काठमाडौँ – परराष्ट्रमन्त्री डा.नारायण खड्का बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुने भएका छन् । एलिजाबेथको अन्त्येष्टि सेप्टेम्बर १९ मा हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकार अरुण सुवेदीले एलिजावेथको अन्त्येष्टिमा परराष्ट्रमन्त्री खड्का जान लागेको जानकारी दिए । परराष्ट्रमन्त्री खड्काका स्वकीय सचिव लीला भट्टराईले शनिबार बेलायत प्रस्थान गर्ने बताए ।
Author: Saru Shrestha
काठमाडौँ – निर्वाचन आयोगले निर्वाचनको नयाँ प्रक्रिया सुरु हुनुअघि २०७४ सालमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको बन्द सूचीमा नाम भएका व्यक्तिहरुहरुको पद स्वतः रद्ध हुनेगरी कानूनी प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ। बुधबार राजनीतिक दलका प्रतिनिधिहरूसँगको परामर्शपछि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले असोज २ गतेअघि नै २०७४ सालमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको बन्द सूचीमा नाम रहेकाको पद रद्ध हुनेगरी प्रक्रिया अघि बढाउने जानकारी दिए। प्रमुख निर्वाचन आयुक्त थपलियाले वि.सं २०७४ सालमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको बन्द सूचीमा नाम भएका व्यक्तिहरूको कानून बमोजिमको अवधि प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल अवधिभर मात्र रहने…
काठमाडौँ – संघीय संसद, संसदीय सुनुवाइ समितिले न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका तीन जनाविरुद्ध उजुरी आह्वान गरेको छ । संसदीय सुनुवाइको प्रक्रिया थाल्दै समितिले उनीहरुविरुद्ध कुनै उजुरी भए ७ दिनभित्र निवेदन दिन आग्रह गरेको हो । सूचना दिने दाताले आफ्नो नाम, थर, वतन र सम्पर्क नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने र निजले चाहेमा परिचय गोप्य राखिने समितिले जारी गरेको सूचनामा उल्लेख छ। न्यायपरिषदले न्यायाधीशका लागि नीता गौतम दीक्षित, विनोद शर्मा र दिनानाथ पराजुलीको नाम सिफारिस गरेर भदौ २२ गते समितिमा पठाएको थियो । सूचना दिन चाहनेले सिंहदरबारस्थित सुनुवाइ समितिको कार्यालयमा वा इमेलमार्फत पठाउनुपर्नेछ ।
काठमाडौं – नेपालमा डेंगु संक्रमितको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६५ जनामा हालसम्म डेंगु संक्रमण पुष्टि भएको छ । मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ११ हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सातवटै प्रदेशअन्तर्गतका ७५ जिल्लामा डेंगु फैलिएको छ । जसअनुसार प्रदेश १ मा ३४७, मधेश प्रदेशमा १९८, बागमतीमा ८३९०, गण्डकीमा २२४, लुम्बिनीमा १४२१, कर्णालीमा १६२ र सुदूरपश्चिममा ३२३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
काठमाडौँ – तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा बेपत्ता भएकाका परिवारले मासिक भत्ता पाउने भएका छन् । अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई ‘राजनीतिक आन्दोलनमा बलिदान गर्ने परिवारका लागि जीवनवृत्ति बापत मासिक रकम उपलब्ध गराउनेसम्बन्धी कार्यविधिमा सहमति प्रदान गरेको हो । मस्यौदामा उल्लेखित ‘आन्दोलन’ को परिभाषामा ‘सम्भव २०५२ सालबाट सुरु भएको सशस्त्र द्वन्द्व र मधेस आन्दोलनलाई सम्झनुपर्छ भनी मिलाउने’ र ‘सशस्त्र द्वन्द्व र मधेस आन्दोलनका घटनामा परी वीरगति प्राप्त गरेका भनी नेपाल सरकारबाट एकीन भई अभिलेख भएको सम्झनुपर्छ भनी मिलाउने गरी र सो क्रममा बेपत्ता पारिएका व्यक्तिहरूको परिवारलाई समेत समेट्नेगरी सहमति’ प्रदान गरिएको हो । अर्थमन्त्री जनार्दन शर्माको सक्रियतामा यो विषय…
