Author: Saru Shrestha

सुर्खेत – हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ को खिरपानी सामुदायिक आधारभूत विद्यालयमा गाउँभरिका दुई जना विद्यार्थी छन्।  तीन कक्षासम्म अध्ययन हुने विद्यालयमा जम्मा १४ जना विद्यार्थी छन् । सिंगो तुम्कोटबाट दुई जनामात्र विद्यार्थी स्कुल जान्छन् । गाउँका अधिकांश विद्यार्थी जिल्लाबाहिर र बौद्ध विद्यालय टोपे (लामा) अध्ययन गर्ने भएपछि यस्तो समस्या देखिएको हो। तुम्कोट गाउँका कक्षा ३ मा पेमा लुङडुप तामाङ र कक्षा १ मा नोरसाङ तामाङ मात्रै अध्ययन गर्छन् भने अन्य १२ विद्यार्थी जिल्लाबाहिरका छन् । यो विद्यालयमा तीन जना शिक्षक छन् । तीमध्ये एक शिक्षक प्राविको स्थायी दरबन्दीमा छन् भने अरु दुई जना प्राविको राहत कोटाबाट हुन् । अधिकांश बालबालिका…

Read More

काठमाडौं – काठमाडौं–तराई मधेस द्रुतमार्गअन्तर्गत छैटौं प्याकेजको ठेक्का विवादबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेका बेला सेनाले बिबादित कम्पनीसँग ठेक्का सम्झौता गर्न लागेकोमा सर्बोच्चले रोकिदिएको छ । नेपाली सेनाले विवादित ठेकेदार कम्पनीलाई २६ मंसिरमा चिठी पठाएर १५ दिनभित्र ठेक्का सम्झौताका लागि जंगी अड्डामा बोलाएको थियो । यसविरुद्ध परेको रिटमा सर्बोच्चले बुधवार सुनुवाई गर्दै मुद्दा बिचाराधिन रहेको अवस्थामा ठेक्का सम्झौता नगर्न सेनाका नाममा अन्तरिम आदेश जारी गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीश पुष्मालता माथेमाको इजलासले २० मंसिरमा गरेको सुनुवाइपछि २६ मंसिरमा ठेक्काका सक्कल दस्ताबेज पेस गर्न आदेश दिएको थियो । सेनाले २६ मंसिरमा नै चिनियाँ फस्ट हाइवे इन्जिनियरिंङ कम्पनी लिमिटेडलाई…

Read More

काठमाडौं – संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक बोलाइएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदको ज्येष्ठ सदस्यको रुपमा राप्रपा नेता पशुपतिशमशेर राणाले पद तथा गोपनीयताको शपथ लिएसँगै उनले सर्वदलीय बैठक आह्वान गरेका हुन् । उनले बिहीबार दिउँसो १ बजे नवनिर्वाचित प्रतिनिधि सभा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउँदैछन् । त्यसअघि बिहीबार मध्यान्ह १२ बजेका लागि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक आह्वान गरिएको छ । बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका एक/एक जना र स्वतन्त्रबाट निर्वाचित सांसदलाई बोलाइएको छ । बैठकमा संसद सञ्चालनलगायतका विषयमा छलफल हुनेछ ।

Read More

धनगढी – धनगढीमा १ सातासम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ। निर्माणाधिन सडकमा विद्युतीय संरचना स्थानान्तरणका लागि पौष ७ गते देखि पौष १३ गते सम्म बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म विद्युत अवरुद्ध हुने भएको हो। नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले धनगढी उपमहानगरपालिकाको कार्यालयदेखि निर्माणाधिन चटकपुर चोक र पश्चिम रिङ्गरोड सम्मको सडकमा रहेका विद्युतीय संरचना हटाउन राजपुर फिडरको विद्युत लाइन अवरुद्ध हुने जनाएको छ।

Read More

धनगढी – कैलालीमा अवरुद्ध पारिएको पूर्वपश्चिम राजमार्ग खुलेको छ। बिहानैदेखि राजमार्ग अवरुद्ध पारिएकोमा भर्खरैबाट सडक खुलाइएको प्रहरीले जनाएको छ। बुधबार बिहान जिल्लाको गोदावरी नगरपालिकास्थित लालपुरमा भएको दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध पारेका थिए। दुर्घटनामा टिपरले अटोरिक्सालाई ठक्कर दिँदा बालकको मृत्यु भएको थियो। सोही घटनालाई लिएर स्थानीयले विरोधस्वरुप सडक बन्द गरेका थिए। आज लालपुरमा पूर्वबाट पश्चिमतर्फ आइरहेको सुपप्र ०१००१ क २०२० नम्बरको टिप्परले सुपप्र ०१००१ ह ४९१८ को अटोलाई ठक्कर दिँदा बालकको मृत्यु भएको थियो। टिप्परको ठक्करबाट अटोमा सवार ३ वर्षीय बालक भरत ठकुल्लाको मृत्यु भएको हो। ​ठकुल्लाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो। उनको मृत्यु भएपछि हरैयामा तनाव उत्पन्न…

