Author: Saru Shrestha

काठमाडौं – सत्ता गठबन्धनमा आवद्ध दलहरूबीच अहिलेकै गठबन्धनलाई निरन्तरता दिन सहमति भएको छ । सोमबार सत्ता गठबन्धनका शीर्ष नेताहरूको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति गरेको हो । बैठकले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षासमेत गरेको नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए । चुनावपछिको पहिलो बैठक भएकाले निर्वाचनको सामान्य समीक्षा गरिएको र आगामी दिनमा यही गठबन्धनको सरकारलाई निरन्तरता दिने निष्कर्ष निकालिएको उनले बताए ।

Read More

बुटवल – लागूऔषध मुद्दामा एक वर्ष कैद फैसला भइफरार अभियुक्त चार वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १० का पुन्ने प्रसाद चौधरी रहेका छन् । २०७५ जेठ २६ गते राति करिव सवा ८ बजे रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ योगिकुटीस्थित प्रहरीद्वारा चेकजाँच गर्ने क्रममा उनी लागूऔषधसहित पक्राउ परेका हुन् । प्रहरीले उनलाई भारत सुनौली बजार गई १२ सय रुपैयाँको १ ग्राम ५०० मिलिग्राम लागूऔषध ब्राउन सुगर किनेर ल्याउँदै गर्दा पक्राउ गरेको थियो । त्यसपछि लागूऔषध मुद्दा दर्ता गरिएकोमा अनुसन्धान पश्चात जिल्ला अदालत रुपन्देहीको थुनछेक आदेशले १० हजार धरौटी माग भएकोमा धरौट जम्मा गरेपश्चात उनी रिहा भएका थिए…

Read More

खलङ्गा – नेपाल–भारत सीमामा तटबन्ध निर्माणको विषयलाई लिएर आइतबार भएको झडपबारे दुई देशका अधिकारीबीच छलफल भएको छ । भारतले निर्माण गरिरहेको तटबन्धका विषयमा दुई देशका अधिकारीबीच आज जिल्ला प्रशासन कार्यालय दार्चुलामा छलफल भएको हो । आइतबार नेपाल–भारतका स्थानीयबीच तटबन्धको विषयलाई लिएर दोहोरो ढुङ्गामुढा भएको थियो । ढुङ्गामुढा प्रहार भएपछि दुवै देशका आधा दर्जनभन्दा बढी नागरिक घाइते भएका थिए । सीमामा भारत पक्षले एकतर्फी महाकाली नदीको धार फर्किने गरी तटबन्ध निर्माण कार्य सुरु गरेपछि नेपालतर्फ खलङ्गाका स्थानीयहरूले आइतबार चर्को विरोध गरेका थिए । सीमा तटबन्धकै विषयमा केन्द्रित रहेर अधिकारीहरूबीच छलफल भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । छलफलमा दार्चुलाका प्रअजिअ…

Read More

बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका- ४ फ्याउलीकी माया लुहारका हत्या आरोपित सशस्त्र प्रहरी जवान भरतराम कोलीलाई प्रहरीले सार्वजनिक गरेको छ ।  सोमबार दिउँसो ४ बजे जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलन गरी कोलीलाई सार्वजनिक गरेको हो । कोलीलाई कञ्चनपुर प्रहरीले आइतबार बिहान १० बजे महेन्द्रनगर बसपार्कबाट नियन्त्रणमा लिएको थियो । उनलाई आइतबार राति नै बैतडी ल्याइएको प्रहरीले आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । प्रारम्भिक अनुसन्धानबाट हत्या आरोपित भरतराम कोलीले ११ गते नै मायाको मोबाइल नियन्त्रणमा लिएर आफ्नै घर लगेको र १३ गते मोबाइल लिनका लागि मायालाई शिवनाथ ६ को नेपाल टेलिकमको टावर नजिकै बोलाएको खुलेको प्रहरीले जनाएको छ…

Read More

काठमाडौं – गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन अन्तर्गत १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । सोमबारसम्म देशभरका सबै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ । आयोगको तथ्यांकअनुसार प्रतिनिधि सभा निर्वाचनमा अधिकांश क्षेत्रमा चुनाव जित्नेमध्ये  पुरुष उम्मेदवारको बाहुल्यता देखिएको छ ।  आम निर्वाचन २०७९ मा १२ वटा राजनीतिक दल र स्वतन्त्र गरी १६५ जना विजयी भएका छन् । जसमा राजनीतिक दलबाट झण्डै ५ प्रतिशत अर्थात् ९ जना मात्रै महिला उम्मेदवार निर्वाचित भएका छन् । झण्डै ९५ अर्थात् प्रतिशत १५६ जना पुरुष उम्मेदवारले चुनाव जितेका छन् । महिलाकाे उम्मेदवारी दिने क्रममै कमजोर स्थिति…

