Author: Saru Shrestha

काठमाडौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले कुनै पनि देशले दिने डिमाण्ड जस्ताको त्यस्तै स्वीकृत नगर्न श्रम सहचारी र काउन्सिलरलाई अनुरोध गरेका छन् । बिहीबार ९ वटा देशका श्रम सहचारी र काउन्सिलरसँग मन्त्रालयमा भएको भर्चुअल बैठकमा बोल्दै उनले डिमाण्ड आयो भन्दैमा स्वीकृत नदिन आग्रह गरेका हुन् । मन्त्री कुँवरले उनीहरूलाई डिमाण्ड ल्याएर आएपछि राम्रोसँग बुझेर देश र श्रमिकको हित हुने खालको छ भने मात्रै स्वीकृत दिनुपर्ने बताए । उनले कसैको दबाब र धम्कीको आधारमा डिमाण्ड स्वीकृत नगर्न पनि उनीहरूलाई आग्रह गरे । डर, धम्की दिने व्यवसायीहरूसँग आफूले कुराकानी गर्ने पनि मन्त्री कुँवरले बताए । उनले श्रम सहचारी…

Read More

काठमा‌‍डाै – राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि दार्चुलामा ३९ वटा विद्यालयहरु छनोट भएका छन् । आइसीटी ल्याब स्थापना, २ कोठे र ४ कोठे विद्यालय भवन निर्माणका लागि ३९ वटा विद्यालय छनोटमा परेको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय दार्चुलाले जनाएको छ । चालु आर्थिक बर्षमा दार्चुलाका १८ वटा विद्यालयमा आइसीटी ल्याब स्थापना हुने छ भने २१ वटा विद्यालयहरुमा दुई तथा चार कोठे विद्यालय भवन निर्माण हुनेछ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा आवेदन दिएका जिल्लाभरीका ८५ वटा विद्यालयहरु मध्ये सबैभन्दा बढी जिल्लाको महाकाली नगरपालिकाका ७ वटा विद्यालय छनोट भएका छन् । यो नगरपालिकामा ४ कोठे विद्यालय भवन निर्माण अन्तरर्गत ४ वटा…

Read More

तिलोत्तमा – रुपन्देहीको तिलोत्तमामा एक महिलाले श्रीमान्‌को हत्या गरेकी छन् । तिलोत्तमा–१५ मा ३९ वर्षीया ग्रिजादेवी थारुले ४२ वर्षीय श्रीमान् जगदीश चौधरीको हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । उनका अनुसार थारुले मंगलबार राति घरभित्र खाटमा सुतिरहेको अवस्थामा फलामको धारिलो हतियारले घाँटी तथा शरीरका विभिन्न भागमा प्रहार गरी जगदीशको हत्या गरेकी थिइन् । थारुको छिमेकी ५२ वर्षका फुलचन्द्र बानियाँसँग अवैध सम्बन्ध रहेको श्रीमान्‌ले थाहा पाएपछि पटक–पटक झगडा हुने गरेको थियो । केही वर्षअघि श्रीमान्‌ले जग्गा बिक्री गरेको र पैसा उठाउन नसकेको रिस पालेकी ग्रिजादेवी थारुले बानियाँसँग सात लाख ऋण सहयोगसमेत लिएकी थिइन् । जगदीशको हत्या गर्न बानियाँले पनि…

Read More

काठमाडौँ – सर्वोच्च अदालतले डिजिटल होर्डिङ बोर्डमार्फत विज्ञापन दिन पाउनुपर्ने माग राख्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बिहीबार सर्वोच्च अदालतले प्लेयर सुलोसन नेपालले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । प्लेयर सुलोसनले काठमाडौं महानगरपालिकालाई विपक्ष बनाएर डिजिटल होर्डिङ बोर्डमार्फत विज्ञापन गर्न पाउनुपर्ने माग राख्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरेको थियो । उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले मुद्दाको अन्तिम किनारा नलागेसम्म बोर्ड भने नहटाउन अन्तरिम आदेश जारी गरेको छ । तर काठमाडौं महानगरपालिकाले भने बोर्ड आफै नझिके महानगरले झिकेर लैजाने चेतावनी र सूचना जारी गरेको थियो ।

Read More

काठमाडौं – नेपाली कांग्रेसले समानुपातिक उमेदवारका आएका नामहरूलाई सूचीकृत गर्ने जिम्मेवारी आठ जना सहमहामन्त्रीलाई दिएको छ । बिहीबार बालुवाटारमा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले समानुपातिक उम्मेदवारको नाम सूचीकृत गर्ने जिम्मा आठ सहमहामन्त्रीलाई दिएको हो । १६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रबाट समानुपातिकतर्फ आएका नामहरूलाई क्लस्टरमा छुट्याउने जिम्मा उनीहरूलाई दिइएको बताइएको छ । अर्को बैठक शुक्रबार दिउँसो १ बजे बालुवाटारमै बोलाइएको छ । देशभरबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ५ हजार बढीको नाम आएको बताइएको छ ।

