Author: Saru Shrestha

विराटनगर – नेकपा एमालेका निवर्तमान प्रदेश सभा सदस्य गुलफेन खातुन जेल चलान भएकी छिन् । सरकारी सहिछाप किर्ते मुद्दामा दोषी ठहर भएकी कोशी प्रदेशकी पूर्वसांसद गुलेफुन खातुन कारागार चलान भएकी हुन् । उनी आफै आत्मसमर्पण गर्न शुक्रवार जिल्ला अदालत मोरङमा पुगेकी थिइन् । आत्मसमर्पण गरेसँगै कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनलाई ‘सरकारी सहीछाप र दस्तखत किर्ते’ मुद्दामा जिल्ला अदालत मोरङले एक वर्ष कैदको फैसला गरेको थियो । सरकारी सहिछाप किर्ते मुद्दामा २०७४ वैशाख ३१ गते तत्कालीन जिल्ला अदालत मोरङका जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले सांसद खातुन सहित उनका श्रीमान् शेख सिलवर मियाँ, तत्कालीन गाविसका कर्मचारी…

Read More

दाङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अयोग्य लडाकुलाई आर्थिक सहयोग दिने निर्णय पहिलाकै भएको बताएकी छन् । नेकपा (माओवादी केन्द्र) दाङ क्षेत्र नं ३ समन्वय कमिटीको आयोजनामा शुक्रबार भएको प्रशिक्षण कार्यक्रममा मन्त्री शर्माले पहिला गरिएको निर्णयलाई अहिले कार्यान्वयनमा ल्याउन लागको स्पष्ट पारिन् । यस वर्ष विद्यालयको पठनपाठन सुरु हुनुभन्दा पहिले नै हात हातमा पुस्तक पुगेको उल्लेख गर्दै यो ऐतिहासिक काम भएको बताइन् । विगतमा परीक्षा हुँदाका बेलासम्म पनि पुस्तक नपुगेको र यस पटक भने समयमै पाठ्यपुस्तक पुग्नु सरकारको ठूलो उपलब्धि भएको उनको भनाइ थियो । फरक प्रसङ्गमा मन्त्री शर्माले दाङमा विमानस्थलका नाममा राजनीति नगर्न आग्रह गरिन् । ‘यसो…

Read More

कञ्चनपुर – कञ्चनपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। शुक्रवार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा माछा मार्ने क्रममा करेन्ट लागेर ४८ वर्षीय दान बहादुर चुनाराको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय झलारीले शुक्लाफाँटा–१० लालपनिया खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर चुनाराको मृत्यु भएको बताएको छ। करेन्ट लागेर घाइते भएका चुनाराको उपचारका क्रममा कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक सुर्य बहादुर शाहीले जानकारी दिएका छन्।

Read More

धनगढी – जिल्ला प्रशासन कार्यालय कैलालीले मिटर ब्याज सम्बन्धी उजुरी दिन शुक्रबार आह्वान गरेको छ। जिल्ला प्रशासन कार्यालयमा सहायता कक्ष स्थापना भइसकेको र यही वैशाख १७ गतेबाट उजुरी दिन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। नेपाल सरकारले जाँचबुझ आयोग समेत गठन गरिसकेको अवस्थामा मिटर ब्याज पीडितहरूलाई निवेदन दिन आग्रह गरिएको प्रशासकीय अधिकृत शिवराज जोशीले बताए। भएसम्मका सबुद प्रमाण संलग्न गरेर आवेदन दिन प्रशासन कार्यालयले आग्रह गरेको हो। जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको सहायता कक्षबाट निवेदन फारम नि:शुल्क रुपमा उपलब्ध गराइने समेत उल्लेख गरिएको छ। वैशाख १७ गतेदेखि १५ दिनभित्र पीडितहरुलाई निवेदन दिन आग्रह गरिएको छ।

