Author: Saru Shrestha

धनगढी – धनगढी उपमहानगरपालिकामा स्वास्थ्यकर्मीहरुले अनिश्चितकालीन धर्ना दिन थालेका छन् । नगर क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरूले विगत ६ महिनादेखि तलब भत्ता नपाएको भन्दै आइतबारदेखि अनिश्चितकालीन धर्ना थालेका हुन् । स्वास्थ्यकर्मीहरुले आफ्ना माग पूरा नभएसम्म अनिश्चितकालका लागि सार्वजनिक विदा बाहेकका दिनमा धर्ना दिने जनाएका छन् । विगत छ महिनादेखि उपमहानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले तलबभत्ता नपाएको गुनासो उनीहरुको छ ।

Read More

काठमाडौं- नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहका तीन सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ रहेका छन्। विगत केही वर्षदेखि मोटो रकम लिएर नक्कली भुटानी शरणार्थी बनाउँदै धेरै मान्छेलाई अमेरिका लैजाने गरेको पाइएपछि पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसीले जानकारी दिए। उनीहरुमाथि विस्तृत अनुसन्धान गरिसकेपछि विवरणहरु सार्वजनिक गरिने केसीले बताए। प्रारम्भिक अनुसन्धानका क्रममा यो गिरोहले करिब १ हजार जना व्यक्तिलाई नक्कली शरणार्थी बनाउँदै अमेरिका पुर्‍याएको पाइएको छ। त्यसवापत प्रतिव्यक्ति ४० लाख रुपैयाँसम्म लिने गरेकोसमेत पाइएको…

Read More

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित नगरपालिका र गाउँपालिकाका लागि खटाएका प्रमुख प्रशासकीय अधिकृतहरूलाई सात दिनभित्र हाजिर गराउन निर्देशन दिएको छ ।  मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई फर्काउन थालेपछि सात दिनभित्र हाजिर गराउन मन्त्री अमन लाल मोदीले शुक्रबार मन्त्रीस्तरीय निर्णय गरेका हुन् । मन्त्री मोदीको निर्णयअनुसार हाजिर नगराएका स्थानीय तहलाई मन्त्रालयले शुक्रबार नै परिपत्र गरिसकेको छ । मन्त्रालयले सम्बन्धित स्थानीय तहहरूलाई गरिएको परिपत्रमा भनिएको छ, ‘स्थानीय सरकार ऐन, २०७४ को ८४(४) बमोजिम यस मन्त्रालयबाट कामकाजमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई सम्बन्धित नगरपालिका/गाउँपालिकाले प्रचलित कानून हाजिर गराई कामकाजमा लगाउनुपर्ने देखिएको हुँदा खटाइएका प्रमुख प्रशासकीय अधिकृतहरूलाई पत्रको मितिले…

Read More

तनहुँ- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडक खण्ड बन्द हुने समय थप गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी काशीराम गैरेले उक्त सडक खण्ड थप १९ दिन बन्द गरिने भएको जानकारी दिएका हुन् । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डअन्तर्गत विमलनगरदेखि घाँसीकुवा खण्डमा मर्मतका लागि चैत १२ देखि ३० गतेसम्म रातिको समयमा चार घण्टा राजमार्ग बन्द गरिने भएको छ । यस क्षेत्रमा भिर कटानको काम अझै बाँकी रहेकाले आज सूचना जारी गरी समय थप गरिएको गैरेले जानकारी दिए । उनका अनुसार यसअघि दुई पटक समय थप गरिए पनि भिर कटान कार्य नसकिएकाले समय थपिएको हो । यसअघि…

Read More

धनगढी – कैलालीमा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–८ डम्मरीया बस्ने ७२ वर्षीय पहले बिष्टलाई कैलाली प्रहरीले मृत अवस्थामा फेला पारेको हो । उनलाई सोही नगरपालिका–८ बचैलास्थित नालीमा आइतबार मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

Read More

कञ्चनपुर – कञ्चनपुर प्रहरीले झण्डै दुई लाख मूल्यबराबरका कपडा बरामद गरेको छ । आइतबार विशेष सुचनाको आधारमा प्रहरीले भीमदत्त नगरपालिका–४ बाट भन्सार छलीका कपडा बरामद गरेको हो । सलाई, अस्तर कपडा, नरिवल धुलो र प्लाष्टिक झिल्ली गरि करिब एक लाख ८७ हजार मुल्य बराबरका सामग्री बेवारिसे अवस्थामा फेला पारेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ – सर्वोच्च अदालतमा ‘जनयुद्ध दिवस’ खारेज गर्न माग गर्दै रिट परेको छ। आज द्वन्द्वपीडितहरूले ‘जनयुद्ध दिवस’ खारेज गर्नुपर्ने मागसहित रिट दायर गरेका हुन्। सरकारले गत फागुन १ गते ‘जनयुद्ध दिवस’ का दिन सार्वजनिक बिदासमेत दिएको थियो। मन्त्रिपरिषद्ले आगामी वर्ष पनि फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ।

Read More

काठमाडौँ – राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले सभामुखको अधिकारलाई कटौती गर्ने कुरा गलत भएको बताएका छन् । आइतबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले अनावश्यक रूपमा सभामुखको अधिकारलाई कटौती गर्ने, हस्तक्षेप गर्ने बहस चलिरहेको बताएका हुन् । ‘प्रतिनिधिसभामा प्रतिनिधिसभा नियमावलीको छलफल भइरहेको छ । त्यहाँ अनावश्यक रूपमा सभामुखको अधिकारलाई कटौती गर्ने, हस्तक्षेप गर्ने बहस भइरहेको छ । त्यो गलत हो । त्यस्तो परम्परा यहाँ पनि प्रवेश होला जस्तो मलाई लाग्छ । त्यो नगरियोस्,’ उनले भने ।

Read More

काठमाडौँ – एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल झारेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर इण्डियालाई पत्राचार गरेको छ । गत शुक्रबार नयाँ दिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि बिनाअनुमति १९ हजार फिटमाथि उडान भरिरहेको एयर इण्डियाको जहाज अचानक १५ हजार फिटमा झरेको थियो । सोही समयमा मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आउँदै गरेको नेपाल एयरलाइन्सको जहाजसँग झण्डै ठोक्किन पुगेको थियो । लगत्तै नेपाल एयरलाइन्सको जहाजले उचाइ लिएपछि सम्भावित दुर्घटना टरेको थियो । सोही विषयमा छानबिन गरी कारबाही गरेको ब्यहोरा प्राधिकरणलाई पठाउने सन्देशसहित एयर इण्डियालाई पत्राचार गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । “एयर इण्डिया…

Read More

काठमाडौं – नवनियुक्त प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई प्रधानसेनापति प्रभुराम शर्माले बधाई दिएका छन् । आइजीपीको पदभार ग्रहण गरेलगत्तै जंगीअड्डामा प्रधानसेनापति शर्मालाई भेट्न पुगेका कुँवरलाई बधाई दिएका हुन् । सुरक्षा निकायका दुई प्रमुखबीचको भेटमा आपसी सहकार्यका विषयमा पनि छलफल भएको थियो । कुँवरलाई शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले आइजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो । उनीलाई ४ जना प्रहरी अतिरिक्त महानिरिक्ष एआइजी प्रतिस्पधीमध्येबाट आइजीपीमा छनौटमहा परेका हुन् । उनलाई आज गृहसचिव विनोद सिंहले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

Read More