Read More

काठमाडौं – बैतडीको सुर्नया गाउँपालिकाले अध्यापन अनुमति पत्र (लाइसेन्स) नभएका शिक्षकहरुलाई अवकाश दिने भएको छ। गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै गाउँकार्यपालिकाको यही भदौ २४ गते बसेको बैठकको निर्णय अनुसार लाइसेन्स नभएका शिक्षकहरुलाई अवकाश दिने जनाएको हो। सूचनामा गाउँपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरुमा कार्यरत अध्यापन अनुमति पत्र नभएका शिक्षकहरुलाई आगामी असोज १ गतेदेखि अवकाश दिने निर्णय भएको उल्लेख छ। लाइसेन्स नभएका शिक्षकहरुलाई अवकाश दिएको बारेमा ३ दिनभित्र पालिकालाई जानकारी गराउन समेत भनिएको छ।

Read More

काठमाडौं – राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि डडेल्धुराका ५४ विद्यालय छनोट भएका छन्। बुधबार बसेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय बैठकले जिल्लाका ५४ विद्यालय सो कार्यक्रमका लागि छनोट गरेको हो। सबैभन्दा बढी परशुराम नगरपालिकाका १२ ओटा विद्यालय छनोटमा परेका छन् भने अमरगढी नगरपालिकाका ९, अजयमेरु, भागेश्वर र गन्यापधुरा गाउँपालिकाका ७र७ ओटा, आलिताल र नवदुर्गा गाउँपालिकाका ६र६ ओटा विद्यालय छनोट भएका छन्। ती विद्यालयमा आइसीटी ल्याव स्थापना, २ कोठे र ४ कोठे भवन निर्माण हुने बताइएको छ।

Read More

काठमाडौं – कैलालीको टीकापुर घटनासम्बन्धी मुद्दा खारेज गर्ने सरकारले निर्णय गरेको छ। भदौ २७ को मन्त्रिपरिषद् बैठकले कानुन संशोधन गरी टीकापुर घटनासम्बन्धी मुद्दा खारेज गर्ने निर्णय गरेको हो। टीकापुर घटनासम्बन्धी मुद्दाको खारेजी प्रक्रिया अगाडि बढाउन सरकारले गृह मन्त्रालयलाई निर्देशनसमेत दिएको छ। विसं २०७२ भदौ ७ मा कैलालीको टीकापुरमा आन्दोलनकारी र प्रहरीबीचच झडप हुँदा प्रहरी वरिष्ठ उपरीक्षक सेती अञ्चलका प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका २ र १ बालकसहित ८ जनाको मृत्यु भएको थियो। टीकापुर घटनामा जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले मुख्य अभियुक्त भनिएका रेशम चौधरी हाल जेल जिवन बिताइरहेका छन् ।

Read More

काठमाडौँ – स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै गएको सोमबारदेखि अनशन थालेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिन थालेको छ । कैलालीको धनगढीमा २० औँ अनशन थालेको चौँथो दिनमै डा। केसीको स्वास्थ्यमा समस्या देखिन थालेको हो । धनगढीस्थित कृष्ण मन्दिरबाट अनशन थालेका उनको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । गएरातिदेखि उनलाई अस्पतालको क्याबिनमा राखिएको छ । डा.केसीका सहयोगी अमृत जैसीका अनुसार केसीको अवस्था जटिल बन्दै गएको छ । डा. केसीले उपचार गराउन मानिरहेका छैनन् । स्वास्थ्य अवस्था निकै कमजोर भए पनि उनले सरिलाई तागत दिने कुनै औषधि लिन नमानिरहेको जैशीले बताए । आज (बिहीबार) १२ बजेदेखि…

Read More

काठमाडौँ – नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग न्यायाधीश पद नमागेको दाबी गरेका छन् । बिहीबार महाभियोग सिफारिस समितिको बैठकमा जवाफ दिन उपस्थित भएका श्रेष्ठले राणाको सो दाबी सही हो भने सिसिटिभी फुटेज सार्वजनिक गर्न आग्रह गरे । बारको अध्यक्षको हैसियतले आफूले न्यायालय सुधारका लागि अघि बढ्दा त्यस्तो आरोप लगाइएको बताए । उनले आफूमाथि लागेको आरोप प्रमाणित गर्ने प्रमाण पुष्टि गरे उनले आफू पेसा छोड्न तयार रहेको बताए । उनले न्यायालय सुधारका लागि सबै पक्ष लागि पर्न आग्रह गर्दै न्यायपालिकामा चोलेन्द्रजस्ता फेरि नजन्मिउन् भन्ने कामना गरे। उनले प्रधानन्यायाधीश राणाका भाइले बिचौलियाको भूमिका खेलेको कुरा बालुवाटारमा गएर…

Read More