दार्चुला – राष्ट्रिय परिचय पत्रका लागि दार्चुलामा २३ हजार बढीको विवरण दर्ता भएको छ । जिल्लाका ४ स्थानीय तहमा राष्ट्रिय परिचय पत्र विवरण दर्ता संकलन कार्य संञ्चान भइरदा सम्म जिल्लामा २३ हजार ४६० जनाको विवरण संकलन भएको पंजिकरण विभागका दर्ता अधिकारी तपेन्द्रसिह घटालले जानकारी दिए ।
अहिले जिल्ला सदरमुकाम खलंगाबाट गरिएको सेवालाई शिविरको रुपमा स्थानीय तहबाट राष्ट्रिय परिचय पत्र विवरण दर्ता संकलन कार्यलाई तीव्र पारिएको छ । जिल्लाका एक नगरपालिका तथा दुई गाउँपालिकामा अहिले राष्ट्रिय परिचय पत्र विवरण दर्ता संकलन कार्यलाई तीव्र पारिएको छ । जसमध्ये हाल जिल्लाको महाकाली नगरपालिकामा राष्ट्रिय परिचय पत्र विवरण दर्ता संकलन कार्य सकिएको छ । अन्य जिल्लाको शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, तथा लेकम गाउँपालिकामा विवरण दर्ता संकलन कार्यलाई तीव्र पारिएको छ ।
जिल्लाको महाकाली नगरपालिकामा हाल सम्म ६ हजार ३० जनाको विवरण दर्ता भएको छ भने शैल्यशिखर नगरपालिकामा ७ हजार ६५९ जनाको राष्ट्रिय परिचय पत्र विवरण दर्ता संकलन कार्य भएको छ । यस्तै मालिकार्जुन गाउँपालिकामा ५ हजार ५५४ जना तथा लेकम गाउँपालिकामा ३ हजार ८६५ जनाको परिचय पत्र विवरण दर्ता संकलन गरिएको पंजिकरण विभागका दर्ता अधिकारी घटालले जानकारी दिए।
जिल्लामा रहेका ९ वटा स्थानीय तहमध्ये नौगाड गाउँपालिकामा केही दिन भित्रै विवरण दर्ता कार्य सुरु हुने बताइएको छ । हाल सम्म जिल्लाको महाकाली नगरपालिकाका सबै वडाहरुमा विवरण दर्ता कार्य सकिएपनि शैल्यशिखर नगरपालिकामा ४ वडाहरुमा विवरण दर्ता कार्य चलिरहेको बताइएको छ । यस्तै मालिकार्जुन गाउँपालिकाको वडा नं ५ मा मात्रै विवरण दर्ता कार्य चलिरहेको बताइएको छ ।
यो पालिकाका अन्य वडाहरुमा विवरण दर्ता कार्य सम्पन्न भएको पंजिकरण विभागका तपेन्द्रसिह घटालले जानकारी दिए । लेकम गाउँपालिकामा वडा न ५ बाहेक अन्य सबै वडाहरुमा विवरण दर्ता कार्य चलिरहेको बताइएको छ । नौगाड गाउँपालिकामा केही दिनभित्रै अभियान संञ्चालन गर्न जिल्लामाबाट टोली खटिएको छ । संकलन कार्यको लागि एउटा स्थानीय तहमा १५ दिनसम्म संकलन गरिन लागेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्लाको मार्मा गाउँपालिकामा दशै अगाडी नै राष्ट्रिय परिचय पत्रको टोली पुगेर काम सक्नेगरी कामलाई तिब्रता दिइएको छ । बाकी रहेका दुहुँ अपि हिमाल र व्यासँ गाउँपालिकामा दशैपछि काम सुरु हुने पंजिकरण विभागका कम्प्युटर अप्रेटर तपेन्द्रसिह घटालले जानकारी दिए । अभियान अहिले स्थानीय तहमा चहिरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।