Read More

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले तस्करी तथा सीमा अपराध नियन्त्रण र जघन्य अपराध नियन्त्रणमा सक्रिय हुन निर्देशन दिएका छन् । बुधबार काज सरूवा भई आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षकहरूलाई महानिरीक्षक सिंहले यस्तो निर्देशन दिएका हुन् ।  उनले सबैको सक्रियताले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताउँदै अब प्रहरीको नियमित काममा केन्द्रित रहनसमेत निर्देशन दिए ।  प्रहरी महानिरीक्षक सिंहले आफ्नो कार्यक्षेत्रमा कति संख्यामा अपराधी पक्राउ परे, जघन्य अपराधको अनुसन्धान कति उपलब्धि भयो, तस्करी नियन्त्रणमा के-कस्ता प्रयास भए, आफू मातहतलाई कति न्याय गरियो र तिनको मनोबल उच्च राख्न के-कस्ता काम भएस यसको जवाफ प्रहरी प्रधान कार्यालयले खोज्ने…

Read More

धनगढी – कञ्चनपुरमा १० वर्षीया छोरीमाथि बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन् । मंगलबार राति नाबालिक छोरी बलात्कार आरोपमा दोधाराचाँदनी नगरपालिकाका २७ वर्षीय बुवा पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनले आफ्नै नाबालिका छोरीमाथि बलात्कार गरेको आरोपमा अनुसन्धान भइरहेको छ । घरपरिवारबाटै बलात्कारको उजुरी आएपछि पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले बताए । हिजो राति नै बालिकाको स्वास्थ्य चेकजाँच गरिएको उनले बताए । बालिकाकी आमाले दोस्रो विवाह गरेपछि उनी हजुरआमासँग बस्दै आएकी थिइन् ।

Read More

मकवानपुर – हेटौँडा उपमहानगरपालिका १० बसपार्कबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सात जना नेता कार्यकर्ता पक्राउ परेका छन् । सरकारले गम्भीर प्रकृतिका फौजदारी मुद्दा फिर्ता लिने उद्देश्यले मुलुकी फौजदारी कार्यविधि संशोधन गर्न ल्याएको अध्यादेश रोक्ने षड्यन्त्र भएको भन्दै हेटौँडा बसपार्कमा पूर्व–पश्चिम राजमार्ग अवरोध गर्न खोजेपछि अखिल क्रान्तिकारी मकवानपुरका उपाध्यक्ष सूर्य सिंहसहित सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेहरूमा अखिल क्रान्तिकारी पश्चिम बाग्मती संयोजक विवक घलान, अखिल क्रान्तिकारी मकवानपुर उपाध्यक्ष सूर्य सिंह, केन्द्रीय पार्टी सदस्य राम घलान, अखिल क्रान्तिकारी जिल्ला सदस्यहरू सुरज घलान, अमन लामा, रवि रुम्बा र भूषण लामा रहेका मकवानपुरका प्रहरी नायब उपरीक्षक…

Read More

धनगढी – चेतन अयडी हत्या प्रकरणमा मुछिएका बाजुराको त्रिबेणी नगरपालिका ७ का वडा अध्यक्ष जुद्ध बहादुर अयडी निलम्बनमा परेका छन् ।  त्रिवेणी ७ बस्ने चेतन अयडी हत्या प्रकरणमा प्रक्राउ परेका वडा अध्यक्ष अयडीलाइ पूर्वपक्षका लागि जिल्ला कारागार बाजुरा चलान गरिएपछि वडा अध्यक्षबाट उनी निलम्बनमा परेका हुन् । वडा अध्यक्ष अयडी थुन चेक आदेशमार्फत कारागार पठाएपछि उनी वडा अध्यक्षबाट स्वतः निलम्बनमा परेको निर्वाचन आयोगका उपन्याधिबक्ता गुरु प्रसाद वाग्लेले बताए । जिल्ला अदालत बाजुरा श्रेष्तादार पुष्पराज पाण्डेले वडा अध्यक्षलाई थप अनुसन्धानका लागि कारागार पठाइसकेकाले उनी अहिले निलम्बनमा परेको बताए । उनी निर्दोस रहेको पुष्टि भएमा भने निलम्बन फुकुवा हुने उनले बताए । मंगलबार जिल्ला अदालत…

Read More

धनगढी – धनगढी उपमहानगरपालिका भित्र निर्माण हुने संरचनाका लागि स्विकृत लिनुपर्ने भएको छ। मंसिर २५ गते जारी गरेको धनगढी उपमहानगरले एक सुचनामा कुनै पनि भवन, टहरा, कम्पाउण्डवाल, गोदाम लगायतका संरचना बनाउँदा अनिवार्य रुपमा पालिकाको स्वीकृत लिनुपर्ने नीति बनाएको जनाएको छ। धनगढी उपमहानगर भित्र स्विकृत विना निर्माण गरेको संरचनाहरु अवैध हुने भएकाले सडकको सेटव्याक (सडकको मापदण्ड) छोडेर मात्र निर्माण गर्नुपर्ने जनाएको छ। यदि स्विकृति विना निर्माण भएका संरचना भए जतिवेला पनि भत्काउन सकीने उपहानगरले जारी गरेको सार्वजनिक सुचनामा उल्लेख गरेको छ।

Read More