काठमाडौं – काठमाडौं महानगरपालिकाको ट्राफिक विज्ञ सल्लाहकारमा जगतमान श्रेष्ठ नियुक्त भएका छन् । महानगर प्रमुख बालेन्द्र शाहले मंगलबार श्रेष्ठलाई ट्राफिक विज्ञ सल्लाहकारमा नियुक्त गरेको महानगरका विभागीय प्रमुख महेशकुमार काफ्ले जानकारी दिए । उनी पूर्व प्रहरी उपरीक्षकसमेत हुन् ।
काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरी निलम्बनमा परेका छन् । मन्त्री चौधरीसहित पूर्वसभासद राधेचन्द्र यादव र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामप्रवेश प्रसाद यादवसमेत निलम्बनमा परेका छन् । नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाराले मन्त्री चौधरीसहित यादवद्वयलाई निलम्बन गरेको हो । स्थानीय निर्वाचनमा पार्टीको उम्मेदवारलाई हराउन अन्तर्घात गरेको उजुरीको आधारमा सहमहामन्त्री एवं खानेपानी मन्त्री चौधरी, पूर्वसभासद यादव र क्षेत्रीय सभापति यादवलाई जिल्ला अनुशासन समितिको बैठकको निर्णय अनुसार साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाराका संयोजक अरूणकुमार यादवले बताए । नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को…
काठमाडौँ – सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नयाँ मापदण्ड असोज १ गतेदेखि लागु हुने भएको छ । वाग्मती प्रदेश सरकारले प्रदेशभित्रका चारवटा यातायात कार्यालयमा नयाँ मापदण्ड लागु गर्न लागेको हो । मापदण्डअनुसार सवारी चालकहरूले प्रयोगात्मक (ट्रायल) परीक्षामा ७० अंक ल्याए पास हुनेछन् । यसअघि ट्रायल परीक्षामा १०० अंक ल्याउनै पर्ने प्रावधान थियो । वाग्मती प्रदेश श्रम तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले पटक(पटक ट्रायल परीक्षामा फेल भई बिचौलियाको मारमा पर्ने प्रवृत्तिलाई अन्त्य गर्न यस्तो प्रावधान कार्यान्वयनमा ल्याउन लागिएको बताए । वाग्मती प्रदेशअन्तर्गत काठमाडौँका चार (एकान्तकुना, ठुलो भर्याङ, चाबहिल, भक्तपुर) र हेटौँडाको एउटा यातायात कार्यालयबाट सो प्रावधान लागु हुनेछ । जुन…
काठमाडौँ – कृषि विकास बैङ्क न्युरोड शाखाको चार करोड रकम घोटाला भएको घटनामा नेपाली सेनाका पूर्वसहायक रथी रमेश विष्ट र बैंककी कर्मचारी दीपिका रेग्मीलाई दोषी ठहर भएका छन्। सोमबार विशेष अदालतका न्यायाधीश शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजलासले उनीहरू दुई जनालाई कैद र बिगोबमोजिम जरिवाना सुनाएको सूचना अधिकारी नारदमुनि भट्टराईले जानकारी दिए। विष्ट वीरेन्द्र सैनिक अस्पताल छाउनीका सहायक रथी डाक्टर थिए। उनलाई अदालतले चार वर्ष कैद सुनाएको हो। दीपिका रेग्मीलाई भने आठ वर्ष कैद सुनाएको छ। यस्तै रेग्मीको बिगो रकम तीन करोड ९२ लाख ४४ हजार ७४७ रुपैयाँ र रमेशको बिगो रकम ३१ लाख ६८ हजार ८६४…
दार्चुला – राष्ट्रिय परिचय पत्रका लागि दार्चुलामा २३ हजार बढीको विवरण दर्ता भएको छ । जिल्लाका ४ स्थानीय तहमा राष्ट्रिय परिचय पत्र विवरण दर्ता संकलन कार्य संञ्चान भइरदा सम्म जिल्लामा २३ हजार ४६० जनाको विवरण संकलन भएको पंजिकरण विभागका दर्ता अधिकारी तपेन्द्रसिह घटालले जानकारी दिए । अहिले जिल्ला सदरमुकाम खलंगाबाट गरिएको सेवालाई शिविरको रुपमा स्थानीय तहबाट राष्ट्रिय परिचय पत्र विवरण दर्ता संकलन कार्यलाई तीव्र पारिएको छ । जिल्लाका एक नगरपालिका तथा दुई गाउँपालिकामा अहिले राष्ट्रिय परिचय पत्र विवरण दर्ता संकलन कार्यलाई तीव्र पारिएको छ । जसमध्ये हाल जिल्लाको महाकाली नगरपालिकामा राष्ट्रिय परिचय पत्र विवरण दर्ता संकलन कार्य सकिएको छ ।…