काठमाडौं – डेंगुको संक्रमणबाट ४४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार गत साउनयता डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको हो। यो संख्या नेपालमा डेंगु भित्रिएपछि कै सबैभन्दा धेरै हो। यसअघि २०७६ सालमा करिब १८ हजार डेंगुका बिरामी हुँदा ६ जनाको मृत्यु भएको मन्त्रालयको रेकर्डमा उल्लेख छ । हालसम्म डेंगु संक्रमित हुनेको संख्या ३३ हजार ९७५ पुगेको छ। यो संख्या हालसम्मकै उच्च हो ।
Author: Saru Shrestha
चितवन – चितवन मेडिकल कलेज तोडफोडको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नौ जनाविरुद्ध अस्पतालले किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१३ का धनबहादुर विक, जीवन सुनार र विकासबहादुर दमाई रहेका छन् । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार उनीहरुलाई आइतबार पक्राउ गरिएको हो । अस्पतालका तर्फबाट उनीहरुसहित नौ जनाविरुद्ध किटानी जाहेरी परेसँगै पक्राउ गरिएको उनले बताए । अन्यको खोजी कार्य भइरहेको कार्यालयले जनाएको छ । उनीहरुविरुद्ध स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी संरक्षण ऐन, २०६६ को संशोधन, २०७९ अनुसार मुद्दा दर्ता गरिएको पण्डितले जानकारी दिए ।…
काठमाडौं – नेपालको हवाई उड्डयन सुरक्षाप्रति युरोपेली सङ्घ (इयु) को प्राविधिक टोली सकारात्मक देखिएको छ । नेपालको हवाई उडड्यन क्षेत्रबारे अडिट गर्न आएको इयूअन्तर्गतको युरोपियन एभिएसन सेफ्टी एजेन्सी (इयासा) ले तीन दिनको अडिटपश्चात नेपालको समग्र हवाई सुरक्षाबारे सकारात्मक प्रतिक्रिया दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यद्यपि अक्टोबर २८ (कात्तिक ११ गते) मा नेपाललाई प्रतिवेदन दिने प्रारम्भिक कार्यक्रम छ । उक्त प्रतिवेदनपछि औँल्याइएका विषयमा प्राधिकरणले जवाफ दिनेछ । इयासाको टेक्निकल ओअप्रेसन टिमले यही असोज २१ देखि असोज २३ गतेसम्म नेपालको एभिएशन क्षेत्रको अडिट गरेको थियो । तीन सदस्यीय प्राविधिक टोलीले अडिट गरेको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले इयुअन्तर्गतको…
काठमाडौं – ९ जिल्ला रहेको सुदूरपश्चिमका ५ जिल्लामा सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले एकल उम्मेदवारी दिएको छ। अन्य ४ जिल्लामा भने गठबन्धनमा रहेर चुनावमा भाग लिएको छ। गठबन्धनबाट संघ र प्रदेशमा कुनै पनि एउटा क्षेत्र नपाएको कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला र बाजुरामा सत्ता साझेदार एकीकृत समाजवादीले बागी उम्मेदवारी दिएको छ। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को (२) मा एकीकृत समाजवादीबाट सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री खड्काले उम्मेदवारी दिएका छन्। यहाँ गठबन्धनबाट कांग्रेसका संविधानसभा सदस्य बहादुरसिंह थापाले उम्मेदवार छन्। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावलले कञ्चनपुर प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ३ को (१) मा उम्मेदवारी दिएका छन्। एकीकृत समाजवादीले गठबन्धनमा…
काठमाडौं – पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८६७ जनाको पिसिआर र एक हजार ६७९ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका सँगै देशभर ५६९ जना सक्रिय संक्रमित रहेका छन् । आज २६ जना संक्रमण मुक्त भएका छन् । आज कसैको मृत्यु भएको छैन ।
