूची सच्याउन पार्टी नेतृत्वलाई खबरदारी गरेको छ । समानुपातिकका उम्मेदवार चयन गर्दा न्यायोचित नभएको भन्दै उनीहरुले पार्टीमा योगदान गरेका आफू पक्षका नेतालाई पनि समेटेर बन्द सूची सच्याउन आग्रह गरेका हुन् । नेता गुरुराज घिमिरेले जथाभावी उम्मेदवार चयन गर्दा पार्टीका लागि मत माग्न पनि अप्ठेरो पर्ने बताए । ‘समानुपातिकमा त देखाउन मिल्ने मान्छे राख्नुस् । अहिले प्रदेश १ बाट राखेका मान्छे हामीनै चिन्दैनौं, यस्तो नाम राख्न कसले दियो अधिकार रु’ उनले प्रश्न गरे । पार्टीमा न्यायोचित रुपमा टिकट वितरण नभए ४० प्रतिशत भाग चाहिने घिमिरेले…

Read More

लसएञ्जल्स – हलिउड अभिनेता रयान ग्रांथमलाई ६४ वर्षीया आमाको हत्या गरेको आरोपमा जन्मकैद सजाय सुनाइएको छ । अदालतले २४ वर्षे रयानलाई जन्मकैदसँगै १४ वर्षसम्म जमानतमा नछोडिने र आजीवन बन्दुकको प्रयोगमा प्रतिबन्ध लगाउन आदेश दिएको छ । क्यानाडाको बैंकूलवरस्थित ब्रिटिस कोलम्बिया सुप्रिम कोर्टले रयानमाथि सजाय सुनाएको हो । अदालतले उनलाई ६ महिनाअघि आफ्नी आमाको हत्या मामिलामा दोषी ठह¥याएको थियो । ‘रिवरडेल’ र ‘डायरी अफ ए विम्पी किड’ स्टार रयानले मार्च २०२० मा आमाको गोली हानी हत्या गरेका थिए । घरमा पियानो बजाइरहेकी आमाको टाउकोमा उनले गोली हानेका थिए । उनले आमाको हत्या गरेपछि भिडियो पनि बनाएका थिए । भिडियोमा लासको छेउमा…

Read More