Read More

कञ्चनपुर – नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले “दिगो उपभोग तथा उत्पादनका अभ्यास” विषयक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरको छ। डीसीए नेपालसँगको साझेदारीमा एनएनएसडब्ल्यूए-द्वारा सञ्चालित सुदृढ परियोजनाले बिहिबार होटल सिद्धार्थमा बहुपक्षीय सरोकारवालाहरूसँग “दिगो खाद्य उपभोग तथा उत्पादन” का समस्या र प्रकृतिमा आधारित समाधानका अभ्यासका विषयमा अन्तर्क्रिया कार्यक्रम गरेको हो। कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्दै एनएनएसडब्ल्यूए-का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले खाद्यान्न, वातावरण र यातायातलगायत हरेक क्षेत्रको उत्पादन र उपभोगमा दिगोपना हुनुपर्छ भन्ने मान्यताका साथ विभिन्न क्षेत्रका सरोकारवालाहरूसँग अन्तर्क्रिया कार्यक्रमको गरिएको बताए। उनले भने, “डीसीए नेपाल र एनएनएसडब्ल्यूए-ले भीमदत्त नगरपालिकामा दिगो उपभोग तथा उत्पादनका अभ्यासको अवस्थाबारे अध्ययन गरेको छ, र यस…

Read More

काठमाडौं – प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज(शुक्रबार) राति १२ बजेदेखि अन्त्य हुने भएको छ । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले संसदको हिउँदे अधिवेशन अन्त्य गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि विदेशमा रहेका कारण यादवले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाएका थिए । कार्यवाहक राष्ट्रपति यादवले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०१/१२ को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन संवत् २०८० साल वैशाख १५ गते शुक्रबार राती १२:०० बजेदेखि अन्त्य गरेको छु ।’

Read More

धनगढी – कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ८ लोहरपुरमा तेस्रो भजहर कप फुटबल प्रतियोगिता सुरु भएको छ । थारुहरूको पर्व भजहरको अवसरमा हरेक बर्ष हुँदै आएको भजहर कपको तेस्रो संस्करण आजदेखि सुरु भएको हो ।  श्री युवा जनहित क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको कैलारी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष तथा कैलारी गाउँपालिकाका कार्यवहाक अध्यक्ष ध्वजबहादुर बोहोराले उद्घाटन गरे । पहिचानमा आधारित खेलकुद विकासमा हाम्रो रहर, थारु कला संस्कृति संरक्षणका लागि भजहर भन्ने नाराका साथ सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गौरीगंगा ११ स्पोर्टस क्लब विजयी भएको छ । गदरियाको मसुरीया ११ स्पोर्टस क्लबलाई ३–१ ले हराउँदै गौरीगंगा क्वाटरफाईनलमा प्रवेश गरेको…

Read More

सिरहा – प्रशासकीय अधिकृतमाथि हातपात भएपछि धनगढीमाई नगरपालिकाको कामकाज ठप्प भएको छ । शुक्रबार सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि केही व्यक्तिले गालीगलौज गर्दै हातपात गरेका थिए । शान्ति सुरक्षाको माग गर्दै नगरपालिकाको सम्पूर्ण कर्मचारीहरूले कामकाज ठप्प पारेका छन् । नगरपालिकाले वडा–१० स्थित अवैध रूपमा उत्खनन भइरहेको ग्राभेल खानी बन्द गराएको थियो । त्यही विषयमा निहुँ खोज्दै कमलामाई सप्लायर्स धनुषाधामका सञ्चालक बेचन शर्माको नेतृत्वमा आएका धनगढीमाई–१२ का महेश अधिकारी र वडा–४ का रामएकवाल यादव (बतहा)सहित ५/७ जनाको समूहमा आएका व्यक्तिहरूले प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेमाथि हातपात गरेको छ । उनीहरूले प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरी भित्रबाट चुकुल लगाएर खानी किन बन्द…

Read More

काठमाडौँ – अर्थमन्त्री डा. प्रकाशशरण महतसँग नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले भेट गरेका छन् । शुक्रबार भएको भेटमा राजदूत प्रिन्जले नेपालमा स्वच्छ ऊर्जा, प्रसारणलाइन बनाउने लगायतका क्षेत्रमा सहयोग गर्ने बताएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । नेपालमा औषधिजन्य उद्योगमा लगानी गर्न पनि राजदूत प्रिन्जले रुचि देखाएको सचिवालयको भनाइ छ । भेटमा अर्थमन्त्री डा. महतले नेपालमा धेरै लगानी भित्र्याउने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Read More

काठमाडौँ – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले वैशाख १८ गते सोमबार विश्वासको मत लिने तयारी गरेका छन् । शुक्रबार पद तथा गोपनीयताको शपथसँगै पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषद्को बैठकले सोमवार विश्वासको मत लिने निर्णय गरेको हो । सरकारलाई छिटो पूर्णता दिनेगरी विश्वासको मत छिट्टै लिन लागेको मन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभा मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३-३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक-एकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन छ । बिहिवारमात्रै ५३ जना सांसदको…

Read More