Read More

काठमाडौँ – प्रहरीले आफ्नो ज्यानका साथै विद्यार्थी एवं यात्रुको समेत जीउ ज्यानलाई जोखिममा पारेर मापसे (मादक पदार्थ सेवान) र लापसे (लागु पदार्थ सेवन) गरेर सवारीसाधान चलाउने चालकलाई कारबाही मात्रै होइन अब मुद्दा चलाउन थालेको छ । काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा सवारीसाधन जाँच अभियानका क्रममा स्कुलका बस चलाउने चालकले मापसे र लापसे गरेको फेला परेपछि त्यसविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको प्रहरीले सार्वजनिक अपराधका साथै सम्बन्धित कसुरमा मुद्दा नै चलाउन थालेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह–प्रवक्ता एवम् प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए । “लागुऔषध र मापद पदार्थ खाएर सवारी चलाउनु यात्रुको जीउ ज्यानमा खेलवाड गर्नु हो । त्यसैले त्यसरी…

Read More

काठमाडौं – राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । गण्डकी प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित भएका मनाङेले एक विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएका हुन् । आफ्नो विचार र शिद्बान्त मिल्ने भएकाले एकीकृत समाजवादीलाई रोजेको उनले बताएका छन् । पूर्व प्रदेश मन्त्री मनाङेले मनाङ–१ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । अर्का उम्मेदवार दोर्जे लामा गुरुङले नाम फिर्ता लिएपछि मनाङे निर्विरोध निर्वाचित भएका थिए । नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका कुनै पनि दलले मनाङे विरुद्ध उम्मेदवारी दिएका थिएनन् ।

Read More

काठमाडौं – भारतले महाकाली नदीको वहाव नै नेपालतर्फ धकेल्ने गरी सीमा क्षेत्रमा बनाएको पक्की संरचनाको विरोध गर्दै नेपाल सरकारको ध्यानाकर्षण गरेको छ । दार्चुला जिल्ला सदरमुकाम खलंगा बजारमा रहेको महाकाली नदीको पुल मुनि भारतले एकतर्फी संरचना बनाएपछि स्थानीयले विरोध गरेका थिए । स्थानीयको विरोध प्रर्दशनमा भारतीय नगरिकहरूले ढुंगा मुढा गर्दा विद्यालयमा अध्ययनरत चार जना विद्यार्थी समेत घाइते भएका थिए । भारतले कहिले तुइन काटेर नेपालीको हत्या गर्ने त कहिले ढुंगाले हानेर नेपालीको मृत्यु हुँदा समेत सरकार नबोलेको अनेरास्ववियुको आरोप छ । भारतको एकतर्फी मिचाहा प्रवृत्तिप्रति सरकार मौन बसेको भन्दै अनेरास्ववियुले भत्सर्ना गरेको छ ।

Read More

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको पहिलो कार्यकालमा भाग लगेका दुई दल बाहिरिएका छन् भने २०७९ को चुनावबाट थप दुई दल भित्रिएका छन् । सुदूरपश्चिम प्रदेश सभामा २०७४ को निर्वाचनमा सहभागी भएका जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको यसपटक सहभागिता नरहने भएको छ । प्रदेशका ३२ प्रत्यक्ष निर्वाचन क्षेत्रमा दुईवटै पार्टीका कुनै पनि उम्मेदवारले जित हासिल गर्न सकेनन् भने समानुपातिक प्रणालीबाट पनि जसपा र लोसपाले थ्रेस होल्ड कटाउन सकेनन् । जसकारण २०७९ को निर्वाचनपछि जसपा र लोसपाको सहभागिता हुने छैन । २०७९ को निर्वाचनबाट सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी र राप्रपा नयाँ दलका रूपमा प्रदेश सभामा उपस्थित हुने छन् । एक वर्षअघि मात्रै दर्ता…

Read More

काठमाडौं – नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आइतबार बिहान नेपाल निवास कोटेश्वर पुगेर भुसालले नेपाललाई भेटेका हुन् । मंसिर ४ गते भएको प्रतिनिधिसभामा एमाले अध्यक्ष ओलीले टिकट नदिएपछि उनले एमाले त्याग्दै सत्ता गठबन्धनको समर्थनमा रुपन्देही १ बाट उम्मेदवारी दिएका थिए । तर, उनी पराजित भएका थिए ।

Read More