काठमाडौँ – राष्ट्रपति कार्यालयले बीमा विधेयक, २०७९ स्वीकृत गरेको छ । आइतबार सूचना जारी गर्दै राष्ट्रपति कार्यालयले बीमा विधेयकसहित ३ विधेयक स्वीकृत भएको जानकारी दिएको हो । कार्यालयले बीमा विधेयक स्वीकृत गरेसँगै हालको बीमा समिति प्राधिकरणमा परिणत हुने भएको छ । यो विधेयकसँगै सार्वजनिक ऋण व्यवस्थापन संशोधन र एकीकरण गर्न बनेको विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समेत स्वीकृत भएको छ । बीमा विधेयक पारित भएसँगै अब बस्ने बीमा समितिको सञ्चालक समितिको बैठकले बीमा प्राधिकरणमा परिणत गर्ने छ । हालको समिति प्राधिकरण बने पनि अहिलेकै सञ्चालक समितिले निरन्तरता पाउने व्यवस्था छ ।
काठमाडौँ – देशभर हालसम्म २ हजार १२८ जना उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै हालसम्म देशभर १९३७ पुरुष र १९१ महिला गरी कूल २१२८ उम्मेदवारहरूले आफ्नो उम्मेदवारी दर्ता गराएको जनाएको हो । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत आज ९आइतबार० उम्मेदवारहरूको मनोनयनपत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जारी रहेको छ । निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्ताको समय बिहान १० देखि अपराह्न ५ बजेसम्म ताकेको थियो । उक्त समयभित्र सम्बन्धित निर्वाचन कार्यालयमा उपस्थित भएका कतिपय उम्मेदवारहरूको दर्ता कार्य हालसम्म पनि जारी रहेको आयोगले जनाएको…
काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उम्मेदवारी दिएको ठाउँ गोरखा-२ मा बागी उम्मेदवारी परेको छ। लोकतन्त्रमा एक राजनीतिक दलका कार्यकर्ताले अर्को राजनीतिक दलको चुनाव चिह्नमा मतदान गर्नैपर्ने बाध्यता हुन नहुने भन्दै गोरखाकै सिरानचोक गाउँपालिका घर भई हाल काठमाडौँमा रहेर नेपाली काँग्रेसको राजनीति गर्दै आएकी डा.माधवी भट्ट पराजुलीले मनोनयन दर्ता गरेकी हुन्। आफूलाई जहाँबाट सजिलो लाग्छ त्यहीँबाट लडेर नेपाली काँग्रेसका कार्यकर्ताहरूको रूख चिह्नमा मतदान गर्ने चाहनालाई बेवास्ता गरेकाले आफूले काँग्रेसको लोकतान्त्रिक मर्मलाई जोगाउन उम्मेदवारी दिएको उनको भनाई छ । आफ्ना बुबा रोहिणी भट्ट काँग्रेस भएकै कारण १० वर्षसम्म भारतमा बसेर निर्वासित जीवन बिताएको तथा नेपालमा रहँदा पनि पटक…
काठमाडौँ – सत्तारूढ गठबन्धनका तर्फबाट माओवादी उम्मेदवारप्रति असन्तुष्ट कास्कीका ३७ जना नेतारकार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। कास्की-३ प्रदेशसभा ‘क’ का नेता दुर्गादत्त भण्डारीलाई प्रदेशसभा ‘ख’बाट उम्मेदवार उठाएको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन्। राजीनामा पत्रमा उनीहरूले पार्टीको प्रदेश कमिटी र जिल्ला समन्वय कमिटीले सिफारिस गरेको भन्दा बाहिरबाट उम्मेदवार उठाएका कारण राजीनामा दिनुपरेको उल्लेख गरेका छन्। राजीनामा दिनेहरूमा माओवादी गण्डकी प्रदेश कमिटी सदस्यहरू नवराज भण्डारी, भोजराज पौडेल, पोखरा महानगर कमिटी उपाध्यक्ष भानुभक्त अधिकारी, माछापुच्छ्रे गाउँपालिका कमिटी उपाध्यक्ष गोपाल पोखरेललगायत छन्।
लमजुङ – मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा लमजुङमा सत्तागठबन्धनका देवप्रसाद गुरुङ र एमालेका पृथ्वीसुब्बा गुरुङले उम्मेदवारी दर्ता गरेका छन् । संघतर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका महासचिव गुरुङ र एमालेका उपमहासचिव गुरुङबीच प्रतिस्पर्धा हुने भएको हो । माओवादी केन्द्रका महासचिव गुरुङलाई गठबन्धनले अघि सारेको छ भने प्रदेश सभातर्फ प्रदेश क र ख क्षेत्रमा कांग्रेसका उम्मेदवारले टिकट पाएका छन् । गठबन्धनका तर्फबाट प्रदेश सभा (क) मा कांग्रेसका जिल्ला सभापति डा. टकराज गुरुङ र प्रदेश सभा (ख) मा नेपाली कांग्रेस लमजुङका निवर्तमान सभापति भेषबहादुर पौडेलले उम्मेदवारी दर्ता गरेका छन् । एमालेले भने प्रदेश सभा (क) मा संविधान…