दार्चुला: दार्चुलामा ग्याँस चुहावट भएर आगलागी भएको छ। जिल्लाको दुहुँ गाउँपालिका–२ मन्तड बस्ने चक्रदत्त जोशीको घरमा सोही गाउँपालिकाले भाडामा लिएको भान्सामा आगलागी भएको हो।
गाउँपालिकाका कर्मचारीहले प्रयोग गर्दै आइरहेको भान्सामा खाना पकाउने क्रममा ग्याँस चुहावट भएर सोमबार आगलागी भएको हो।
आगलागी हुँदा भान्सा कोठामा रहेका खाद्यान्न, भाडाकुँडा, लत्ताकपडा, काठको दराज, टेबुल, ग्याँस सिलिण्डर, ग्याँस चुलोलगायतका सामान गरी सात लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
Facebook Comments Box