Author: Saru Shrestha

काठमाडौँ – शनिवार परेको महाशिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्रमा ३५ सय प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एसपी सीताराम रिजालको नेतृत्वमा ३५ सय प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना बनाएको छ । सुरक्षा योजना अनुसार शुक्रवार साँझदेखि नै प्रहरी परिचालन गरिने छ । थ्रेट एनालाइसिस गरेर काठमाडौँ प्रहरीले ३ सिफ्टमा प्रहरी परिचालन गर्ने योजना बनाएको छ । उपत्यका प्रहरी कार्यालयबाट शिवरात्रिको सुरक्षामा सादा पोसाकमा प्रहरी खटिनेछन् । शिवरात्रिमा लागूपदार्थ सेवन गर्ने युवायुवती, पाकेटमारा र चोरी मुख्य सुरक्षा चुनौती हुने प्रहरीको विश्लेषण छ । सो सुरक्षा चुनौतीलाई निस्तेज पार्ने गरी योजना बनाएको एसपी रिजालले जानकारी दिए । शिवरात्रिको…

Read More

काठमाडौँ – ल्होत्से मलमा भएको लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका-४ बारपाटे स्थायी घर भई हाल नेपालटार बस्ने २९ वर्षीय सरोज पौडेल रहेका छन् । यातायात व्यवसायीको आन्दोलनका क्रममा मलमा प्रवेश गरेर मोबाइलहरू चोरी गर्दै गरेको देखिएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले बालाजु बसपार्कबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि चोरी सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त महाराजगञ्ज पठाएको प्रहरीले छ ।

Read More

काठमाडौं, – क्यानडा  पठाइदिन्छु भन्दै नगद १९ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा सर्लाही लालबन्दी नगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने २९ वर्षीय लक्ष्मण थापालाई प्रहरीले पक्राउ गरेको छ ।  थापाले पीडितलाई वैदेशिक रोजगारीको लागि क्यानडा जानको लागि २३ लाख रुपैयाँ लाग्छ र त्यहाँ पुगेपछि मासिक ३ लाख रुपैयाँ हुने काममा लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी उक्त रूपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागको पत्राचारको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बानेश्वरबाट उनलाई पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले अबको १० दिनभित्र नयाँ राजनीति कोर्स बन्ने दाबी गरेका छन् । शुक्रवार सिंहदरवारस्थित पार्टीको संसदीय दलको कार्यालयमा पार्टीले गरेको कानुनविद्हरूसँगको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले अबको हप्ता १० दिनभित्र नै नयाँ राजनीति परिस्थिति सिर्जना हुने सम्भावना रहेको बताए । उनले एमालेले धेरै अधैर्य र अस्थिर राजनीति देखाएको बताए । उनले एमाले विचलित भइरहेको भन्दै अहिलेको सत्ता गठबन्धन स्थिर नरहेको बताए । प्रमुख सचेतक लेखकले मूल राजनीतिक मुद्दा जुन छ, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा, संविधानको सार्थक कार्यान्वयनका मुद्दामा नेपाली काँग्रेसमाथि नै भरोसा गर्ने स्थिति रहेको…

Read More

सुर्खेत – कर्णाली प्रदेश भरी ६७ प्रतिशत नागरिकहरु उर्जाको पहुँचमा रहेको तथ्यांक सार्वजानिक भएको छ । भौतिक पूर्वाधार ऊर्जा तथा जलस्रोत मन्त्रालयले सार्वजानिक गरेको तथ्यांक अनुसार कर्णालीमा विद्युत उत्पादन क्षमता १८००० मेगावाट रहेकोमा अहिले यहाँका ६७ प्रतिशत नागरिकको घरमा उर्जाको पहुँच पुगेको हो ।  कर्णालीमा अहिले ऊर्जा उत्पादनको अवस्था ८.२५ मेगावाट मात्र रहेको छ । पञ्च बर्षीया प्रक्षेपन अनुसार ९० प्रतिशत जनसंख्यामा उर्जाको पहुँच पुग्ने लक्ष्य राखिएकोमा छ । २०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको समेत समेटिएको छ । दैलेखमा रहेको द्धारीखोला जलविद्युत आयोजनाको ३.७५ उत्पादन सुरु भएको छ । जगदुल्ला हाईड्रो पावर कम्पनीमा कर्णाली प्रदेश सरकारको शेयर लगानीसमेत…

Read More

मुम्बई – सांसद चन्द्र भण्डारीको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरको आईसीयूमा उपचार सुरु भएको छ । अस्पतालका अनुसार सांसद भण्डारीको आज दुईपटक सर्जरी गर्ने कार्यतालिका रहेको छ । बिहान साढे १० बजे र दिउँसो साढे १ बजे दोस्रो सर्जरी गर्ने तयारीमा अस्पताल रहेको उपचारमा संलग्न डाक्टर सुनिल केस्वानीले जनाएका छन् । त्यसैगरी भण्डारीलाई ४८ घन्टा भेन्टिलेटरमै राख्नुपर्ने डा. सन्दीप मिस्त्रीले जनाएका छन् । त्यस्तै डा.अमुलबाट भएको काउन्सिलिङ अनुसार हृदयको चाल नर्मल रहेको, एण्टीबायोटिक्स कन्टिन्यू गर्ने र आत्तिनु नपर्ने जानकारी प्राप्त भएको छ।

Read More

काठमाडौँ । नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ४० पैसा र बिक्री दर १४२ रुपैयाँ ०४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ २१ पैसा र बिक्री दर १५९ रुपैयाँ ९३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १४ पैसा र बिक्री दर…

Read More

काठमाडौँ – एमालेनिकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन् । २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गए राति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका हुन् । त्यस्तै, उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट, महासचिवमा नरेश रोकाया तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् ।

Read More

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश नं १ का पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।महाशाखाका अनुसार राती भने देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा…

Read More

काठमाडौँ – भारतले बङ्गलादेशलाई नेपाल र भुटानबाट भारतीय भूमि हुँदै जलविद्युत आयात गर्न दिन सहयोग गर्ने आश्वासन दिएको छ । बुधबार ढाकामा भएको दुई देशको परराष्ट्र कार्यालय परामर्श (एफओसी) बैठकमा भारतले नेपाल र भुटानबाट बङ्गलादेशलाई जलविद्युत आयात गर्न सक्ने गरी करिडोर उपलब्ध गराउन सकिने बताएको हो । बुधबार भारतीय विदेश सचिव विनय क्वात्राको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलसँगको छलफलपछि बंगलादेशका परराष्ट्र सचिव मसुद बिन मोमेनले भारत आफ्नो प्रस्तावमा सहमत रहेको बताएका छन् । ‘भारतीय विदेश सचिव विनय क्वात्राले नेपाल र भुटानबाट भारत हुँदै बंगलादेशसम्म बिजुली पुर्‍याउन सहयोग गर्ने आश्वासन दिनुभएको छ, आयोजनाबारे छलफल गर्न नेपालका ऊर्जामन्त्री पनि दिल्ली जाँदैछन्’, परराष्ट्र सचिव…

Read More