धनगढी: सुदूरपश्चिम प्रदेशको एक मन्त्रालयका सचिवको निवासमा आगलागी भएको छ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सुशिल वैद्यको सरकारी निवासमा सोमबार साँझ आगलागी भएको प्रहरीले जनाएको छ।
विद्युत सर्ट भएर आगलागी भएकोमा सिलिङमा क्षति पुगेको छ। आगलागी भएको कुरा समयमै थाहा पाएका कारण धेरै क्षति हुन नपाएको प्रहरीको भनाई छ।
अहिले भने वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको प्रहरीले आगो नियन्त्रणमा लिइसकेको छ।
Facebook Comments Box